मदरल्याण्डले बिद्यालय बन्दगरी अनलाइन कक्षालाई निरन्तरता दिने


बुलन्द न्यूज

२० असोज २०७७

कोराना संक्रमणदर  ह्वात्तै बढेपछि मदरल्याण्ड इङ्गलिस बोर्डिङ्ग स्कूल सन्धिखर्कले बिद्यालय सिकाई सहजीकरणलाई अनलाईन माध्यमबाट नै निरन्तरता दिने भएको छ । 

असोज १८ गते आइतवार देखि बिद्यालयमा सामाजिक दुरी कायम गरी अध्यापन सुचारु गरिएको भएपनि व्यवस्थापन समितिको आकस्मिक बैठकले तत्कालका लागि अनलाईन कक्षालाई नै निरन्तरता दिइएको प्रिन्सीपल सागर पाँडेले जानकारी दिनुभयो । 

पाँडेले अनलाइन कक्षाबाटनै शिक्षण सिकाइलाई निरन्तरता दिने भएकोले बिद्यार्थीको सिकाइ सहजीकरणलाई निरन्तरता दिन बिद्यार्थी अभिभावकाई आग्रह समेत गर्नुभयो । साथै नर्सरी, एसकेजी, युकेजीका बिद्यार्थीरुको सिकाई सम्बन्धी जानकारी लिन बिद्यालयमानै सम्पर्क गर्न मदरल्याण्डले अनुरोध गरेको छ । साेमवार मात्रै जिल्लामा १३ जनालाइ समुदाय स्तरमा काेराेना संक्रमण पुष्टी भएकाे थियाे । 


, , ,

0 comments

तपाइको प्रतिक्रिया दिनुहोस