सनपा १० अर्घामा जनजाति किसानलाई प्लाष्टिक टनेल बितरण

बुलन्द न्युज

सन्धिखर्क नगरपालिका वडा नं १० अर्घाले  वडाभित्रका जनजाति समुदायलाई व्यवसायिक तरकारी खेतीमा केन्द्रीत गर्न प्लाष्टिक टनेल बितरण गरेको छ । 

वडाध्यक्ष लक्ष्मीनारायण चुदालीले किसानको घरबारीमा पुगेर आर्थिक वर्ष २०७७÷७८ को लागि छुट्याइएको ५० हजार बजेटबाट ७५ प्रतिशत अनुदानमा प्लाष्टिक टनेल हस्तान्तरण गर्नुभएको थियो । वडाध्यक्ष चुदालीले आदीवासी जनजाति समुदायको व्यवसायीक हितका लागि प्लाष्टिक टनेल हस्तान्तरण गरिएको भन्दै सबै किसानहरुलाई निर्वाहमुखी खेति प्रणालीबाट माथि उठेर व्यवसायिक खेतिमा लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले सबै जनजाति समुदायबाट व्यवसाय प्रर्बद्धनमा केन्द्रीत हुनुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा वडा सदस्य ऋषिकेश भुसालले जनजाति समुदायमा रहेको साम्प्रदायिक एकताबाट सबैले सिक्नुपर्नेमा समेत जोड दिनुभएको थियो । 

हस्तान्तरण कार्यक्रममा आदीवासी जनजाति सञ्चालका अध्यक्ष बिष्णु बहादुर घर्तीको अध्यक्षता र सचिव प्रकाश श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा पत्रकार महासंघका जिल्ला सदस्य बसन्त श्रेष्ठ, पत्रकार माधव खनाल लगायतको आथित्यता रहेको थियो  । 






, ,

0 comments

तपाइको प्रतिक्रिया दिनुहोस