खेलकुदको विकास नै राष्ट्रको विकास : जिसस प्रमुख भुसाल


बुलन्द, न्यूज
खेलकुदको विकास नै राष्ट्रको विकास भएको जिल्ला समन्वय समिति प्रमुख पिताम्बर शर्मा भुसालले बताउनुभएको छ । सन्धिखर्कमा आज देखि सुरु भएको प्रथम मुख्यमन्त्री रनिङ्ग शिल्ड प्रतियोगिताको जिल्ला स्तरीय छनोट चरणको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभयो । भुसालले खेलकुदको माध्यमबाटै नेपालको नाम विश्वपरिवेशमा चिनिदै आएको भन्दै उहाँले खेलक्षेत्रलाई पेशाको रुपमा बिस्तार गर्न सकिने बताउनुभयो ।
Image may contain: 5 people, people smiling, people standing, mountain and outdoor 
कार्यक्रममा नगरप्रमुख कमल प्रसाद भुुसालले खेलले राज्यको पहिचान र नगरपालिकाको सम्बृद्धिलाई पनि टेवा पु¥याउने बताउनुभयो । उहाँले नगरपालिकाले खेलकुदलाई प्राथमिकता दिदै आएको पनि बताउनुभयो । 
Image may contain: 13 people, including David Luigi Cecconi and Alfa Deepak, people smiling, people standing and outdoor
कार्यक्रमा शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख मणिराम पराजुली, प्रहरी निरिक्षक खिमबहादुर घम, भलिवल संघका जिल्ला अध्यक्ष दिपक परियार, सिआईजीका मुक्तीनाथ भुसाल लगायतले मन्तब्य राखेको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख जनार्दन गैरेले जानकारी दिनुभयो । 
Image may contain: 5 people, people standing and outdoor
कार्यक्रम जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सिद्धिप्रसाद भुसालको अध्यक्षता र कार्यालय प्रमुख जनार्दन गैरेको सञ्चालनमा सम्पन्न भएको थियो । प्रतियोगितामा पुरुष महिला भलिवल, ब्याडमिण्टन, एथलेटिक्स दौड, सटपुट लगायतका खेल हुनेछ । जिल्ला स्तरीय खलेकुदमा छनोट खेलाडीहरुबाट आगामी बैशाख २३ देखि २५ सम्म रुपन्देहीमा हुने प्रदेश चरणको खेलमा सहभागी हुनेछन । 
Image may contain: 5 people, including Chet Narayan Acharya and Tekraj Acharya, people standing, sky and outdoor
Image may contain: 8 people, including Alfa Deepak, people standing and outdoor

,

0 comments

तपाइको प्रतिक्रिया दिनुहोस