कविता - मजदुरहरुको नाममा

कविता - मजदुरहरुको नाममा
          कृष्ण भुसाल 
Image may contain: Krishna Bhusal, smiling, text


संसारभर मजदुर दिवस मनाइरहँदा, 
तारे होटलहरुमा अधिकारका भाषण गुन्जिरहँदा ,
अवस्था उस्तै छ अझै करोडौं मजदुरहरुको ,
अनेक ब्याबस्थाहरु फेरिरहँदा ,
अनेक सासक फेरिरहँदा ।

देखाइ क्रान्तिका झुठा सपनाहरु ,
बर्गिय मुक्ती अनि समानताका ।
टेकि ढाडमा किसान अनि मजदुरहरुको 
चाख्दै सत्ताको स्वादहरु अनि रसहरु ,
बनाउँछन उल्टै ,पात्र हाँसोको ती क्रान्ति नायकलाई ।

श्रम गर्नेहरुलाई गाह्रो छ यहाँ,
छाक टार्न साँझ  अनि बिहानको ।
श्रम लुट्नेहरु बन्दैछन अमिर अनि घराना,
खरिद गर्दै हिँड्छन पद अनि प्रतिष्ठा फ्याँकेर द्रब्यहरु ,
बन्दैछ्न उनिहरुनै अझ खास कम्युनिस्ट ।

क्रान्तिको बेला सिर फोडिने ती श्रमिकहरु,
अझै झुपडीमै बाँचिरहेछन,
अभावमै मरिरहेछन ।
उन्कै नाममा राजनीति गर्नेहरु आज,
महलमा रमाइरहेछन , चढी बिलासी गाडिहरु,
गर्दै बिदेसमा सयरहरु ।

छैन यहाँ सम्मान परिश्रम गर्नेहरुको,
असर भो धेरै आर्थिक निर्धारणबादको ।
दलाल पुजिँ जोडनेहरुनै भन्छन यहाँ
असली कम्युनिस्ट आफुलाई,
पीडा कस्ले सुन्ने यहाँ बास्तबिक मजदुरहरूको ।

देखाई आसा अधिनायकत्व
मजदुर अनि सर्बहाराको ,
पोसिँदैछन उल्टै मालिकहरु राज्यबाट ,
हँसिया हथौडा त केबल ब्रान्ड मात्रै बन्यो
मजदुरहरुको मत तान्नलाई,
बोलबहाल त छ सधै यहाँ दलालहरुको ।

बन्दै औजार केबल पुँजिपतिहरुको,
बाँच्ने कतिदिन यहाँ हेपिएर अनि पिल्सिएर ।
आफ्नै भनौँदाहरुपनी यहाँ ब्यस्त छन चाकरिमा
उनै सम्भ्रान्त बर्गहरुको ,
 राज्य सधै खिलाफमा छ यहाँ 
पसिना बेच्ने मजदुरहरुको ।

बोल्दैनन कोहि यहाँ पक्षमा ,
ज्यालामा ठगिनेहरुको, रोजिरोटी गुमेकाहरुको ।
कमरेडहरु त केबल उफ्रिरहेछन बेतोडले
ठगिएका हरुको पक्षमा ,
बालुवाटार किन्नेहरुको ।

देखेर सपना बर्गबिहिन समाजको
होमिएका क्रान्तिमा ती मजदुरहरुको ,
बन्दैछ  अवस्था नाजुक  दिनानुदिन ,
बढ्दै छ बर्गिय खाडल हरेक पल ,
सुन्दैनन यहाँ कोहि चीत्कार अभावको
श्रम गर्ने मजदुरहरुको ।

बन्ने कति सत्ताको भर्र्याङ्हरु 
गर्दै आसा परिवर्तनको,
गरौं खबरदारीहरु निरन्तर कसेर मुठ्ठीहरु 
हुन्छ अवस्य परिवर्तन देशको अनि संसारको
जब हुन्छ एकता मजदुरहरुको ।

,

0 comments

तपाइको प्रतिक्रिया दिनुहोस