कला सस्कृति सम्बृद्धिका आधार हुन : रायमाझी

सन्धिखर्क नगरपालिका १२ डिभर्ना झेडीमा भैरव मन्दिरको शिल्यान्यास

नेपाल मिडिया नेटवर्क
१९ बैशाख २०७६
             पूर्व उपप्रधानमन्त्री तथा प्रतिनिधी सभा सदस्य टोपबहादुर रायमाझीले कला सस्कृति सम्बृद्धिका आधार भएको बताउनु भएको छ । नेपाली सस्कृति र कलाको माध्यमबाट पर्यटन व्यवसाय फस्टाउदै गएको भन्दै सन्धिखर्क नगरपालिका १२ डिभर्ना झेडीमा भैरव मन्दिरको शिल्यान्यास गर्दै सस्कृतिमा ऐतिहासिकता जोडिएको बताउनुभयो । उहाँले परापूर्व कालदेखि चलिआएका संस्कार र सस्कृतिमा बिदेशी पर्यटक भित्राउन सकिने बताउनुभयो । रायमाझीले नेपाली सस्कृतिमा बिदेशी पर्यटकको ध्यान तानिने भन्दै संस्कारलाई लिपीबद्ध गर्नुपर्ने बताउनुभयो । 
Image may contain: 4 people, including Narayan Khadka, people standing and outdoor
सन्धिखर्क नगरप्रमुख कमलप्रसाद भुसालले भैरव संरक्षण समिति डिभर्नाको भैरव नाँचले सन्धिखर्क नगरपालिकाको गरिमालाई समेत बढाएको बताउनुभयो । भैरव नाँचको माध्यमबाट समाजमा रहेका सस्कृतिहरुको संरक्षण र सम्बद्धन हुँदै आएको भन्दै सस्कृतिको जगेर्ना गर्न नगरबासीहरुलाई अपिल पनि गर्नुभयो । 
Image may contain: 6 people, including Thakur Kumar BK, people standing and outdoor
उप–प्रमुख ठाकुरकुमार बि.क किशोरले सन्धिखर्क नगरपालिकामा रहेका सस्कृतिहरुको जगेर्ना गरी सस्कृतिलाई आम्दानी गर्ने अवशरको रुपमा लिनुपर्ने बताउनुभयो । उहाँले नगरपालिकाले कला सस्कृतिको संरक्षणमा जोड दिदै आएको पनि बताउनुभयो । 
Image may contain: 4 people, people standing, people sitting and outdoor
कार्यक्रममा वडाध्यक्ष नारायण खड्का, पत्रकार महासंघका जिल्ला सदस्य बसन्त श्रेष्ठ, समितिका अध्यक्ष धनप्रसाद श्रेष्ठ, सचिव मधुकुमार श्रेष्ठ लगायतले मन्तब्य राख्दै भैरव नाँच ऐतिहासिक सस्कृति भएको भन्दै यसको संरक्षण गर्दै अगाडी बढ्नुपर्ने बताउनुभएको थियो । 
Image may contain: 6 people, including Kamal Prasad Bhusal and Thakur Kumar BK, outdoor
बोलेका प्रतिबद्धता पुरा गर्दै जनप्रतिनिधी
जनप्रतिनिधीले यतिबेला आफुले बोलेका प्रतिबद्धता पुरा गर्दै गर्ने क्रमलाई तिब्रता दिन थालेका छन । भैरव नाँचको उद्घाटन गर्दै झेडीमा भएको उद्घाटन कार्यक्रममा राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्का उज्वलले १० लाख रुपैया बिनियोजन गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

नगरपालिकाको लगानी

भैरव संरक्षण समितिका लागि सन्धिखर्क नगरपालिकाले बाद्यबाधन खरिद गर्नका लागि ७५ हजार रुपैया बिनियोजन गरेको छ । जसमा नगर प्रमुख कमल प्रसाद भुसाल र उपप्रमुख ठाकुर कुमार बि.कले प्रतिबद्धता जनाउनुभएको थियो ।

मन्दिर निर्माणका लागि क्षेत्र विकास कार्यक्रम अन्र्तगत १० लाख बिनियोजन भई कार्य प्रारम्भ भएको छ । भैरव नाँचबाट उठेको रकम र संदस विकास कोषको रकमबाट  मन्दिर निर्माण कार्य पुरा गरिनेछ ।

Image may contain: 4 people, outdoor
Image may contain: 4 people, including Thakur Kumar BK and Kamal Prasad Bhusal, people standing, child and outdoor
Image may contain: one or more people, shoes and outdoor
Image may contain: 7 people, including Kamal Prasad Bhusal and Thakur Kumar BK

, ,

0 comments

तपाइको प्रतिक्रिया दिनुहोस