शनराइजमा पूर्व बिद्यार्थीद्धारा शिक्षकलाई सम्मान


बसन्त श्रेष्ठ ‘छापेली‘
बुलन्द, अर्घाखाँची
शनराइज इङ्गलिस बोर्डिङ्ग स्कूलमा अध्यान गरेका बिद्यार्थीहरुले एक कार्यक्रमको आयोजना गरी शिक्षकहरुलाई सम्मान गरेका छन । शनराइज इङ्गलिस बोर्डिङ्ग स्कूल ग्रेड ७ ब्याच २०६० का बिद्यार्थीहरुको आयोजनामा आफुहरुलाई शिक्षण गर्ने शिक्षकलाई सम्मान तथा धन्यबाद ज्ञापन गरेका हुन । बिद्यालयमा गुरुहरुको उचित सल्लाह र परामर्शका कारण आफुहरु समय अनुसारको शिक्षाको आभाष गरेको भन्दै शिक्षकहरुलाई सम्मान गरिएको पूर्व बिद्यार्थी बुद्धि कुवँरले जानकारी दिनुुभयो । 
बिद्यालयमा अध्ययन गरेको १५ वर्ष पछि बिद्यार्थीहरुले हाल अध्यापनरन शिक्षहरुलाई समेत सम्मान गर्दै मायाको चिनो समेत हस्तान्तरण गरीएको सचिन श्रेष्ठले जानकारी दिनुभयोे । आफुहरुले शनराइजमा पाएको शिक्षाको कारण अहिले नेपाल सरकारको बिभिन्न ओहादा तथा बिभिन्न संघ संस्थामा उत्कृष्टता प्रदान गर्न सफल भएको भन्दै बिद्यार्थीहरुले शिक्षकहरुलाई सधन्यबाद दोसल्ला ओढाएर सम्मान तथा उच्च प्रसंसा गरेका हुन । जसमा पूर्व बिद्यार्थीहरुमा अमर बस्याल, कबिराज भुसाल, महेन्द्र श्रेष्ठ, पोमनारायण कुवँर, मनु पौडेल, प्रतिक्षा पौडेल, इन्दिरा आचार्य, मोति श्रेष्ठ, रोशन बि.क, बुद्धि कुवँर, रिषब बस्याल, सृजना टण्डन, केशब भुसाल, सुना श्रेष्ठ, उमेश श्रेष्ठ, प्रशान्त पाण्डे लगायतका रहनुुभएको छ । 
बिद्यालय प्रिन्सीपल नारायण पौडेलले बिद्यालयका पूर्व बिद्यार्थीहरुको एक एक सफलताले आफु आफ्नो बिद्यालय परिवारलाई गौरवान्वित बनाएको बताउनुुभयो । पौडेलले भुपु बिद्यार्थीहरुको सफलताले हालको शैक्षणिक गतिबिधीमा झनै नयाँ उत्साह थप्ने गरेको उल्लेख गर्नुभयो । उहाँले सबै बिद्यार्थीले जिल्लामा राम्रो काम गरेको र शिक्षकको समेत इज्जत राखेकोले आफुुमा खुसी छाएको बताउनुभयो । उहाँले स्वदेशमा बिद्यालयमा लगानी बिद्यार्थी नतिजाले सार्थकता पाएको उहाँको भनाई थियो । 
फोटोहरु
Image may contain: 1 person
Image may contain: 7 people, including C'rest Moti Kumar, people standing
Image may contain: 2 people, people standing
Image may contain: 10 people, including Pomnarayan Kunwar and Buddhi Kunwar, people smiling, people standing and outdoor


, , ,

0 comments

तपाइको प्रतिक्रिया दिनुहोस