बुटवलको वडा न १२ धर्म परिवर्तन निषेधित क्षेत्र घोषणा





चक्रपाणी डुम्रे
१० चैत, बुटवल । हिन्दु जागरण नेपाल रूपन्देहीले आज एक कार्यक्रका बिच रूपन्देहीको तामनगर (बुटवल १२) क्षेत्रलाई धर्म परिवर्तन मुक्त क्षेत्र घोषणा गरेको छ।बैदिक सनातन धर्म (हिन्दू, बौद्ध, किराँत, बोन्पो) को उद्गमस्थल तथा ऋषिमहर्षिहरुको तपस्थलि देवभुमी भगवान् गौतम बुद्ध तथा सिता माताको जन्मस्थल बिश्वका सम्पूर्ण सनातन धर्मावलम्बीहरूको आस्थाको केन्द्रका रुपमा रहेको पबित्र देश नेपालमा आज विधर्मीहरूको दुष्कृत्यले प्रलोभनमा पारेर,झुक्याएर, लोभ लालच देखाएर वा जबर्जस्ती धर्म परिवर्तन गराउदै सिङ्गो देशको अस्तित्वलाई समाप्त पार्ने खेल भैरहेको हुंदा रूपन्देही जिल्ला बुटवल उपमहानगरपालिका वडा नम्बर १२ तामनगर आसपासको क्षेत्र चारपाला बन सिमाना देखि दक्षिणी, दानब नदी देखि उत्तर, बमाहा खोला देखि पुर्व तथा सत्तगढी खोला देखि पश्चिम क्षेत्रलाई धर्म परिवर्तन निषेधित क्षेत्र घोषणा गरिएको उक्त संस्थाकी केन्द्रिय महिला उपाध्यक्ष तथा रूपन्देही जिल्ला अध्यक्ष उमा ढकालले जानकारी दिनु भयो ।
पृत्री स्मृति धाम सोईला मन्दिर तामनगरमा सप्पन्न कार्यक्रममा बोल्दै गोव्रती योगि सोमराज, बुटवल १२ का वडाध्यक्ष दुर्गा सुवेदी ,धामका पीठाधिस मोहन शरण महात्मा लगायतले बोल्दै हिन्दु धर्म संरक्षणमा जगरूप भएर लाग्नु का साथै धर्म परिवर्तन विरूद्द्द कडा रूपमा उत्रिन आग्रह गर्नु भएको थियो ।
गोव्रती योगि सोमराजको प्रमुख आतिथ्यता, उमा ढकाल अध्यक्षता, को हरि शरण पाण्डेले संचालन र उपाध्यक्ष राम सुमेर यादवको स्वागतमा कार्यक्रम सम्पन्न कार्यक्रममा करिब १०० जनाको उपस्थित रहेको
थियो ।

, , ,

0 comments

तपाइको प्रतिक्रिया दिनुहोस