नागरीक समाज संस्थाको भूमिका महत्वपूर्णः सरोकारवाला
सागर परियार
बुलन्द, अर्घाखाँची
जिल्लामा नागरीक समाज संस्थाको भूमिका महत्वपूर्ण रहेको सरोकारवालाहरुले बताएका छन् । एकीकृत ग्रामीण विकास समाज अर्घाखाँची शाखा र सुशासन प्रर्बधनका लागि नागरीक सञ्जाल अर्घाखाँचीको संयुक्त आयोजनामा भएको अन्र्तक्रिया कार्यक्रममा सरोकारवालाले सो कुरा बताएका हुन । ‘जिल्लामा नागरीक समाज संस्थाको अवस्था र परिवर्तित सन्दर्भमा यसको भूमिका बिषयक’ कार्यक्रममा बोल्दै सरोकारवालाहरुले स्थानीय तहको निर्माण भएको वर्तमान अवस्थामा भूमिका यसको भूमिका अझ प्रभावकारी हुने बताएका थिए ।

कार्यक्रममका प्रमुख अथिति सहायक प्रमुख जिल्ला अधिकारी नारायण खत्रीले मुलुकका हरेक परिवर्तमान नागरीक समाज संस्थाको भूमिका अतुलनीय हुने उल्लेख गर्नुभयो । खत्रीले स्वयम नागरीक समाज संस्था पारदर्शी जवाफदेहि र उत्तरदायी बन्दै सामाजिक जवाफदेहिता प्रर्बधनमा केन्द्रीत हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमका जिल्ला कृषि विकास कार्यलय प्रमख जगन्नाथ तिवारी, युएसएआईडी लोकतन्त्र तथा सुशासन बिज्ञ कृष्ण पाठक, एफ.एच.आई ३६० का प्रमुख बिष्णु सापकोटा लगायतले बोल्दै नागरीक समाज संस्थाको परिभाषा असिमित रहेको बताउनुभएको थियो । बिगतको आन्दोलनको सन्दर्भमा पनि नागरीक समाज संस्थाको भूमिका महत्वपूर्ण भएको भन्दै कुनै पनि संस्था मात्र नभई कतिपय सन्दर्भमा व्यक्तिको भूमिका पनि नागरीक समाजको रुपमा हुने भनाई राख्नुभएको थियो ।

कार्यक्रममा पाणिनि क्याम्पसका उप–प्रध्यापक सुरज शारुले जिल्लामा नागरीक समाज संस्थाको अवस्था र परिवर्तित सन्दर्भमा यसको भूमिका बिषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्र माथि पत्रकार महासंघका अध्यक्ष हिमबहादुर जिसी ‘लेकाली’, पाणिनि बहुमुखी क्याम्पसका प्रध्यापक बाबुराम शर्माले टिप्टणी गर्नुभएको थियो । एकीकृत ग्रामीण विकास समाज अर्घाखाँची शाखाँ अध्यक्ष हृदयकुमार भुसालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पारस्परिक जवाफदेहिता परियोजना संयोजक हीरा कुवँरले बिषयवस्तुमाथि प्रकास पार्नुभएको थियो । कार्यक्रम परियोजनाका जिल्ला कार्यक्रम अधिकृत बसन्त श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो । अन्र्तत्रिया कार्यक्रमले स्थानीय सरकार मार्फत हुने विकास निर्माणका कार्यमा जनसहभागिता पारदर्शीता उत्तरदायित्व अभिबृद्धिकालागि समन्वय र सहकार्य गर्ने, नागरीक समाज र नागरीक समाजका संस्थाहरुबीच आपसी समन्वय गर्दै नागरीकका साझा मुद्धा उठानका लागि अभियान सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा अर्घाखाँची उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष अशोक कुमार श्रेष्ठ, गैसस महासंघका कार्यबाहक अध्यक्ष ठाकुर प्रसाद प्रसाद अधिकारी, लोकतान्त्रिक गैसस महासंघका जिल्ला सचिव मणीराम परियार, श्रृर्जनशील अपांगता सरोकार केन्द्रका अध्यक्ष फर्सुराम पाण्डे, अन्र्तपार्टी महिला सञ्जालका अध्यक्ष सुशिला गैरे लगायतएको आथित्यता रहेको थियो ।

0 comments
तपाइको प्रतिक्रिया दिनुहोस