सरस्वती आधारभुतमा छात्राबृतीकोष स्थापना

हृदय कुमार भुसाल
बुलन्द, अर्घाखाँची





२०१७ सालमा समाजसेवी ब्यतिmत्व टिकाराम चुदाँलीको नेतृत्वमा सञ्चालन भएको सरस्वति आधारभुतमा छात्राबृत्तिको स्थापना गरिएको छ । जिल्लाको भुमिकास्थान नगरपालिका वाड नम्वर १० धनचौर मा पर्ने सरस्वति आधारभुत बिधालयमा एक कार्यक्रमका बिच एक लाख ५१ हजारको टिकाराम गोमा स्मीती छात्रावृती कोषको स्थापना गरिएको छ ।

कार्यक्रममा साविकको धनचौर गाविसका गाउँलेहरुले स्थापना गर्ने परिवारका सदस्यहरुलाई  बाजागाजा र स्थानीय सस्कृती झल्कने सोरोठी नाँचले स्वागत गरेका थिए । उतm छात्रावृती समाजसेवी ब्यतिmत्व टिकाराम चुदाली ३ छोरीहरु जालपा भुसाल, कोमल पौडेल, सरु चापागाई सयुतm रुपमा स्थापना गरेका छन । समाजसेवामा कृयाशिल रहदै आउनु भएका यी दिदी बहिनीहरु समाजमा स्थापित नाम हो । जेठी छोरी जाल्पाले सो बिद्यालयमा लामो समयसम्म अध्यपन समेत गराउनु भएको थियो ।
गाउँको बिकट स्थान पर्ने निम्न बर्गको बिद्यार्थीले अध्यायन गर्ने बिद्यालयमा यो छात्रावृतीले बिधार्थीलाई राहत दिने समेत स्थानीयहरुको भनाई छ । उतm बिद्यालयको विकास र बिस्तारमा महत्वपुर्ण भूमिका निवाह गर्नुभएको पूर्व जिविस सभापति तथा एमाले नेता पिताम्वर भुसाल यस्तो कार्य निकै स्वागत योग्य काम भएको भन्दै सो बिद्यालयको गुणस्तर विकास गर्न आफु सधै लागि पर्ने बताउनु भयो ।

, , ,

0 comments

तपाइको प्रतिक्रिया दिनुहोस