युवा संघ भुमिकास्थान नगरकमिटिको प्रथम अधिवेशन सम्पन्न
पहिलो काम नौमुले जलबिधुत परियोजना सुरु गर्ने उम्मेदवार घिमिरेको भनाई
हृदय कुमार भुसाल
बुलन्द
युवा संघ भुमिकास्थान नगरकमिटिको प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशनको उद्घाटन गर्दै नेकपा एमाले पाँच नम्बर प्रदेश कमिटि सदस्य तथा २ नम्बर प्रदेश सभाका उम्मेद्वार रामजी प्रसाद घिमिरेले बामपन्थी गठबन्धन मुलुकलाई सम्बृद्धिको दिशामा लैजाने मार्ग दर्शक रहेको उल्लेख गर्नुभयो । घिमिरेले एमालेले बाम गठबन्धनलाई सफल पार्न कुनै पनि कसुर बाँकी नराख्ने भन्दै जिल्लाको सम्बृद्धिमा आफ्नो ध्यान केन्द्रीत गर्ने बताउनुभयो ।

पूर्व जिल्ला कमिटि अध्यक्ष समेत रहेका घिमिरेले उअर्घाखाँची र प्यूठानका जनताबाट सेयर उठाएर ४९ प्रतिशत जनताको लगानीमा बिद्युत उत्पादन गर्ने बताउनुभयो । घिमिरेले जिल्लाको विकासको निम्ती सबैभन्दा उत्तम परियोजना नौमुरे जलबिद्युत आयोजना बन्ने भन्दै जिल्लाको दक्षिणी भेगको जंगलको वैज्ञानिक व्यावस्थापन गरिने प्रष्ट पार्नुभयो । जिल्ला परिषदले कृषि र पर्यटन मुख्य प्राथमिकको क्षेत्रको रुपमा निर्धारण गरेको भन्दै कृषि र पर्यटन व्यावसायलाई अगाढि बढाउने बताउनुभयो । घिमिरेले पाँच वर्षमा जनप्रतिनिधी मिले गाउँपालिका र नगरपालिकाका केन्द्र तथा वडा सम्म कालोपत्रे सहितको बाटो लैजान सकिने उल्लेख गर्नुभयो ।

अधिवेशनमा नेकपा एमाले पाँच नम्बर प्रदेश कमिटि सदस्य तथा पूर्व जिविस सभापति पिताम्बर भुसालले बाम तालमेल र बाम एकताले मुलुकलाई सम्बृद्धिको दिशामा लैजाने बताउनुभयो । कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटि उपसचिव प्रेमनारायण गैरे, किसान महासंघका केन्द्रीय सदस्य तथा प्रदेश सभा समानुपातिक उमेद्वार जालपा भुसाल, जिल्ला कमिटि सचिवालय सदस्य तथा नगर संयोजक खगेश्वर पन्थी, जिल्ला कमिटि सदस्य सुनिता बेल्बासे, जिल्ला कमिटि सदस्य तथा युवा इन्चार्ज लिलबहादुर बि.क, युवा संघका जिल्ला अध्यक्ष गोबिन्द आचार्य, नगरकमिटि सचिव मणि पौडेल, प्रेश चौतारीका उपाध्यक्ष हृदयकुमार भुसाल लगायतले अधिवेशन सफलताको शुभकामना मन्तब्य राख्नुभएको थियो ।

अधिवेशनले रामचन्द्र ढुंगानाको अध्यक्षतामा २५ सदस्सीय युवासंघ नेपाल भुमिकास्थान नगरकमिटिको गठन गरेको छ । जसको उपाध्यक्षमा बसन्त बञ्जाडे, सचिवमा रुद्र प्रसाद भट्टराई, सहसचिवमा मुकुन्द भट्टराई र कोषाध्यक्षमा पदम श्रेष्ठ रहनुभएको छ । कार्यक्रम युवा संघका नगर संयोजक भोजन गुरुगको अध्यक्षता, रामचन्द्र ढुंगानाको सञ्चालन र नवराज सिंह ठकुरीको स्वागत मन्तब्यमा सम्पन्न भएको थियो । अधिवेशनमा भुमिकास्थान नगरपालिकाका १० वटै वडाका युवाहरुको सहभागिता रहेको थियो ।


0 comments
तपाइको प्रतिक्रिया दिनुहोस