एनआरएन सदस्य सरु चापागाईलाई एमालेद्दारा सम्मान तथा बधाई

हृदयकुमार भुसाल
बुलन्द, अर्घाखाँची

गैर आवासीय नेपाली संघ अन्र्तराष्टिय समन्वय परिषदको सदस्यमा बेलजियमाबाट सदस्यमा निवाचित हुनुभएकी भुमिकास्थान नगरपालिका वाड नम्वर १० मा जन्मीएकी चापागाई निरन्तर समाजसेवामा कृयाशिल हुनुहुन्थ्यो । उहाँ भुमिगत कालदेखी कम्युनिष्ट आन्दोलनमा कृयाशिल रहदै बिद्यार्थी जीवनमा भरतपुर नरसिंह क्याम्पसको स्वबियु सभापति हुँदै  नेपाल ल क्याम्पसको स्वबियु कोषाध्यक्ष समेत बन्नुभएको थियो । तत्कालिन बेलाको पार्टीको नगर कमिटीको सदस्य भई बिभिन्न कमिटीमा काम गदै बेल्जीयममा समेत एमाले संगठनको अध्यक्ष समेत बन्नुभएको थियो ।
युरोपमा राम्रो प्रभाव भएकी चापागाई लगनशिल अध्यनशिल समाजसेवी युवा तथा सफल व्यावसायीको रुपमा चिनिने चर्चिच नाम हो । उहाँको स्कुलले  जीवनमा गाउँमै रहदा पनि बिद्यालयमा गठन हुने प्राकहरुमा रहदै काम गर्दा उहाँ निकै श्रृजनशिल हुनुहुन्थ्यो । जस्तो सुकै समस्यालाई पनि सहज रुपमा समाना गर्ने सक्ने सर्घशील व्यक्तित्वको रुपमा उहाँलाई चिनिन्छ ।
उहाँको जन्मघर  भुमिकास्थान नगरपालिकाको वाड नम्वर १० को साबिकको धनचौर गाविसका जनताले उहाँको यो सफलता गाउँकोनै ठुलो सफलता भएको भन्दै गाउँमा वाजागाजा फुलमाला र बिभिन्न सास्कृतिक कार्यक्रमबीच खुसीयाली मनाउदै नाँचगान गर्दै गरेको निकै रमाएको दृश्य देखिएको थियो । सोही अवसरमा एमाले धनचौरले पनि सम्मान तथा बधाई जापन गरेको छ ।
कार्यक्रम नेकपा एमाले धनचौर वाड कमिटीको आयोजनामा गरिएको थियो । कार्यक्रम एमाले पाँच नम्वर प्रदेश सदस्य तथा पूर्व जिविस सभापति पिताम्वर भुसालको प्रमुख आथित्यता, एमाले गुल्मी जिल्ला कमिटी सचिवालय सदस्य जीवन खरेलले बधाई तथा शुभकाना मन्तब्य राख्नुभएको थियो । सोही कार्यक्रममा सम्मान ग्रहण गर्दे सरु चापागाईले आफुले जहाँ भएपनि पार्टी र समाजको लागी सधै सहयोग गर्ने बताउँदै आफु अव समाजको परिवर्तन र सामाजिक न्याएको पक्षमा सधै उभिने भन्दै सम्मान गर्ने आयोजकलाई धन्यवाद समेत दिनुभएको थियो । 
कार्यक्रमका प्रमुख आथिती भुसालले खादा, माला अबिर लगाई सम्मान गदै सरु चापागाइले पाटीमा गरको महत्वपूर्ण भुमिका र इतिहासको बारेमा जानाकारी गराउँदै भबिश्य समेत पार्टी र समाजमा एउटा  उज्वल भबिश्य बोकेको महिला भएको समेत बताउनु भएको हो । कार्यक्रममा पार्टी नेताहरु खगेश्वर पन्थी, तारापति भट्टराई, जालपा भुसाल, कोमल खरेल लगाएतका नेताहरु समेतको उपस्थिी रहेको थियो । कार्यक्रम धनचौर वडा कमिटि अध्यक्ष शुभ बहादुर समालको अध्यक्षता श्यामकला घमको स्वागत मनतब्य र दुर्गा भटराईको सञ्चालनमा सम्पन्न भएको थियो ।

,

0 comments

तपाइको प्रतिक्रिया दिनुहोस