सन्धिखर्कको कुर बेहोरेबाट एक बालिकालाई बाघले आक्रमण गरि लाग्यो, खोजी जारी

सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड - २ कुर बेहोरेबाट एक बालिकालाई बाघले आक्रमण गरेर लगेको छ ।
बेहोरेका अशोक नेपालीकी ८ वर्षिया छोरी प्रशन्ना नेपालीलाई साँझ सवा ७ बजे आक्रमण गरी लगेको हो । बाघले जंगल तिर लगेको छ । सन्धिखर्कको कुर बेहोरेकी प्रशन्ना नेपालीलाई बाघले लगेको २ घण्टा सम्म पनि फेला पर्न सकिएन् । अहिले स्थानियबासी र प्रहरीको टोलीबाट खोजी कार्य जारी छ । घर नजिक कपडा फेला परेको छ ।
घरको छेउ सुरबाट आक्रमण गरेर बाघले बच्चीलाई लगेको थियो ।
गत भाद्र २७, मंगलवार सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ प्रगतीनगर ( साविक खाचिकोट - ६ भालुखोला बाजाबारी) का रमेश के.सी र निर्मला के.सीका ४ वर्षिय कान्छो छोरो मनिष केसीलाई बाघले खाएको थियो ।
पछील्लो पटक खाचिकोटको भालुखोलामा बच्चा खाएको १५ दिन नहुँदै आश्विन ११, बुधवार बुधवार भुमिकास्थान नगरपालिका वार्ड नम्बर ९ ढिकुरा ढोडेनी-खान्दुलामा आफ्नो घरभन्दा माथि मोटरबाटोमा खेली खेलिरहेको बेला बाघले राम बहादुर सुनार र कमला सुनारका ११ वर्षिय छोरा गोपाल सुनारलाई गम्भिर घाईते बनाएको छ ।
अर्घाखाँचीमा बाघ आतङ्कले जिल्लावासी त्रसित भईरहे पनि सुरक्षाको प्रत्याभुति दिलाउन प्रहरी प्रशासन असफल भएको छ । पटक-पटक बाघको आक्रमणबाट अबोध बालबालिकाको ज्यान जाँदा समेत बाघ मार्न प्रशासन लागी नपरेको गुनासो जिल्लाबासीको छ ।
बाघ आतङ्कले जिल्लावासी त्रसित भईरहे पनि सुरक्षाको प्रत्याभुति दिलाउन असफल भएको आरोप खेपिरहेको प्रहरी प्रशासन बाघ मार्नका लागि बिशेष प्रहरी, सेना भदौको अन्त्य तिर २,३ दिन परिचालन गरेता पनि अहिले मौन छ ।
जिल्लामा गएको २,३ वर्ष भित्र लगभग एक दर्जन बालबच्चाको बाघको आक्रमणबाट ज्यान गएको छ । अर्घाखाँचीको ईतिहासमा यसरी बाघले मानविय क्षती पुराएको पहिलो पटक हो ।
बाघ आतंक बढ्दै गएपछि खाचिकोट, ढिकुरा, नुवाकोट, सन्धिखर्क, किमडाँडा लगायतका स्थानिय बासिन्दाले जिल्ला प्रशासन कार्यालयमा २,३ वर्ष देखि बारम्बार जिउधनको रक्षाको लागि आग्रह गरिरहेका छन् । उनिहरुले नरभक्षी बाघलाई पक्रिएर जनताको शान्तिसँग बाँच्न पाउने अधिकार सुरक्षित गर्न माग गरेता पनि जिल्लामा २,३ वर्षको अवधिमा कयौ प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख आए तर ति सबैले जनताको समस्या कहिलै सुनेनन् । यस जिल्लामा कुनै निकायले यसलाई चासो देखाएनन् ।
यस अगाडि पनि बाघ मार्नु पर्ने व्यापक गुनासो आएपछि बाघ मार्नका लागि प्रशासनले २,४ दिन प्रहरी परिचालन गराएता पनि उपलब्धी शुन्य रहेको छ । अर्घाखाँची नेपालको अन्य भेगमा भन्दा बढी बाघले आतङ्क मच्चाएको जिल्ला हो । विधालय आउँदा जाँदा होस् कि साँझ विहान घरको आगनमा खेल्दा होस् यहाँ बच्चाहरुको सुरक्षा छैन ।
उता सन्धिखर्क, खाचिकोट, ढिकुरा लगायतका स्थानियबासीले अर्घाखाँचीमा निरन्तर बाघको आक्रमणबाट ठुलो मानविय क्षती भएपछि जिल्लालाई संकटग्रस्त क्षेत्रको घोषणा गर्न माग गरेका छन् । सरकारले बाघलाई पक्रन वा मार्नको निम्ती पहल नगरे गाउँ छाड्न बाध्य हुने उनिहरुको भनाई छ ।
अर्घाखाँचीमा बालबालिका असुरक्षित ! बाघ मार्न नसकेपछि प्रहरी-प्रशासन माथि ठुलो आक्रोश, सुरक्षा - वन प्रमुखलाई सरुवा र नगर प्रतिनिधिलाई बहिस्कारको माग, बाघ मर्नेलाई ५० हजार रुपैया पुरस्कार
(२०७४ आश्विन १२, विहीवार)

अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँचीमा बाघ आतङ्कले जिल्लावासी त्रसित भईरहे पनि सुरक्षाको प्रत्याभुति दिलाउन असफल भएको भनेर आरोप खेपिरहेको प्रहरी प्रशासन माथि देश - विदेशमा रहेका अर्घाखाँचीबासीले आक्रोश पोखेका छन् । पटक-पटक बाघको आक्रमणबाट अबोध बालबालिकाको ज्यान जाँदा समेत बाघ मार्न प्रशासन लागी नपरेपछि विश्वभरबाट अर्घाखाँचीबासीले सामाजिक संजाल र ईमेल मार्फत प्रहरी प्रशासन माथि ठुलो आक्रोश पोखेका हुन् ।
बाघ आतंक बढ्दै गएपछि खाचिकोट, ढिकुरा, नुवाकोट, सन्धिखर्क, किमडाँडा लगायतका स्थानिय बासिन्दाले जिल्ला प्रशासन कार्यालयमा गएको ३ वर्ष देखि बारम्बार जिउधनको रक्षाको लागि आग्रह गरिरहेका छन् । उनिहरुले नरभक्षी बाघलाई पक्रिएर जनताको शान्तिसँग बाँच्न पाउने अधिकार सुरक्षित गर्न माग गरेता पनि जिल्लामा यो अवधिमा कयौ प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, वन प्रमुख आए तर ति सबैले जनताको समस्या कहिलै सुनेनन् ।
जनताको समस्या कहिलै नसुनेपछि स्थानियबासीहरुले जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, वन प्रमुखलाई जिल्ला छाडन् माग गरेका छन् । यहाँ जनतालाई सुरक्षाको प्रत्याभुति दिलाउन नसक्नेलाई जिल्लाबाट तुरुन्त सरुवा गराउनु पर्छ; सन्धिखर्क शान्तिबैगचाका एक व्यापारीले भने । यहाँको प्रशासन, प्रहरी जनप्रतिनिधीले जनताको पिडा बुझेनन् । ३ वर्ष होइेन यहाँ १० वर्ष सम्म पनि बच्चाको ज्यान जादै गर्छ यिनीहरुबाट केही हुँदैन । जनता आँफैले बागखोर थापेर बाघ मर्नुपर्छ । अब अती नै भयो । ति व्यापारीले आक्रोश पोखे ।
समय समयमा बाघ मार्नु पर्ने व्यापक गुनासो आएपछि बाघ मार्नका लागि प्रशासनले २,४ दिन प्रहरी परिचालन गराएता पनि उपलब्धी शुन्य रहेको छ । अर्घाखाँची नेपालको अन्य भेगमा भन्दा बढी बाघले आतङ्क मच्चाएको जिल्ला हो । विधालय आउँदा जाँदा होस् कि साँझ विहान घरको आगनमा खेल्दा होस् यहाँ बच्चाहरुको सुरक्षा छैन ।
जिल्लामा गएको ३ वर्षको अवधीमा लगभग एक दर्जन बालबच्चाको बाघको आक्रमणबाट ज्यान गएको छ । अर्घाखाँचीको ईतिहासमा यसरी बाघले मानविय क्षती पुराएको पहिलो पटक हो ।
पछील्लो पटक खाचिकोटको भालुखोलामा बच्चा खाएको १५ दिन नहुँदै हिजो बुधवार भुमिकास्थान नगरपालिका वार्ड नम्बर ९ ढिकुरा ढोडेनी-खान्दुलामा आफ्नो घरभन्दा माथि मोटरबाटोमा खेली खेलिरहेको बेला बाघले राम बहादुर सुनार र कमला सुनारका ११ वर्षिय छोरा गोपाल सुनारलाई गम्भिर घाईते बनाएको छ । गत भाद्र २७, मंगलवार सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ प्रगतीनगर ( साविक खाचिकोट - ६ भालुखोला बाजाबारी) का रमेश के.सी र निर्मला के.सीका ४ वर्षिय कान्छो छोरो मनिष केसीलाई बाघले खाएको थियो ।
बाघ आतङ्कले जिल्लावासी त्रसित भईरहे पनि सुरक्षाको प्रत्याभुति दिलाउन असफल भएको आरोप खेपिरहेको प्रहरी प्रशासन बाघ मार्नका लागि बिशेष प्रहरी, सेना भदौको अन्त्य तिर २,३ दिन परिचालन गरेता पनि अहिले मौन छ ।
उता सन्धिखर्क, खाचिकोट, ढिकुरा लगायतका स्थानियबासीले अर्घाखाँचीमा निरन्तर बाघको आक्रमणबाट ठुलो मानविय क्षती भएपछि जिल्लालाई संकटग्रस्त क्षेत्रको घोषणा गर्न माग गरेका छन् । सरकारले बाघलाई पक्रन वा मार्नको निम्ती पहल नगरे गाउँ छाड्न बाध्य हुने उनिहरुको भनाई छ ।
गाउँले बाघबाट आतंकित छन् । साँझ पर्नासाथ कतिबेला बाघले आक्रमण गर्ने भन्ने त्रासमा रहन्छन् गाउँले सधैं । गाउँ नजिक त्यति घना जंगल पनि छैन, तर बाघ भने लुक्न सक्छ । साँझ पर्नासाथ गाउँलेले आ-आफ्नो घरमा शंख, मादल, थाल बजाउन थाल्छन् । साँझ नपर्दै ढोका लगाएर बस्नुपर्ने र रातमा दिसापिसाब पनि घरभित्रै गर्नुपर्ने बाध्यता भएको गाउँलेले बताउन्छन् ।
खाचिकोट, ढिकुरा, सन्धिखर्कमा पढन जाने साना - साना विधार्थीका अभिभावक समेत विहान बेलुका छोराछोरी विधालय पुर्याउन र लिन आउन वाध्य भएका छन् । यस्तै ढिकुरामा समेत विधार्थीलाई अभिभावक विहान बेलुका छोराछोरी विधालय पुर्याउन र लिन आउन वाध्य भएका छन् । दिउँसै पनि एक्लै हिँड्न मुस्किल छ ।
नगरपालिकाका प्रतिनिधिलाई सम्मान र गाउँ प्रवेशमा रोक र उनिहरु उपस्थित कार्यक्रम बहिस्कार गर्न माग
बाघ आतंकबाट बढी प्रभावित सन्धिखर्क र भूमिकास्थान नगरपालीकाका जनप्रतिनिधीहरु निर्वाचित भएको १०० दिन पुगी सक्दा पनि अहिले सम्म सम्मान थाप्न बाहेक उनिहरुबाट अरु उपलब्धी केही हुनसकेको छैन ।
सन्धिखर्क नगरपालिकाका मेयर कमल प्रसाद भुसाल र उपमेयर ठाकुर कुमार बिक र भूमिकास्थान नगरपालिकाका मेयर रेशम थापा र उपमेयर खडानन्द बेल्वासे प्राय सम्मान थाप्नमा नै उनिहरुले दैनिक वित्छ । उनिहरुले अहिले सम्म नगरपालिकाबाट अघिल्लो वर्ष जस्तै वार्षिक निति तथा कार्यक्रम प्रस्तुत गर्नु बाहेक अहिले सम्म सुधार, बिकास र जनताको सेवाको लागि कुनै थालनी गर्न सकेका छैनन् ।
उता जनप्रतिनिधहरुले चुनाव जित्न गरेका बाचा अनुरुप १०० दिनको अवधिमा अहिले सम्म केही नगरेपछि स्थानियबासी तथा देश विदेशबाट अर्घाखाँचीबासीले ठुलो आक्रोश पोखेका छन् । अर्घाखाँचीबासीले ति सबै जनप्रतिनिधीहरुलाई कुनै पनि संघ- संस्थालाई स्वागत, सम्मान नगर्न अनुरोध गरेका छन् ।
सन्धिखर्कका गाउँ, बजारको अवस्था उस्तै छ। अहिले दसैंसम्म सडक मर्मत, सुधार हुन सकेको छैन् । राजनीतिक प्रतिनिधीहरु सन्धिखर्कमा निर्वाचित भएदेखि अहिलेसम्म झन सुधार, बिकास र जनताको सेवाको लागि केही नै गर्न नसकेको भन्दै सन्धिखर्कका एक स्थानियबासीले गुनासो गरे ।
सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ प्रगतीनगर ( साविक खाचिकोट - ६ भालुखोला बाजाबारी) का रमेश के.सी र निर्मला के.सीको वर्ष ४ को कान्छो छोरो मनिष केसीलाई बाघले खाएपछि नगरपालिका मेयर कमल प्रसाद भुसाल, उपमेयर ठाकुर कुमार विक, सन्धिखर्क - ७ का वार्ड अद्क्ष्य प्रितम थापा लगायत पीडितको घरमा पुगेर बाघ आतंकको रोकथाम गरेर छाडने प्रतिबद्धता जनाएपनि सन्धिखर्क बजारको झिलिमिलीमा पुगेपछि बिर्सेका छन् । गाउँको पिडा भुले । गाउँले ति प्रतिनिधिलाई गाउँमा प्रवेशमा निषेध गर्नुपर्ने बताएका छन् ।

सन्धिखर्क नगरपालिका ११ डिभर्नामा आयोजना गरिएको जनप्रतिनिधी सम्मान कार्यक्रममा
नरभक्षी बाघ मर्नेलाई ५० हजार रुपैया पुरस्कार
"जागौ युवा जागौ, जागौ अर्घाखाँचीवासी जागौ" हाम्रा बालबच्चाहरुको सुरक्षाको लागि यस अभियानमा सामिल हौ नरभक्षी बाघको अन्त्य गरौ साथमा प्रत्येक -१ बाघ अन्त्य गरे बापत ५० हजार इनाम जितौ भन्दै विदेशमा बस्ने युवाले पुरस्कार दिने घोषणा गरेका छन् ।
समाजसेवी तथा जिल्लाका कयौ आर्थिक स्थिती कमजोर भएर उपचार गर्न नपाएका पीडितहरुलाई नयाँ जन्म दिदै आएका सन्धिखर्क वार्ड नं १० बेल्टारी हाल इजरायलमा कार्यरत युबराज थापाले जिल्ला प्रशासन कार्यालयले बाघ मार्न स्वीक् त दिईसकेकोले कसैले बाघ मार्न वा नियन्त्रणमा ल्याउन सक्नेलाई ५० हजारु रुपैया दिने घोषणा गरेका हुन् ।
जिल्लामा दिनप्रतिदिन नरभक्षी बाघबाट बालबच्चाहरु असुरक्षित भएको भन्दै बाघ मार्न वा नियन्त्रणमा ल्याउनको लागि स्थानियबासीलाई उत्साहित गर्न भन्दै उक्त पुरस्कार दिने घोषणा गरेको उनले बताए ।
उता देश, विदेशमा रहेका अर्घाखाँचीबासीले निरन्तर ३ वर्ष देखि दर्जन बालबालिकाको ज्यान जाँदा पनि प्रहरी, प्रशासन बाघ मार्न वा नियन्त्रण गर्न केही पहल नगरेको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनिहरुले सधैं प्रहरी प्रशासनले घटना भएको १,२ दिन बाघ मर्न भन्दै प्रहरी परिचालन गरेता पनि कुनै उपलब्धी नगरेको भन्दै सामाजिक सन्जालहरुमा आक्रोश पोखेका छन् ।
उनिहरुले वन, प्रशासनलाई अब बाघखोर थापेर बाघलाई मार्न वा नियन्त्रण गर्न स्थानियबासीलाई अधिकार समेत दिन अनुरोध गरेका छन् ।
नरभक्षी बाघ मार्ने आदेश दिएको छु:- प्रमुख जिल्ला अधिकारी
बालबालिकामाथि आक्रमण गर्ने बाघको पहिचान गरी मार्न जिल्ला प्रशासन कार्यालयले नेपाली सेना र नेपाल प्रहरीलाई निर्दसन दिएको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताएका छन । भुसालले भने 'बच्चालाई आक्रमण गरी ज्यान लिने बाघलाई नियन्त्रणमा लिन नसके गोली हानेर मार्ने आदेश भएको छ चाड पर्बको बेला जिल्लामानै दुःखत अवस्थामा पुगेको छ सुरक्षानिकाय मार्नको लागी लागि परेको छ तीन दिन सम्म हाम्रो टोलीले खोज्यो भेटेन सबैको सहयोग चाहिन्छ मार्नको लागी त चितुवा भेटाउनु पर्यो ।'
सन्धिखर्क नगरपालिकाका प्रमुख, उपप्रमुखसहित जिल्ला सुरक्षा समितिको टोलीले सनपा-७ भालुखोलामा पुगी बाघ आतंक रोक्ने प्रतिबद्धता जनाएका थिए ।
अर्घाखाँची डटकमबाट

0 comments
तपाइको प्रतिक्रिया दिनुहोस