अर्घाखाँचीको मालारानीमा यात्रुबाहक बस दुर्घट्ना हुँदा २ जनाको घट्नास्थलमै ज्यान गयो

८ को अवस्था गम्भिर

२० अशोज, अर्घाखाँची
अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्वर ३ सापडाडाँमा भएको बस दुर्घटनाका दुुई जनाएको ज्यान गएको छ । डाँडकटेरीबाट बुटवलका लागी छुटेको लु १ ख ७५७८ नम्वरको बस सडकबाट ६० मिटर तल खस्दा बसमा सवार गुल्मी जिल्ला धुर्कोट गाउँपालिका १ का ४६ वर्षीया सुन्तली बि.क र अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका ३ का ९ वर्षीय अभियान आचार्य आचार्यको घट्ना स्थलमै ज्यान गएको हो । 
दुर्घट्नामा गम्भिर आठ जना घाइतेलाई काठमाण्डौ रिफर गरिएको छ । रिफर हुनेमा सनपा ११ कि ५० वर्षीय गोमा बस्याल र शान्ता भुसाल, मालारानी गाउँपालिका २ का २१ वर्षीय उमेश कुवँर, तिलोत्तमा नगरपालिका ३ की ६७ वर्षीय भविकला भट्टराई मालारानी २ की ३८ वर्षीया यमकला भुसाल ,मालारानी ३ का १८ वर्षीय भानु भक्त आचार्य, मालारानी गाउँपालिका ३ की ३१ वर्षीय इन्दिरा आचार्य खनाल र गुल्मी जिल धुर्कोट शोभे सार्की रहेका प्रहरी नायव उपरक्षक एकनारायण कोइरालाले जानकारी दिनुभयो । 
टाउकोमा चोट लागेका घाइतेलाई नेपाली सेनाको हेलिकप्टर मार्फत टिचिङ्ग हस्पिटलमा रिफर गरिएको प्रमुख जिल्ला अधिकारी भुसालले बताउनुुभयो । उहाँले भन्नुुभयो ‘गम्भिर खालका घाइतेहरुलाई थप उपचारको लागी हेलिकप्टर मार्फत काठमाण्डौ पठाएका छौ, घटना भएको तत्काल सबै जना उद्धारमा लाग्यौ स्थानीय ,नेपाल प्रहरी, नेपाली सेना तथा विभिन्न समितिका गाडिहरु परिचालन गरेर जतिसक्दो छिटो घाइतेलाई उपचारको व्यवस्था मिलाएका थियौ ।
 
बस दुर्घटनाका ३७ जना घाइतेको लुम्बिनी अञ्चल अस्पताल बुटवल र २ जना सामान्य उपचारपछि घर फर्केका छन । बसमा क्षमताभन्दा बढि यात्रु भएको र बाटो भासिदाँ दुर्घटना भएको हुन सक्ने प्रारम्भीक अनुमान गरेको इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीरक्षक आरबी शर्माले बताउनुुभयो । घाइते सबै जनाको प्राथमिक उपचार पश्चात जिल्ला अस्पताल सन्धिखर्कमा रिफर गरिएको छ । दुर्घटनामा परेका घाइते कृष्ण आचार्यका अनुसार बसमा ४९ जना भन्दा बढि सवार थिए । 

, , ,

0 comments

तपाइको प्रतिक्रिया दिनुहोस