बुलन्द राष्ट्रिय साप्ताहिकको असोज १ गतेकोअंक
अर्घाखाँचीमा चितुवा आतङ्कः तीन वर्षमा १४ वालवालिका माथि आक्रमण
८ जनाको ज्यान लियो
प्रेमनारायण आचार्य
बुलन्द, अर्घाखाँची
जिल्लामा गएको ३ वर्ष भित्र १४ जना वालावालिकालाइ चितुवाले आक्रमण गरेको छ । जस्का कारण ८ जनाको ज्यान गयो । दिउसै चितुवाले आक्रमण गर्न थालेपछि अहिले वालवालिकालाई विद्यालय पठाउन पनि अभिभावकले छाडेका छन् ।
क्र.स घटना मिति घटना स्थल मृत्यु हुनेको नाम
१ २०७१।४।२६ किमडाडा सुसन नेपाली
२ २०७१।५।१७ किमडाडा सागर विक
३ २०७१।५।१९ किमडाडा सुजता विक
४ २०७२।५।१७ सन्धिखर्क, कुर स्मृति केसी
५ २०७३।१।१६ नुवाकोट आरम्भ गैरे
६ २०७३।४।१२ किमडाडा ललिता विक
७ २०७३।४।१४ किमडाडा अस्मिता कुमाल
८ २०७४।५।२७ खाँचीकोट मनिस केसी
अर्घाखाँचीमा पछिल्लो तीन बर्षमा नरभक्षी चितुवाले ८ जनाको ज्यान लिएको छ । पटक पटक चितुवाको आक्रमण मानिसमा परेपछि यहाँका वासिन्दा अत्यन्तै त्रसित बनेका छन । दिउसै चितुवाले आक्रमण गर्न थालेपछि अहिले वालवालिकालाई विद्यालय पठाउन पनि अभिभावकले छाडेका छन् । स्थानीय त्रसित बनेपछि चितुवा मार्न हतियार सहित सेना र प्रहरी परिचालन गरिएको छ । जिल्लाका विभिन्न स्थानमा चितुवाको आक्रमण नरोकिएर चितुवा आतङ्कले जिल्लावासी त्रसित भएपछि चितुवा मार्न सेना र प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यलय का प्रहरी नायव उपरीक्षक एकनारायण कोइरालाले बताउनु भयो ।
चितुवाबाट सुरक्षाको प्रत्याभुति दिलाउन असफल भएको आरोप खेपिरहेको प्रहरी प्रशासनले विहिबार देखि चितुवा मार्नका लागि सेना र प्रहरीको बिशेष टोली परिचालन गरेको छ । जिल्ला प्रहरी कार्यलयका प्रहरी निरीक्षक प्रदीप डिसीको नेतृत्वमा ३२ जनाको हतियार सहितको टोली खटाइएको छ । गएको मंगलबार साँझ सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ प्रगतिनगरका ४ वर्षिय मनिष केसीलाई चितुवाले खाएपछि जिल्ला सुरक्षा समितिको आपतकालिन सुरक्षा बैठकले चितुवा नियन्त्रणमा लिनका लागि सेना र प्रहरी परिचालन गरेको सहायक प्रमुख जिल्ला अधिकारी नारायण खत्रीले बताउनुभयो । चितुवा मार्नका लागि सदरमुकाम सन्धिखर्कको कुर, किमडाँडा, नुवाकोट, ढिकुरा र खाँचीकोट लगायतका क्षेत्रमा हतियारसहित सेना, प्रहरी र जिल्ला वनको टोली परिचालन गरिएको छ ।
जिल्लामा गएको ३ वर्ष भित्र १४ जना वालावालिकालाई चितुवाले आक्रमण गरेको छ । जसका कारण ८ जनाको ज्यान गयो । विद्यालय आउँदा जाँदा होस् कि साँझ विहान घरको आँगनमा खेल्दा होस् यहाँ बच्चाहरुको सुरक्षा छैन । चितुवा आतंक बढ्दै गएपछि खाचीकोट, ढिकुरा, नुवाकोट, सन्धिखर्क, किमडाँडा लगायतका स्थानीय बासिन्दाले जिल्ला प्रशासन कार्यालयमा ३ वर्ष देखि बारम्बार जीउधनको रक्षाको लागि आग्रह गरिरहेका छन् । उनीहरुले नरभक्षी चितुवालाई पक्रिएर जनताको शान्तिसँग बाँच्न पाउने अधिकार सुरक्षित गर्न माग गरेका छन ।
सन्धिखर्क, खाचिकोट, ढिकुरा लगायतका स्थानीयबासीले अर्घाखाँचीमा निरन्तर चितुवाको आक्रमणबाट ठुलो मानवीय क्षती भएपछि जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा गर्न माग गरेका छन् । सरकारले बाघलाई पक्रन वा मार्नको निम्ती पहल नगरे गाउँ छाड्न बाध्य हुने उनीहरुको भनाई छ । चितुवा मार्न सेना र प्रहरी परिचालन गरिएपनि चितुवा फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरिक्षक कोइरालाको भनाइ छ । प्रभावित क्षेत्रका वासिन्दाले चितुवा देखेमा प्रहरीलाइ खबर गर्न पनि उहाँले आग्रह गर्नु भएको छ ।







0 comments
तपाइको प्रतिक्रिया दिनुहोस