एकै जिल्लाबाट तीन जना उपसचिव चार जिल्लाबाट दुई–दुई जना
लोक सेवा आयोगले श्रावण १८ गते निकालेको विस जना उपसचिवको सूचीमा एकै जिल्लाका तीन जना छन् । उक्त जिल्ला अर्घाखाँची हो ।
उक्त जिल्लाबाट उपसचिव हुनेमा केरुङ्ग–८ का महेश पाण्डे, चिदिका–८ का रोशन ज्ञवाली र हंसपुर–३, बसन्तप्रसाद पन्थी छन् । त्यस्तै चार जिल्लाबाट दुई–दुई जना उपसचिव भएका छन् । ति जिल्ला खोटाङ, स्याङ्जा, दैलेख र गुल्मीका हुन् । खोटाङबाट उपसचिव हुनेमा दिक्तेल–४ का मिरा आचार्य र हौचर-९ का दिपक खड्का रहेका छन् । त्यस्तै स्याङ्जाबाट फापरथुम–४ का धोलकराज ढकाल र विर्घा–६ का टोकराज पाण्डे रहेका छन् । दैलेखबाट दुल्लु–९ का धर्मराज रोकाय र अवलपराजुल–७ का दिपककुमार थापा छन् भने गुल्मीबाट उपसचिव हुनेमा मर्भुङ्ग–४ का मुक्तिराम अर्याल र छापहिले–४ का वेदप्रसाद भण्डारी रहेका छन् ।

0 comments
तपाइको प्रतिक्रिया दिनुहोस