बुलन्द साप्ताहिकको भाद्र ४ गतेको अंक

स्थानीय तहमा घुम्ती टोली
सेवा ग्राही भन्छन्ः स्थानीय सरकार आएको अनुभुति भयो 
घनश्याम पौडेल
बुलन्द, अर्घाखाँची

उमेरले पाकी भएकी मालारानी गाऊपालिकाकी मनकला विकले ६८ वर्षको उमेरमा स्थानीय तह मालारानी गाउँपालिकामा नागरिकता बनाउनुुभयो । त्यति मात्रै नभई मतदाता नामाबलीमा नाम लेखाउनुुभयो । प्रदेश र केन्द्रको निवार्चनमा मतदान गरेर सक्षम नेता चयन गर्ने धोका छ, उहाँले भन्ुुभयो, १४ गतेको चुुनावमा भने भोट खसाल्न पाइन ।’ उमेरले पाकी भएकी विकले स्थानीय तहको निवार्चनमा मतदान गर्न पाउनुुभएन, कारण नागरिकता पनि थिएन, मतदाता नामावलीमा नाम हुने त कुुरै भएन । 
मतदाता नामाबलीमा नाम पहिले नै लेखाएको भए स्थानीय तहको निवार्चनमा मतदान गर्न पाउनुुहुुन्थ्यो  सितगङ्गा नगरपालिका ४ कि २० वर्षिय अनिशा गुरुङ्ग । स्थानीय तहको निवार्चन हुनुभन्दा पहिले पनि गाउँगाउँमै गएको नागरिकता तथा मतदाता नामाबली संकलनमा उहाँले नाम लेखाउँन छुटाउनुुभयो, ‘अहिले भने घुम्ती सिविर कहिले आउँला भनेर पर्खाइमा थिए, आफनै गाउँमा नागरिकता र नामाबलीमा नाम लेखाउँन पाईयो, बल्ल स्थानीय सरकार आएको अनुभुति भयो’ गुुरुङ्गले भन्नुुभयो । 
भुमिकास्थान नगरपालिकाका २३ वर्षिय खिमबहादुर बस्नेतले पनि स्थानीय तहबाटै नागरिकता लिनुुभयो । असार १४ मा भएको स्थानीय तहको निवार्चनमा मतदान गर्न नपाउँदा खिन्न भएका उहाँले स्थानीय सरकारबाट नागरिकता तथा नामाबलीमा नाम लेखाउनुुभयो । स्थानीय तहको निर्वाचन सकीएपछी नयाँ तथा छुटेकालाई नागरिकता तथा मतदाता नामाबलीमा नाम लेखाउँने उद्देश्यका साथ जिल्लाका ६ वटै स्थानीय तहमा घुम्ती सिविर सञ्चालन गरेर नागरिकता तथा अपाङ्ग, ज्येष्ठ नागरिक परिचय पत्र वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जिल्लाका पाणिनी, मालारानी, छत्रदेव गाउँपालिका, सितगंगा नगरपालिका र भुमिकास्थान नगरपालिकाका केन्द्रहरुमा गएर नागरिकता वितरण गरिएको हो । यो क्रम सन्धिखर्कमा पनि निरन्तर जारी रहेको छ । बर्खामासको समयमा नागरिकता तथा नामाबलीमा नाम लेखाउन सदरमुकाम सन्धिखर्कमा आउनुपर्ने अर्घाखाँची बासीले स्थानीय तहको निर्वाचन पछि गाउँमै सेवा पाएका छन । स्थानीय तहमा करिब १ हजार ५ सय जनालाई नागरिकता वितरण तथा मतदाता नामाबलीमा नाम लेखाएको प्रमुख जिल्ला अधिकारी डिल्लीराज पोख्रेलले बताउनुुभयो । 
‘आर्थिक स्थिती कमजोर भएका विपन्न परिवारहरुले बढी मात्रामा नागरिकता बनाएका छन, सहायक प्रमुख जिल्ला अधिकारी नारायण खत्रीले भन्ुुभयो, ‘सक्षम र सचेत मान्छे त सदरमुकाममा नै आउँछन, जनप्रतिनिधी नहुँदा नागरिकताको महत्व विकट बस्तीमा बसेकाहरुले नबुझेको उहाँले बताउनुुभयो । अव नागरिकताको महत्व बुझाउन तर्फ जनप्रतिनिधी लाग्नुपर्ने उनको भनाई छ । उमेर पुगेका तर नागरिकता नबनाएका र रोजगारीको क्रममा देश तथा बाहिर रहेकाहरु नागरिकता बनाउन छुटेकाले बढी नागरिकता लिएका छन ।
स्थानीय तहमा नागरिकता वितरण गर्दा जनप्रतिनिधीहरुले सहयोग गरेको प्रशासनले जानकारी दिएको छ । सितगंगा नगरपालिकाका प्रमुख सुर्यप्रसाद अधिकारीले विकट बस्ती, यातायातको असुविधा भएको सितगंगाका बासिन्दालाई नागरिकता लिन र नामाबलीमा नाम लेखाउँन केन्द्र ठाडामा आउँन गाह्रो भएपनि जनतालाई सहज हुनेगरी सधैभरी यातायातको सुविधा पुग्नेगरी कार्य गर्ने बताउनुुभयो । 
घुम्ती शिविरमा आएकाहरुलाई स्थानीय तहबाट सहयोग भईरहेको छ, ‘स्थानिय बासिँन्दाहरु पनी चासोका साथ परिचय पत्र लिन र नामाबलीमा नाम लेखाउन आईरहेका छन, जनताको मागलाई ध्यान दिदै नागरिकता वितरण पछी मतदातामा नामाबली दर्ता एकैपटक भईरहेको छ प्रमुख अधिकारीले भन्नुुभयो ।

बुलन्द साप्ताहिकको भाद्र ४ गतेको अंक








,

0 comments

तपाइको प्रतिक्रिया दिनुहोस