बुलन्द साप्ताहिककको श्रावण २९ गतेको अंक

अर्घाखाँचीका ६ स्थानीय तहको बजेट निकासा

पहिलो चौमासिकका लागि ७४ करोड ९७ लाख ५९ हजार ९९६

बसन्त श्रेष्ठ ‘छापेली’
बुलन्द, अर्घाखाँची
सिनं.
स्थानिय तह
वार्षिक वजेट
२०७४ श्रावण मा निकासा रकम
शीतगंगा नगररपालिका
५१ करोड ५९ लाख २८ हजार
१७ करोड १९ लाख ७६ हजार
सन्धिखर्क नगरपालिका
४० करोड ७९ लाख हजार
१३ करोड ३५ लाख ९७ हजार ९९९
भूमिकास्थान नगरपालिका
३६ करोड ९२ लाख २९ हजार
१२ करोड ३० लाख ७६ हजार ३३३
पाणिनी गाउँपालिका
३३ करोड ९८ लाख ७० हजार
११ करोड ३२ लाख ८९ हजार ९९९
मालारानी गाउँपालिका
३३ करोड ७६ लाख हजार
११ करोड २५ लाख ३३ हजार ६६६
छत्रदेव गाउँपालिका
२८ करोड ५८ लाख २८ हजार
करोड ५२ लाख ८५ हजार ९९९

जम्मा
अर्व २४ करोड ९२ लाख ५० हजार
७४ करोड ९७ लाख ५९ हजार ९९६
अर्घाखाँचीका स्थानीय तहको बजेट निकासा भएको छ । जिल्लाका  ६ स्थानीय तहका लागि कुल २ अर्ब २४ करोड ९२ लाख ५० हजार रहेकोमा पहिलो चौमासिकका लागि ७४ करोड ९७ लाख ५९ हजार ९९६ रुपैया दाखिला भएको कोष तथा लेखा नियत्रक कार्यालय अर्घाखाँचीले जनाएको छ । जिल्लाका सबै स्थानीय तहका लागि श्रावण १ गते देखि लागु हुने गरी रकम दाखिला गरिएको हो । सरकारले नयाँ स्थानीय तहको घोषणा गरे लगत्तै नवघोषित स्थानीय तहले अब बजेट खर्चिने अख्तियारी पाएपछि जनप्रतिनिधीका लागि बाटो खुलेको हो । 
आर्थिक वर्ष २०७४÷०७५ को अन्तर सरकारी वित्तीय हस्तान्तरण व्यवस्था अन्र्तगत स्थानीय संचित कोषमा रकम दाखिला गरिएको कोष तथा लेखा नियन्त्रक कमल पन्थीले जानकारी दिनुुभयो । ‘स्थानीय तहले कानून वमोजिम खर्च गर्न पाउने गरी स्थानीय तहले प्राप्त गर्ने कूल वजेटलाई ३ भाग गरी दाखिला गरिएको छ, कोष नियन्त्रक पन्थीले भन्नुुभयो, ‘साउन १ गते एक भाग र मार्ग १ गते एक भाग र चैत्र एक गते एक भाग गरी तीन किश्तामा सम्वन्धित स्थानीय तहको संचित कोषमा रकम दाखिला गर्ने व्यवस्थाको लागि निर्देशन अनुसार दाखिला भएको छ ।’ 
कोलेनीकाका अनुुसार नेपालकै ठुुलो शीतगंगा नगररपालिकाको बार्षिक ५१ करोड ५९ लाख २८ हजार रहेकोमा पहिलो चौमासिकका लागि १७ करोड १९ लाख ७६ हजार निकासा भएको छ । सन्धिखर्क नगरपालिकाको बार्षिक ४० करोड ७९ लाख ४ हजार रहेकोमा १३ करोड ३५ लाख ९७ हजार ९९९ निकासा गरिएको हो । भूमिकास्थान नगरपालिकाको बार्षिक बजेट ३६ करोड ९२ लाख २९ हजार रहेकोमा १२ करोड ३० लाख ७६ हजार ३३३ निकासा गरिएको हो । जिल्लाका तीन गाऊपालिकालाई पनि सोही अनुपातमा निकासा गरिएको छ । पाणिनी गाउँपालिकाको लागि बार्षिक ३३ करोड ९८ लाख ७० हजार रहेकोमा पहिलो चौमासिकका लागि ११ करोड ३२ लाख ८९ हजार ९९९ निकासा भएको छ । मालारानी गाउँपालिकाको बार्षिक बजेट ३३ करोड ७६ लाख १ हजार भएकोमा ११ करोड २५ लाख ३३ हजार ६६६ निकासा गरिएको छ । त्यस्तै छत्रदेव गाउँपालिकाको बार्षिक २८ करोड ५८ लाख २८ हजार रहेकोमा ९ करोड ५२ लाख ८५ हजार ९९९ हजार निकासा गरिएको छ । 
तीन गाऊपालिका र ३ नगरपालिकाको बार्षिक बजेट २ अर्व २४ करोड ९२ लाख ५० हजार रहेको थियो जस मध्ये पहिलो चरणमा ७४ करोड ९७ लाख ५९ हजार ९९६ निकासा भएको प्रमुख कोष तथा लेखा नियन्त्रक मोहन शरण भण्डारीले जानकारी दिनुुभयो । ‘वित्तीय समानीकरण तथा सशर्त अनुदानको प्रथम किस्ता रकम २०७४ श्रावण १ गते निकासा भैसकेको छ’ भण्डारीले भन्नुुभयो । स्थानीय तहको निर्वाचन सँगै जनप्रतिनिधीबाट उक्त रकम कसरी खर्चिने भन्नेमा भने धेरैको चासो छ । लामो समय पछि भएको स्थानीय तहको निर्वाचनबाट चुुनिएका जनप्रतिधिमा जनताको उत्तीकै बढि अपेक्षा पनि छ । जनताको अपेक्षालाई जनप्रनिनिधीबाट कत्तिको सम्बोधन हुने हो त्यो भने हेर्न बाँकी नै छ । 
बुलन्द साप्ताहिककको श्रावण २९ गतेको अंक








, ,

0 comments

तपाइको प्रतिक्रिया दिनुहोस