बुलन्द साप्ताहिकको भाद्र ११ गतेको अंक
तरकारीमा विषादी प्रयोग गर्न छाडेपछि
अर्गानिक खेतीमा रमाउदै कृषकहरु
प्रेमनारायण आचार्य
बुलन्द, अर्घाखाँची
तस्बीरमाः नरपानी जगातका कृषक गुणानिधी न्यौपाने अर्गानिक तरकारी खेतीमा गाोडमेल गर्दै ।
तीन बर्ष अघि सम्म तरकारीमा बिषादी प्रयोग गर्ने जगातका गुणनिधि न्यौपाने अहिले बिषादीको प्रयोग गर्न छाड्नुुभएको छ । तीन बर्ष अघि सन्धिखर्कमा जादा नरपानी जगतको सिमी सिमी तितो रहेछ । त्यहाँका कृषकहरुले बिषादी बढि प्रयोग गर्दा रहेछन त्यहाँको तरकारी खानु हुदैन भन्ने बजार हल्ला सुनेपछि गाँउकै बदनामी हुने सुनेर तरकारीमा विषादी प्रयोग गर्न छाडेको न्यौपानेको भनाई छ ।
‘अहिले घरमा सबै उत्पादन भएको तरकारी अर्गानिक छ, घरको अगाडी बारी भरि उत्पादन भएको तरकारी देखाउदै भन्नुुभयो, ‘जहाँको ल्याबमा लगेर टेस्ट गरेपनि हुन्छ निर्धक्कसँग भन्नुुभयो, ‘रासायनिक मल र बिषादीको प्रयोगले उत्पादन गरिएका तरकारी खानाले मानिसको स्वास्थ्यमा असर गर्छ भन्ने थाहा नहुनाले मल र बिषादीको प्रयोग गरियो ।’ असर गर्छ भन्ने जानकारी प्राप्त भए पछि रासायनिक मलको साटो गोठे गोबर मल, कम्पोष्ट मल र बिषादीको सट्टा गाइ भैसीको पिसाबमा पानी राखेर बिरुवामा छरेर खेती गरेका छौँ । तरकारी खेती अत्यन्तै राम्रो भएको छ उहाँले भन्नुुभयो ।
न्यौपानेले बारीमा अहिले काउली, साँग, बन्दा, टमाटर, धनिया, मुला, आलु लगायतका तरकारी उत्पादन गर्नुुभएको छ । रासायनिक मल र बिषादीको प्रयोग बिना लगाएको तरकारी असाध्यै राम्रो भएको उहाँले बताउनुुभयो । रासायनिक मल र विषादीले तरकारी र फलफूलमा अचानक परिवर्तन ल्याइदिन्छ, जुन तरकारी र फलफूल आकर्षक लाग्छ, तर यस्ता तरकारी र फलफूल गुणस्तरहीन हुन्छ । फलस्वरूप हाम्रो स्वास्थ्यमा नकारात्मक असर पार्छ र विभिन्न रोगले ग्रसित पार्छ । यस्ता समस्यालाई मुक्त पार्ने एक मात्र तरिका हो अर्गानिक खेती ।
उहाँ मात्रै हैन जगतका कृषकहरु अरुले पनि अर्गानिक खेती गर्न थालेका छन । ‘कृषकहरु समुहमा आबद्ध भएर व्यावसायीक खेती समेत सुरु गरेका छन, कृषक ईन्द्रमणि न्यौपानेले भन्नुुभयो, ‘तरकारी खेतीमा नमुना गाँउ बनाउन लागि परेका छौँ । यहाँका कृषकहरु आफै सन्धिखर्कमा लाग्ने मंगलबार र शुक्रबारको हाटबजारमा लगेर बेच्ने गर्दछन । प्राङ्गारिक तरकारी खानाले तनाव एवं मुटुको रोग कम हुन्छ भन्ने विज्ञहरुले बताएका छन । प्राङ्गारिक तरकारीको सुपमा गैर प्राङ्गारिकमा भन्दा ६ गुणा बढी सालिसाइलिक अम्ल पाइन्छ । यो यौगिकले एस्प्रिनले जस्तै सुन्निएको घटाउँछ भने मुटुको धमनीलाई बलियो बनाउँछ । तीन बर्ष पहिले धरम्पानी डोडखोलाका कृषक सुर्य आचार्यलाई पनि गाइको पिसाब तरकारी खेतीमा राखेमा उत्पादन बृद्धि हुन्छ भन्ने कुरो थाहा थिएन । उहाँले पिसाबको महत्वबारे बुभm्न पनि चाहानुुभएको थिएन । तर अहिले उहाँले दैनिक पिसाब संकलन गरेर संकलन गरेको पिसाब तरकारी खेतीमा राख्न सुरु गर्नुुभएको छ ।
‘चौबिसै घण्टाको पिसाब संकलन गर्न टंकी बनाएका छौ, पिसाब खेतबारीमा राख्न थालेपछि रासायनिक मलको प्रयोग हुन छाडेको छ । गाई,‘भँैसीको पिसाब एक थोपा पनि खेर जान दिदैनौ’, । ‘दिनह“ु संकलन हुने पिसाबमा त्यसपछि तीन लिटर पानीमा एक लिटर पिसाब मिसाएर बारीमा राख्छौ,। गाई भैसीको पिसाब प्रयोग गर्दा युरियाले भन्दा दोब्बर उत्पादन भएको छ आचार्यले भन्नुुभयो, ‘धान र गँहुुमा राखेको धान गौ पनि राम्रो भएको छ ।’ तीन बर्ष पहिले सम्म रासायनिक मल र बिषादी प्रयोग गर्ने जगत, किमडाडा र धरम्पानीका कृषकहरु आज भोलि गोबरमल, कम्पोस्ट मल, कुखुराको मल र गाई भैसीको पिसाब प्रयोग गरि तरकारी खेती गर्दै आएका छन । जगत, धरम्पानी र किमडाडाका झण्डै ७० घर परिबारका मानिसहरु गाइभैसीको पिसाबको प्रयोगमा लागेका छन । जिल्ला कृषि विकास कार्यलय र जिल्ला पशुसेवा कार्यालयले गाँउका कृषकलाइ गोबर मल, कम्पोस्ट मल र गाइ भैँसीको पिसाब प्रयोग गरि तरकारी खेती गर्न सिकाए पछि गाँउका सबैले गाई भैसीको पिसाब प्रयोग गर्न सुरु गरेका हुन ।
अन्न देखी तरकारी, फलफुुल सम्ममा पिसाब राखेपछि राम्रो उत्पादन हुन थालेको छ । पिसाब राखेपछि एकातिर रासायनिक मल किन्ने पैसाको बचत भएको छ । किटनासक बिसादी छर्न परेको छैन भने अर्को तर्फ आर्गानिक खेतीले मानिसको स्वास्थ्य अबस्था समेत सुदृढ हुने भएको छ । साथ साथै अन्न तथा तरकारी उत्पादनमा हुने जिल्ला कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत थीरलाल गैरेले बताउनुुभयो । ‘रासायनीक मल र गोबर मल भन्दा पिसाबको धेरै महत्व हुन्छ, जिल्ला कृषि कार्यालयका गैरेले भन्नुुभयो , ‘पिसाबमा नाईट्रोजनको मात्रा बढी हुन्छ यसमा विभिन्न रोग किरास“ग मार्ने शक्ति पनि बढी हुनाले खेतीपातीमा कुनै रोग नलाग्ने भएकाले उत्पादन बृद्धि हुन पुगेको हो ।’ उहाँले किटनासक औषधि, रासायनिक मल राख्न नपर्ने बताउनुुभयो । गोबरमल र पिसाब मात्रै राखेर उत्पादन गरेको खानेकुराबाट मान्छेलाई पनि रोग लाग्नबाट बचाउने उहाँको भनाइ छ ।
‘पहिले जस्तै भैसीको पिसाब भकारामै खेर जान नदिन जिल्लाका बिभिन्न स्थानमा जिल्ला पशु सेवा कार्यलय र जिल्ला कृषि विकास कार्यलय अर्घाखाँचीले भकारो सुधारको कार्यक्रम सञ्चालन गरेको जिल्ला पशु सेवा कार्यालयका पशु चिकित्सक बिष्णु पौडेलले बताउनुुभयो । कृषकहरुलाई घरमा पालेको गाई भैसीको पिसाब (गह“ुत) को खासै महत्व थिएन, त्यसै खेर जान्थ्यो । गोबर मल तिर मात्रै ध्यान थियो तर अहिले गोबर मलको भन्दा पिसाबको धेरै महत्व बढ्दै गएको छ । त्यसैले कृषकहरु पिसाबलाई बढी संरक्षण गर्न सुरु गरेका छन् । गाई–गोरुको मलमुत्रबाट उत्पादित (कम्पोष्ट) ले नै विरुवालाई चाहिने सम्पूर्ण पदार्थको पूर्ति गर्छ, । गहुँत र वरिपरि पाइने असुरो, निम, तितेपाती, हर्रो, बर्रो, सुर्ति, अदुवा, तुलसी फूल, सिस्नु, निबुवा, गाँजा, लसुन, प्याज, पुदिना, खिर्राे, केतुके, तितेपाती, मरिच, बकाइनो, गन्धेझार, जस्ता जडीबुटी किरा र रोग नियन्त्रणमा प्रयोग गर्ने गरेका छन । जसले उत्पादन बढाउन मद्दत गरेको छ । जडीबुटीहरूका पात, डाँठ, फल, फूल, जरा आदिलाई काँचो वा सुकाएर वा पानीमा भिजाएर बनाइएको रस प्रयोग गरेका छन । यस्ता तरिकाहरू किसान समक्ष पु¥याउन कृषि विकास कार्यलयको ध्यान जान जरुरी छ ।
बुलन्द साप्ताहिकको भाद्र ११ गतेको अंक







0 comments
तपाइको प्रतिक्रिया दिनुहोस