बुलन्द साप्ताहिकको श्रावण २२ गतेको अंक

स्थानीय तहको निर्वाचन पश्चात झण्डै ६ हजार मतदाता बढे
अर्घाखाँचीमा मतदाता नामाबलीमा नाम लेखाउनेको भिड
बसन्त श्रेष्ठ ‘छापेली’
बुलन्द, अर्घाखाँची
गत असार १४ गते सम्पन्न भएको स्थानीय तहको निर्वाचन पश्चात अर्घाखाँचीमा झण्डै ६ हजार मतदाता बढेका छन । पछिल्लो समय भएको मतदाना नामावली संकलनमा शुक्रवार सम्म ५ हजार ५ सय २९ जनाले फोटो सहितको मतदाता परिचय पत्रका लागि फोटो खिचाएको जिल्ला निर्वाचन कार्यलय अर्घाखाँचीले जानकारी दिएको छ । सरकारले दोस्रो चरणको स्थानीय तहको निर्वाचन सकिए लगत्तै केन्द्रीय र प्रदेश तहको निर्वाचनको लागि भन्दै मतदाता नामावलीमा नाम दर्ता गर्न खुल्ला गरे लगत्तै ५ हजार ५ सय २९ जनाले मतदाता नामावलीमा नाम दर्ता गरेका हुन् ।
जिल्लामा मतदाता नामाबलीमा नाम संकलन गर्नका लागि स्थानीय तहमा निर्वाचन कार्यालयका कर्मचारी खटिएको भएपनि जिल्लामानै मतदाता नामाबलीमा नाम लेखाउन जिल्लाबासीको उत्साह पूर्वक सहभागिता रहेको छ । जिल्ला निवार्चन कार्यालयका कर्मचारीलाई विहान १० बजेदेखी बेलुका कहिले ६ त कहिले ७ बजेसम्म चिया पानी खान नै फुर्सद हुदैन । एक व्यक्तिको मतदाता नामाबलीमा नाम लेखाउँन ४ देखि ५ मिनेट लाग्छ, आएकाहरुलाई फिर्ता पठाउदैनौ कम्प्युटर अपरेटर नारायणप्रसाद बन्जाडेले भन्नुुभयो । पछिल्लो समय बाहिरी जिल्लाका २६ जनाले मतदाता परिचय पत्रमा नामावलीका लागि निबेदन दिएका छन् । त्यस्तै जिल्ला भित्र ठेगाना सार्ने  १ सय ७५ रहेका छन । जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्ला बाहिर ठेगाना सार्नेहरु भने १८ जना रहेका छन । त्यस्तै गल्ती सच्याएको संख्या २५ रहेको छ ।
    स्थानीय तहमा साउन १६ गतेबाट निवार्चनको मिती घोषणा नहुदाँसम्म नामाबली संकलन निवार्चन कार्यालयले गर्नेछ । साउन १६ गतेदेखी नै बाहिरी जिल्लाको मतदाताहरुको लागि पनि मतदाता नामाबलीमा नाम लेखाउने तयारी निवार्चन कार्यालय अर्घाखाँचीले गरेको छ । जिल्लाको सन्धिखर्क नगरपालिकाबाट अहिले मतदाता नामाबलीमा नाम संकलन गरिएता पनि अन्य स्थानीय तह भुमिकाथान, सितगंगा नगरपालिका, मालारानी, पाणिनी र छत्रदेव गाउँपालिकाका विभिन्न वडाहरुबाट नामाबलीमा नाम लेखाउँन सदरमुकाम आएका छन ।
    स्थानीय तहमै नाम लेखाउँन सजिलो हुन्थ्यो किन सदरमुकाम धाएको भनेर नामाबलीमा नाम लेखाउने मतदातासँग प्रतिक्रिया बुझदाँ बर्खामासको समय छ, पछि फुर्सद नहुन पनि सक्छ, त्यही भएर सदमुकाम धाएको हो मतदाताहरु भन्छन । जिल्लाको सवैभन्दा बिकट सितगंगा नगरपालिकाका विभिन्न वडाहरुबाट पनि मतदाता नामाबलीमा नाम लेखाउन आएका छन । सितगंगा नगरपालिकाको केन्द्र ठाडाँमा मतदाता संकलन गर्न गएपनि सितगंगा ८, ९ र १० सिद्धारा, १४ सिमलपानी र ६ जलुकेका मतदाताहरुलाई नाम लेखाउँन केन्द्र ठाडा आउन हिडेर ६ घण्टा लाग्छ ।
    नामाबलीमा नाम लेखाउन सदरमुकाम सन्धिखर्क १० अर्घा निवासी ७० वर्षिय तिला चुदाली पनि मतदाता नामाबलीमा नाम लेखाउँन ४ घण्टा पैदल हिडेर सन्धिखर्क आउनुभयो । २०७० सालमा मतदान गरेकी चुदाँलीको मतदाता परिचय पत्र हराएर स्थानीय तहको चुनावमा मतदान गर्न पाउनुुभएन, अहिले हिडेर नै नामाबलीमा नाम लेखाउन आए निवार्चन कार्यालय आए‘ उहाँले भन्नुभयो । उहाँ मतदाता नामाबलीमा नाम लेखाउन झण्डै २ घण्टा लाईनमा बस्नुभयो ।
    सन्धिखर्क नगरपालिका १० अर्घाका ६४ वर्षिय गोपाल बहादुर राना भाटले अहिलेसम्म मतदान गर्नुभएको छैन । उहाँ पहिले इन्डिया बस्नुभएको थियो, नेपाल आएर बस्न थालेको २ वर्ष भईसक्यो, स्थानीय तहको चुनावका लागि गाउँमा नै मतदाता नामाबलीमा नाम लेखाउन गएका रैछन, थाहा नै पाईन उहाँले भन्नुभयो । स्थानीय तहको निवार्चनमा मतदान गर्न नपाएपनि प्रदेश र केन्द्रीय सासंदको चुनावमा मतदान गरी राम्रो नेता चयन गर्ने इच्छा भई नाम लेखाउन आए उहाँले भन्नुभयो ।
सन्धिखर्क नगरपालिका १२ डिभर्नाका रामप्रसाद श्रेष्ठ स्थानीय तहको निर्वाचन पूर्व नै स्वदेश फर्कनुुभयो तर पनि मतदाता नामावलीमा नाम नहुँदा मतदान गर्नबाट बञ्चित हुनुुभयो । ‘अहिले भने समयमै आएर फोटो खिचाए, अबका निर्वाचनमा त पनि मतदान गर्न पाउने भए’ उहाँले भन्नुुभयो  । पाणिनि गाउँपालिका ७ अड्गुरीका कृष्णबहादुर परियार गाउँमै बसेर सिलाई गर्नुहुन्छ, तर उहाँको पनि मतदाता नामाबलीमा नाम छुटेछ, गाउँमा नै नामाबली संकलन गर्न गएका थिए, नामाबलीमा नाम छ होला भनेर ख्याल नै गरिन, नाम छुटेछ, स्थानीय तहमा मतदान गर्न पाईएन उहाँले भन्नुभयो । ‘अव प्रदेश र केन्द्रीय सासंदको चुनावमा मतदान गर्ने भनेर सदरमुकाममा नै मतदाता नामाबलीमा नाम लेखाउन धाएको छु’ उहाँले भन्नुभयो । अशक्त, हिड्न नसक्ने ट्याक्सी रिजर्भ गरेर नामाबलीमा नाम लेखाउन पनी आईरहेका छन ।
    नागरिकता बनेका १६ वर्ष देखी ८० वर्ष सम्मका नामाबलीमा नाम लेखाउँन आईरहेको जिल्ला निवार्चन कार्यालयका प्रमुख महेश पाण्डेले बताउनुभयो । यतिवेला मतदाता नामावलीमा नाम छुटेका तथा ठेगाना फरक परेकाले सञ्चाउन पाइन्छ । मृत्यु भैसकेको नामावलीपनि निर्वाचनमा रहेको भन्दै त्यसको पाइएमा जिल्ला निर्वाचन कार्यालयमा आइ त्यसलाई हटाउन सकिने निर्वाचन कार्यलयले जानकारी दिएको छ ।





, , ,

0 comments

तपाइको प्रतिक्रिया दिनुहोस