नमुना जिल्लामा यातायात सेवा पटक पटक अबरुद्ध

दिपेन्द्र श्रेष्ठ बुलन्द, छत्रदेब अर्घाखाँची लगातारको बर्षाका कारण वांग्ला मथुरामा फसेको जिपः तस्बिर बुलन्द
सबै गाविस तथा वडा वडामा मोटर बाटो पुगेको जिल्ला कुन ?
राष्ट्रव्यापी भैसकेको कुरा हो सबै सहजै भन्छन कि अर्घाखाँची हो भनेर । तर वर्षा र हिउँदमा नमुना जिल्लाकै अबस्था भने नाजुक बन्ने गरेको छ । अर्घाखाँचीका सबै टोलटोलमा मोटर बाटो पुगेको भएपनि बाटोको स्तरोन्नती नहुँदा जिल्लाबासीले निक्कै सास्ती पाउने गरेका छन् । साबिकका ४२ वटै गाविस तथा तीन गाऊपालिका तथा तीन नगरपालिकामा बाटोको सहज पहुँच भएपनि कच्ची बाटोका कारण जिल्लाबासीले समस्या खेप्दै आएका छन् । ग्रामीण क्षेत्रका सबै गाऊमा बाटो पुगेको भएपनि पानी परेपछि जिल्लाका अधिकांश कच्चीबाटोमा गाडी भने ठप्प हुने गरेका छन् । छत्रदेब गाऊपालिका अन्र्तगत पर्ने गुल्मी अर्घाखाँची जोड्ने मोटरबाटो लगातारको पानीका कारण यातायात सेवा अबरुद्ध भएको छ । केहि दिन यता लगातार परेको अबिरल बर्षाका कारण अर्घाखाँचीको छत्रदेब गाउपालिकाको मरेङ्ग, अर्घातोष, भगवती, ठुलापोखरा लगायतका सबै वार्डहरुको जनजीबन प्रभावित बनेको छ । बर्षाका कारण अर्घाखाँची सदरमुकामबाट ग्रामीण भेगका लागी छुट्ने लामो तथा छोटो दुरीका सवारी साधन छुट्न नसकेको देउराली यातायात व्यावसायी समितिका कर्मचारी चन्द्र थापाले जानाकारी दिनुभयो । लगातारको बर्षाको कारण ग्रामिण भेगका बाटोहरु पानीले खोलेर अत्यान्तै बिगारेको र पहिरो गएको कारण गाडी छुट्ने र पुग्ने समयको समेत कुनै निश्चित नरहने बताउनुहुन्छ । सवारीहरु चल्न नसकेपछि आफ्नो कामले अन्यत्र जाने र आउने आगन्तुकहरु समेत हिडेरै आफ्नो गन्तव्य स्थान सम्म पुग्न बाध्य बनेका छन । कतिपये छिटफुट गाडीहरू चलेतापनी यात्रीहरु दोब्बर भाडा तिरी जिपको छतमै समेत बसि जोखिम यात्रा गर्न बाध्य भएको पाइन्छ । बर्षाका कारण सवारी नचलेपछी ग्रामीण भेगहरुमा खाध्य बस्तुहरुमा समेत महङ्गी बढ्दै गएको छ । दिनहु काम गरेर जिबिको पार्जन गर्ने स्थानीय ज्यामीहरुको दैनिक कामकाज समेत ठप्प हुँदा झनै समस्या थपिने गरेको छ । बाटो पहिरोका कारण बाटो अबरुद्ध बनेपछि आपतकालीन बिरामीहरुलाई समेत उपचार का लागि जिल्ला सदरमुकाम सम्म पनि पु¥याउन नसकिने अबस्था रहेको स्थानीयहरु बताउन्छन् । ‘तिन दिन देखि बाबा बिरामी हुनुहुन्छ, थप उपचारका लागि काठमान्डौ लैजानु पर्ने तर बाटो अबरुद्ध भएका कारण रोकिएर बस्नु परेको छ’ छत्रदेब गाउपालिका वार्ड नं ७ तारुभतेराका महेश पाण्डेले भन्नुुभयो । हुन त यतिवेला यो समस्या छत्रदेब गाऊपालिकाको मात्र होइन । यो समस्या यतिवेला जिल्लाका सबै स्थानीय तहको साझा समस्याको रुपमा रहेको छ । लामो समय देखि बाटोको पूर्वाधारको विकास गर्दा जिल्लामा पुरानो बाटोको स्तरोन्नती भन्दा नयाँ ट्रयाकलाई प्राथमिकता दिदा झनै समस्या थपिने गरेको छ । जसमा अब भने त्यसलाई समाधान गर्न तर्फ सबै जनप्रतिनिधीको चासो जानुपर्ने देखिन्छ ।

, , ,

0 comments

तपाइको प्रतिक्रिया दिनुहोस