नविन केसी
अर्घाखाँची, २७ ज्येष्ठ
नेपाली कांग्रेस पाणिनी गाउँपालिकामा टिकट प्रक्रिया ,बिधि ,बिधान लाई मिचेर गाउँपालिकाको अध्यक्षको नाम टासिँयको भन्दै पार्टि भित्र चौतर्फि बिरोध भएको छ । टिकट बितरण प्रक्रिया नमिलेको भन्दै केही दिन पहिला जिल्लाको पूबि क्षेत्रमा ३ दशका भन्दा पनि लामोसमय नेपालि काग्रेसको राजनीति गरेका नेताहरु नेपाली कांग्रेसका पुर्व जिल्ला उपसभापती श्यामनाथ काश्यप, जिल्ला सदस्य रामप्रसाद घिमिरे, पुर्व क्षेत्रिय सभापतीहरु मणिराम पौडेल र रमेश खनालले साधारण सदस्य समेत नरहने गरि राजीनामा दिएका थिए ।

उनिहरुको राजीनामा पार्टिले स्वीकृत गरेको छैन राजिनामा स्वीकृत पनि नगर्ने हाम्रा माग पनि पूरा नगर्ने हो भने स्थानिय तहको निर्बाचनमा पाणिनि गाउँपालिकामा स्वतन्त्र रुपमा भए पनि उम्मेद्वारी रहन्छ भन्दै शुक्रबार पाणिनि गाउँपालिकाको चिबेकमा भेला गरेका छन । उक्त भेलमा रमेश खनालले भने “प्रकृया पुरा नै नगरिकन ढोका बाट आउनु पर्नेमा झ्याल बाट आएकाहरुलाई समर्थन गरेर चुनाबमा हिड्न सकिदैन पार्टिमा अन्याँय भए पछि अदालत जाने भनेको जनता माझ जाने जनतानै न्याधिस हुन त्यसैले जनताको सुझाब अनुसार स्वतन्त्र रुपमा भए पनि हामी चार जना मध्ये एक जनाको उम्मेद्वारी हुन्छ ” ।

भेलामा पार्टिलाई टिकट बितरणमा भुगोलका आधारमा समेत सन्तुलिन कायम गरेर टिकट बितरण गर्न सुझाब दिदि पनि नमानेको बताएका छन । नेता श्यामनाथ काश्यपले भने “हामिले टिकट बितरण गर्दा बिभिन्न बिकल्पहरु पेश गरेका थियौ ति बिकल्पहरु बारे छलफलनै नगरि मनोमानी तवरले तानाशाहि रुपमा नाम टास्ने काम भएको छ यसले काग्रेसलाई सिद्याउने अदृश्यय खेल भएको समेत बताए हामी चार जना आंकाक्षी मध्ये जो कसैलाई टिकट दिए पनि हामी राजी थियौ तर यो बिषयमा छलफलनै नगरि पार्टि सभापति आफनै तरिकाले चलनु भएको छ ,नेपालि काग्रेसको राजनिति गर्ने भाबि पुस्ताहरुलाई समेत यस्ता पार्टी भित्र मैलाउदै गएका बिकृतिहरुलाई हटाउन हामी जस्तो सुकै कढोर निर्णय गर्न तयार छौ पार्टि मिलाउने हो भने पालिकाको अध्यक्ष फिर्ता गरि नयाँ तवरले छलफल गर्न सकिन्छ होईन भने स्वतन्त्र उम्मेद्वार बनाउने र जनताको घर दैलोमा पुग्दछौ” ।

बिबादलाई मिलाउनको सट्टा पार्टि नेतृत्व नभएका गलत भम्र फैलाउदै हिडेको समेत उनिहरुले आरोप लगाएका छन । पूर्ब क्षेत्रयि अध्यक्ष मणिराम पौडेलले भने “पार्टि सभापतिले मलाई वडा अध्यक्षको टिकट दिई कुरा सबै मिलो भन्दै गलत भ्रम छर्दै हिड्नु भएछ म आश्चर्यमा परे कुनै समझौता भएको छैन नियम संगत उम्मेद्वार छनौट गर्नु पर्दछ ” । समयमानै निर्णयको तत्काल पुनःबिचार नगरे वडा देखी पालिका सम्म स्वतन्त्र रुपमा उम्मेद्वारी घोषणा गर्ने काग्रेस नेता रामप्रसाद घिमिरेले बताए ।
0 comments
तपाइको प्रतिक्रिया दिनुहोस