भूमिका स्थानमा एमाले प्रवेश गर्नेको ओइरो, कांग्रेस माओबादीका सायौँ कार्यकर्ता एमालेमा प्रवेश
सागर परियार
बुलन्द, १४ जेठ, अर्घाखाँची

स्थानीय तहको दोस्रो चरणको निर्वाचनको मिति नजिकिए सँगै यतिवेला जिल्लामा सबै राजनीतिक दल कार्यकर्ता भेटघाट तथा चुनाबी सभामा केन्द्रित भएका छन् । सधैजसो राजनीतिक दलले जिल्लाका टोल टोलमा पुगी कार्यकर्तालाई आफ्नो पक्षमा ल्याउने दौड धुपमा लाग्दै आएका छन् । सोही सन्दर्भमा नेकपा एमाले भूमिकास्थान नगरकमिटिको आयोजनामा भूमिकास्थान नगरपालिका ९ ठुलो डेबामा चुनाबी सभा सम्पन्न गरेको छ । सोही सभामा नेपाली कांग्रेस र माओबादी केन्द्र परित्याग गरि झण्डै दुई सयको संख्यामा नेकपा एमालेमा प्रवेश गरेका छन् । गोबिन्द प्रसाद भुसाल, तारा नेपाली, लक्ष्मण नेपाली, दमन्ती नेपाली, सीता नेपाली, गीता नेपाली, रामु बिक लगायतका सायाँैको संख्यामा नेकपा एमालेका प्रवेश गरेका हुन् ।

चुनाबी सभा तथा पार्टी प्रवेश गराउने कार्यक्रममा नेकपा एमालेका भूमिकास्थान नगरपालिका मेयरका प्रत्यासी पिताम्बर भुसालले नमुना नगरको गुरुयोजना निर्माण गरि आफ्नो लक्ष्य पुरा गर्ने बताउनुभएको छ । पूर्व जिविस सभापति समेत रहेको नेता भुसालले प्राकृतिक, ऐतिहासिक, धार्मिक र पुरातात्विक दृष्टिकोणबाट मनोरम रहेको भूमिकास्थानलाई पर्यटकिय स्थलको रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नगरक्षेत्रमा युवाहरुको बेरोजगारीको अन्त्य गर्न बिभिन्न श्रृजनात्मक कार्यहरुको सुरुवात गर्ने उल्लेख गर्दै नेता भुसालले नगरपालिकामा हरियो वन भूमिकास्थान नगरपालिको धन तथा कृषि पकेट क्षेत्रको निर्धारण गरी अत्याधुनिक कृषि प्रणालीको विकास गर्ने बताउनुभयो । उहाँले भूकिास्थान नगरपालिकामा नेकपा एमालेको जित सुनिश्चत भैसकेको भन्दै टोलका कुना कुनामा कार्यकर्तालाई पुग्न आग्रह गर्नुभयो । उहाँले नेकपा एमालेको राष्ट्रियताको कारण पहिलो चरणको स्थानीय चरणको निर्वाचनमा पहिलो पार्टी बनेको भन्दै दोस्रो चरणको निर्वाचनमा समेत एमाले पहिलो बन्ने दाबी गर्नुभयो ।

उपमेयरका प्रत्यासी सुनिता बेल्बासेले नेकपा एमालेलाई नगरपालिकाको सबै तहमा बिजयी गराउने गरी लाग्न कार्यकर्तालाई आग्रह गर्नुभयो । कार्यक्रममा नेकपा एमाले पाँच नम्बर प्रदेश कमिटि सदस्य पबित्रा पौडेलले मुलुकको समम्बृद्धिको निम्ती एमालेलाई बिजयी बनाउनुपर्ने बताउनुभयो । नेकपा एमाले जिल्ला कमिटि उपसचिव प्रेमनारायण गैरेले बिगतमा झुटो आश्वसन दिएर बिभिन्न पार्टीमा प्रवेश गराएको भन्दै ति पार्टी प्रतिको विश्वास खस्किसकेको समस्यको प्रमाणित गरेको दाबी गर्नुभयो । कार्यक्रममा ९ नम्बर वडा अध्यक्षका उमेद्वार नारायण खनाल, नगरकमिटि सदस्य हृदय कुमार भुसाल लगायतले मन्तब्य राख्दै एमालेनै समयको माग गरेको बताउनुभएको थियो । कार्यक्रम अनेरास्वबियु पाणिनि क्याम्पस बहुमुखी क्याम्पस कमिटि सहसंयोजक तथा स्वबियु सदस्य सागर परियारको स्वागत मन्तब्य, नगरकमिटि सदस्य रुद्रबीर थापाको सञ्चालन र मोती भट्टराइको सञ्चालनमा सम्पन्न भएको थियो । भूमिका स्थानमा नेकपा एमाले मेयरका प्रत्यासी भुसाल पूर्व जिबिस सभापति समेत रहनुभएको छ । भुसालको समग्र जिल्लामै राम्रो प्रभाव रहेको छ ।
0 comments
तपाइको प्रतिक्रिया दिनुहोस