बुलन्द राष्ट्रिय साप्ताहिकको फाल्गुण २२ गतेको अंक

बुलन्द राष्ट्रिय साप्ताहिकको फाल्गुण २२ गतेको अंक


छारे रोग लागेका २९ बर्षिय बिष्णु
 १५ बर्ष देखि दाम्लोमा
कमला पोख्रेल
बुलन्द, अर्घाखाँची
अर्घाखाँचीको हंसपुर निवासी २९ बर्षिय विष्णु बहादुर थापा क्षेत्रीलाई दाम्लोले बाधेर राख्ने गरेको १५ बर्ष पुगेको छ । हंसपुर ४, मेहेलपानी, लम्धारा निवासी थापा सानै देखी मिर्गी (छारे) रोग लागि बेला बेलामा बेहोस हुने  र अचेत हुने गर्थे । मिर्गीको समयमै उपचार नपाई मानसिक असन्तुलन भएको तथा बेला बेलामा छिमेकीहरुलाई दुःख दिने, गाई बस्तु फुकाईदिने, कपडाहरु नै काट्ने, च्यात्ने जस्ता कारणले बाँधेर राख्ने गरेको स्थानीय  कमल थापाले बताउनुुभयो ।


कक्षा ८ पढ्दा पढ्दै आर्थिक अभावको कारण किताव कापी किन्न नसक्दा पढाई छाडेका उनलाई उपचार गर्नका लागि आर्थिक अवस्था कमजोर तथा अशिक्षाको कारण उपचार गर्नुको सट्टा सुरु सुरुमा साङ्गलोले बाँधेको र हाल डोरीले  खुट्टा बाँधेर राखिएको छ । २४ सै घण्टा बाँधेर राख्न लागेको पनि करिव १५ वर्ष पुगेकोे छ । उनका दिदीहरुको पहिले नै बिहे भएको र दाईहरु पनि छुट्टीएर बसेकाले उनलाई कसैले वास्ता गर्दैनन । उनलाई स्याहार सुसार गर्दै आएका बृद्ध बुवाको पनि गत असोजमा मृत्यु भयो ।


७२ वर्षीय आमाले हाल खुवाउने, चुठाउने, दिसा पिसाव गराउने गरेको स्थानीय एलबी थापाले बताउनुुभयो । उनीहरुको आय श्रोत भन्नु नै आमाको वृद्धा भत्ता रहेको छ । उनको अहिले बिचल्ली रहेको छ । उनले विस्तारामै दिसा पिसाव गर्छन ।  सरसफाईको अभावले फोहोर भई उनी दुर्गन्धीत बनेर मानिस नजिक जान पनि नसक्ने अबस्था छ । दाम्लोले हात खुट्टा बाँधेर राखेको साथै रातमा पनि घरको दलानमा मान्द्रोले बारेर सुताउने गरेको अवस्था छ ।  दाम्लोले बाँध्दा हातमा घाऊँ नै घाऊँ भएका छन  ।



लामो समयसम्म हात पछाडी लगि बाँधेर राखेकोले हात माथी लैजान पनि सक्दैनन् । समय समयमा  असल व्यवहार पनि देखाउनाले उपचार गरे केही हदसम्म निको हुने आमाको आशा रहेको छ ।, तर उपचारको लागि आर्थिक समस्या छ । कसैले सहयोग गरे उपचार गर्न सकेमा उनको रोग निको हुने उनको आमा तथा छिमेकीको विश्वास रहेको छ । आमा आफैं बृद्ध भएको तथा स्याहार गर्न कठीन भएकोले पालन पोषणको लागि आर्थिक सहयोग तथा कुनै संघ संस्थाले लगेर पालन पोषण गरिदिएमा उनको कल्याण हुने उनका छिमेकी एलबी थापाले बताउनुुभयो ।



बुलन्द राष्ट्रिय साप्ताहिकको फाल्गुण २२ गतेको अंक










तपाइलाई बुलन्द राष्ट्रिय साप्ताहिक कस्तो लाग्यो कृपया सुझाव सल्लाह अनि प्रतिकृया हामीलाई पठाउनुुहोला । 
9857063762
Bulandanews@gmail.com

, ,

0 comments

तपाइको प्रतिक्रिया दिनुहोस