बुलन्द राष्ट्रिय साप्ताहिकको फागुन ८ गतेको अंक
बसन्त श्रेष्ठ ‘छापेली’
बुलन्द, अर्घाखाँची
नेपाल पत्रकार महासंघ अर्घाखाँचीको छैठौं जिल्ला अधिबेशन सम्पन्न भएको छ । अधिवेशनले निवर्चमान उपाध्यक्ष हिमबहादुर जिसी लेकालीलाई सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित गरेको छ । विहिबार मध्यरात सम्म चलेको बन्द सत्रले जिल्लाका सबै राजनीतिक दलहरुको सहमतीमा प्रेस चौतारीको तर्फबाट हिम बहादुर जि.सी. लेकालीलाई अध्यक्ष पदमा चयन गरेको हो । १५ सदस्यीय पत्रकार महासंघ अर्घाखाँचीको उपाध्यक्षमा गणेश खनाल, महिला उपाध्यक्षमा भगवता पाण्डे, सचिवमा सूर्य प्रसाद भुसाल, सह सचिवमा बिष्णु ढुङ्गाना, समावेशी सहसचिवमा अनिल नेपाली र कोषाध्यक्षमा बिनोद गैरे निर्वाचित हुनुभएको निर्वाचन मण्डलले जनाएको छ ।
जसको सदस्यमा शान्ता खाशु मगर, बाबुराम रसाइली, बसन्त श्रेष्ठ, अशोक पौडेल, अर्जुन भुसाल, गोपाल भट्टराई, नविन पन्थी र सुदन खड्का रहनुभएको छ । जिल्ला अधिबेशनले केन्द्रिय सभासदमा १३ जना र प्रदेश सभासदमा १८ जनालाई निर्वाचित गरेको छ । फागुन ३ र ४ गते चलेको छैठौं जिल्ला अधिबेशनको बन्द शत्र सहमती हुन नसक्दा कयौ पटक स्थगित भएको थियो । बुधवार बिहान बाम गठबन्धन बनेपछि नेपाल पत्रकार महासंघ अर्घाखाँचीको छैठौं जिल्ला अधिबेशनको बन्द शत्रबाट नेपाली कांग्रेस निकट नेपाल प्रेस युनियन बाहिरिएको थियो । दलिय सहमती अनुसार अध्यक्षमा प्रेश चौतारी, उपाध्यक्षमा प्रेश सेन्टर, सचिबमा प्रेश युनियन, कोषाध्यक्ष प्रगतिशील पत्रकार संघलाई दिइएको छ ।
अधिवेशनले १३ प्रदेश पार्सद र १८ केन्दीय पार्सद समेत निर्वाचित गरेको छ । पाँच नम्बर प्रदेश पार्सदमा मेहर सिंह केसी, नेत्रप्रसाद मरासिनी, रुद्रमणि भुसाल, लक्ष्मण घिमिरे, सबिता आचार्य, पिताम्बर पोख्रेल, नबीन खत्री, कमल बिष्ट, बिष्णु मल्ल ठकुरी रहनुभएको छ । यस्तै प्रदेश पार्सदमै इन्द्रमणि भुसाल, सिर्जना बिक, पवन आचार्य, रमेश बिक, माधव बेल्बासे, बसन्त बिक, घनश्याम पौडेल, असोक चौहान, अशोक चौहान, बिजय दमासे लगायतका रहनुभएको छ । केन्द्रीय पार्सदमा बिष्णुप्रसाद भुसाल, निमबहादुर रिजाल, शोभाखर पन्थी, प्रेमनारायण आचार्य, बीरेन्द्र केसी, अशोक खनाल, ऋषिराम भुसाल, श्यामप्रसाद घिमिरे, जितेन्द्र खत्री, पार्वता श्रेष्ठ, तारा खड्का, बिष्णु कुमार आले र कुलराज बञ्जाडे निर्वाचित हुनुभएको हो ।
यसअघि महासंघ अर्घाखाँचीको नयाँ नेतृत्वको लागि प्रेस युनियनको तर्फबाट सूर्य भुसाल, प्रगतिशील पत्रकार संघको तर्फबाट टेक बहादुर थापा, प्रेस चौतारीको तर्फबाट हिम बहादुर जि.सी.लेकाली र प्रेस सेन्टरको तर्फबाट अशोक खनाल गरी चार जनाले अध्यक्षमा दाबी गरेका थिए । ६ वर्ष अर्थात दुई कार्यकाल नेतृत्व गरेर शोभाखर पन्थी नेपाल पत्रकार महासंघ अर्घाखाँचीबाट बाहिरिएका छन् । स्वतन्त्र पत्रकार संघका अध्यक्ष हरि भुसालले भने दलिय बाडफाँड भएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ ।
छैठौँ अधिवेशनको ने.क.पा.माओवादी केन्द्रका नेता तथा पूर्व उपप्रधान तथा उर्जा मन्त्री टोप बहादुर रायमाझीले उद्घाटन गर्नुभएको थियो । कार्यक्रमको उद्घाटन गर्दै रायमाझीले राज्यको चौथो अंङ्ग पत्रकारीता जगतको भूमिका राज्य निर्माणमा महत्वूर्ण रहने बताउनुभयो । उहाँले देशको राष्ट्रिय राजनीति तरलताको खाडलमा फसेको भन्दै यसको निकासको निम्ति सबै मिलेर अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले नेपालको हरेक परिवर्तनको निम्ति सञ्चार जगतको मुख्य हात रहेको बताउँदै संविधान कार्यान्वयनको निम्ति पनि पत्रकारहरुले सकारात्मक भूमिका खेल्नुपर्नेमा जोड दिनुभएको छ । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य झलक गैरेले पत्रकारहरु एक भएर अगाडि बढे जस्तो सुकै सञ्चार जगतको समस्या समाधान गर्न सकिने बताउनुभयो ।
कार्यक्रममा जिल्ला न्यायधीश केशव प्रसाद बास्तोला, निमित्त प्रमुख जिल्ला अधिकारी शंकर भुसाल, स्थानीय विकास अधिकारी प्रदीप पौडेल, नेपाली कांङ्ग्रेसका जिल्ला सभापति बिष्णु खनाल मुस्कान, एमाले सचीव राम बहादुर चौहान, माओवादी केन्द्रका जिल्ला सम्योजक ठाकुर बि.क ‘किशोर’, राष्ट्रिय जनमोर्चाका क्षेत्रीय उपाध्यक्ष शेर बहादुर बि.सी., राप्रपाका दिपक कुवँर, माओवादी बिप्लबका जिल्ला सदस्य खिम घर्ती, नयाँ शक्ति नेपालकी नेत्री यमुना भुसाल, नेपाल परिवार दलका अध्यक्ष डिल्लीराज भुसाल, अर्घाखाँची उद्योग बाणिज्य संघका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, अन्तर पार्टी महिला सञ्जालकी अध्यक्ष शुसिला गैरे, पत्रकार महासंघ अर्घाखाँचीका सस्थापक अध्यक्ष बिष्णु प्रसाद भुसाल र निवर्तमान अध्यक्ष निम बहादुर रिजालले शुभकामना मन्तव्य राख्दै पत्रकार राष्ट्रको सिमा बचाउने देखी उत्पिडनमा परेका जनताको पक्षमा काम गर्ने बर्दी बिनाको देशको सुरक्षाकर्मी भएकोले सोही अनुसार जिम्मेवार भएर काम गर्नुपर्नेमा जोड दिनुभएको थियोे । हाल महासंघ अर्घाखाँचीमा एक सय चौतिस सदस्य रहेका छन् । कार्यक्रम पत्रकार महासंघका अध्यक्ष शोभाखर पन्थिको अध्यक्षता, उपाध्यक्ष हिम बहादुर जि.सी. लेकालीको स्वागत मन्तव्य र सचिव प्रेम आचार्यको सन्चालनमा सम्पन्न भएको थियो । बसन्त श्रेष्ठ ‘छापेली’
बुलन्द, अर्घाखाँची
नेपाल पत्रकार महासंघको छैठाँै जिल्ला अधिवेशनको उद्घाटन गर्दे पूर्व उपप्रधान तथा उर्जा मन्त्री टोपबहादुर रायमाझी
नेपाल पत्रकार महासंघ अर्घाखाँचीको छैठौं जिल्ला अधिबेशन सम्पन्न भएको छ । अधिवेशनले निवर्चमान उपाध्यक्ष हिमबहादुर जिसी लेकालीलाई सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित गरेको छ । विहिबार मध्यरात सम्म चलेको बन्द सत्रले जिल्लाका सबै राजनीतिक दलहरुको सहमतीमा प्रेस चौतारीको तर्फबाट हिम बहादुर जि.सी. लेकालीलाई अध्यक्ष पदमा चयन गरेको हो । १५ सदस्यीय पत्रकार महासंघ अर्घाखाँचीको उपाध्यक्षमा गणेश खनाल, महिला उपाध्यक्षमा भगवता पाण्डे, सचिवमा सूर्य प्रसाद भुसाल, सह सचिवमा बिष्णु ढुङ्गाना, समावेशी सहसचिवमा अनिल नेपाली र कोषाध्यक्षमा बिनोद गैरे निर्वाचित हुनुभएको निर्वाचन मण्डलले जनाएको छ ।
जसको सदस्यमा शान्ता खाशु मगर, बाबुराम रसाइली, बसन्त श्रेष्ठ, अशोक पौडेल, अर्जुन भुसाल, गोपाल भट्टराई, नविन पन्थी र सुदन खड्का रहनुभएको छ । जिल्ला अधिबेशनले केन्द्रिय सभासदमा १३ जना र प्रदेश सभासदमा १८ जनालाई निर्वाचित गरेको छ । फागुन ३ र ४ गते चलेको छैठौं जिल्ला अधिबेशनको बन्द शत्र सहमती हुन नसक्दा कयौ पटक स्थगित भएको थियो । बुधवार बिहान बाम गठबन्धन बनेपछि नेपाल पत्रकार महासंघ अर्घाखाँचीको छैठौं जिल्ला अधिबेशनको बन्द शत्रबाट नेपाली कांग्रेस निकट नेपाल प्रेस युनियन बाहिरिएको थियो । दलिय सहमती अनुसार अध्यक्षमा प्रेश चौतारी, उपाध्यक्षमा प्रेश सेन्टर, सचिबमा प्रेश युनियन, कोषाध्यक्ष प्रगतिशील पत्रकार संघलाई दिइएको छ ।
अधिवेशनले १३ प्रदेश पार्सद र १८ केन्दीय पार्सद समेत निर्वाचित गरेको छ । पाँच नम्बर प्रदेश पार्सदमा मेहर सिंह केसी, नेत्रप्रसाद मरासिनी, रुद्रमणि भुसाल, लक्ष्मण घिमिरे, सबिता आचार्य, पिताम्बर पोख्रेल, नबीन खत्री, कमल बिष्ट, बिष्णु मल्ल ठकुरी रहनुभएको छ । यस्तै प्रदेश पार्सदमै इन्द्रमणि भुसाल, सिर्जना बिक, पवन आचार्य, रमेश बिक, माधव बेल्बासे, बसन्त बिक, घनश्याम पौडेल, असोक चौहान, अशोक चौहान, बिजय दमासे लगायतका रहनुभएको छ । केन्द्रीय पार्सदमा बिष्णुप्रसाद भुसाल, निमबहादुर रिजाल, शोभाखर पन्थी, प्रेमनारायण आचार्य, बीरेन्द्र केसी, अशोक खनाल, ऋषिराम भुसाल, श्यामप्रसाद घिमिरे, जितेन्द्र खत्री, पार्वता श्रेष्ठ, तारा खड्का, बिष्णु कुमार आले र कुलराज बञ्जाडे निर्वाचित हुनुभएको हो ।
यसअघि महासंघ अर्घाखाँचीको नयाँ नेतृत्वको लागि प्रेस युनियनको तर्फबाट सूर्य भुसाल, प्रगतिशील पत्रकार संघको तर्फबाट टेक बहादुर थापा, प्रेस चौतारीको तर्फबाट हिम बहादुर जि.सी.लेकाली र प्रेस सेन्टरको तर्फबाट अशोक खनाल गरी चार जनाले अध्यक्षमा दाबी गरेका थिए । ६ वर्ष अर्थात दुई कार्यकाल नेतृत्व गरेर शोभाखर पन्थी नेपाल पत्रकार महासंघ अर्घाखाँचीबाट बाहिरिएका छन् । स्वतन्त्र पत्रकार संघका अध्यक्ष हरि भुसालले भने दलिय बाडफाँड भएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ ।
छैठौँ अधिवेशनको ने.क.पा.माओवादी केन्द्रका नेता तथा पूर्व उपप्रधान तथा उर्जा मन्त्री टोप बहादुर रायमाझीले उद्घाटन गर्नुभएको थियो । कार्यक्रमको उद्घाटन गर्दै रायमाझीले राज्यको चौथो अंङ्ग पत्रकारीता जगतको भूमिका राज्य निर्माणमा महत्वूर्ण रहने बताउनुभयो । उहाँले देशको राष्ट्रिय राजनीति तरलताको खाडलमा फसेको भन्दै यसको निकासको निम्ति सबै मिलेर अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले नेपालको हरेक परिवर्तनको निम्ति सञ्चार जगतको मुख्य हात रहेको बताउँदै संविधान कार्यान्वयनको निम्ति पनि पत्रकारहरुले सकारात्मक भूमिका खेल्नुपर्नेमा जोड दिनुभएको छ । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य झलक गैरेले पत्रकारहरु एक भएर अगाडि बढे जस्तो सुकै सञ्चार जगतको समस्या समाधान गर्न सकिने बताउनुभयो ।
कार्यक्रममा जिल्ला न्यायधीश केशव प्रसाद बास्तोला, निमित्त प्रमुख जिल्ला अधिकारी शंकर भुसाल, स्थानीय विकास अधिकारी प्रदीप पौडेल, नेपाली कांङ्ग्रेसका जिल्ला सभापति बिष्णु खनाल मुस्कान, एमाले सचीव राम बहादुर चौहान, माओवादी केन्द्रका जिल्ला सम्योजक ठाकुर बि.क ‘किशोर’, राष्ट्रिय जनमोर्चाका क्षेत्रीय उपाध्यक्ष शेर बहादुर बि.सी., राप्रपाका दिपक कुवँर, माओवादी बिप्लबका जिल्ला सदस्य खिम घर्ती, नयाँ शक्ति नेपालकी नेत्री यमुना भुसाल, नेपाल परिवार दलका अध्यक्ष डिल्लीराज भुसाल, अर्घाखाँची उद्योग बाणिज्य संघका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, अन्तर पार्टी महिला सञ्जालकी अध्यक्ष शुसिला गैरे, पत्रकार महासंघ अर्घाखाँचीका सस्थापक अध्यक्ष बिष्णु प्रसाद भुसाल र निवर्तमान अध्यक्ष निम बहादुर रिजालले शुभकामना मन्तव्य राख्दै पत्रकार राष्ट्रको सिमा बचाउने देखी उत्पिडनमा परेका जनताको पक्षमा काम गर्ने बर्दी बिनाको देशको सुरक्षाकर्मी भएकोले सोही अनुसार जिम्मेवार भएर काम गर्नुपर्नेमा जोड दिनुभएको थियोे । हाल महासंघ अर्घाखाँचीमा एक सय चौतिस सदस्य रहेका छन् । कार्यक्रम पत्रकार महासंघका अध्यक्ष शोभाखर पन्थिको अध्यक्षता, उपाध्यक्ष हिम बहादुर जि.सी. लेकालीको स्वागत मन्तव्य र सचिव प्रेम आचार्यको सन्चालनमा सम्पन्न भएको थियो ।

0 comments
तपाइको प्रतिक्रिया दिनुहोस