बुलन्द राष्ट्रिय साप्ताहिकको फाल्गुण २९ गतेको अंक
बुलन्द राष्ट्रिय साप्ताहिकको फाल्गुण २९ गतेको अंक
सर्भे भएको २५ बर्ष सम्म परियोजना को काम सुरु हुन सकेन
भोट माग्ने थलो बन्यो नौमुरे
कमला पोख्रेल
बुलन्द, अर्घाखाँची
बिश्वकै जलश्रोतको दोस्रो धनी देश नेपाल हो । यहाँको जलवाट विद्युत निकालेर विद्युत बेचेर पनि करोडौँ रुपिया आम्दानी गर्न सकिन्छ । तर यहाँ बिजुली बाहिर बेच्न त परै जाओस नेपालका बासिन्दाले पनि दैनिक १० घण्टा लोड सेडिंग ब्योहोर्नु परेको छ । देशको राजनीतिक अस्थिरता र सक्रमण कालको बाहनामा नेपालका प्रमुख तथा सरोकारवाला निकाय उम्किन खोज्दैछन् । बर्षौ देखि निर्माण गर्ने भनेका जल बिद्युत परियोजना बेबारिसे र अलपत्र परेका छन् । सत्ता कव्जा गर्न र जनतालाई झुक्काएर भोट मागि जित हासिल गर्न सबै पाटी लागे पनि विकास निर्माणमा त्यति ध्यान दिएका छैनन् । त्यसको ज्ज्वलन्त एउटा उदाहरण बनेको छ । ‘अर्घाखाँचीको नौ मुरे जलबिद्युत परियोजना ।’
तीन महिना लामो समय खर्चेर २०४५ सालमा सर्भे भएको अर्घाखाँचीमा पर्ने नेपालकै नमुना नौ मुरे जलबिद्युत परियोजना हालसम्म पनि सञ्चालनमा आउन नसक्दा परियोजना वेवारिसे बनेको छ । नेताहरुले चुनावी समयमा नौमुरे जल विद्युत् परियोजना सञ्चालन गरी जिल्लाभरी विद्युत् बिस्तार गर्ने खोक्रो भाषण जनतालाई दिएर परियोजनालाई नेताहरुले आफ्नो राजनीति गर्ने थलो बनाउ“दै आएका छन् । २५ वर्ष अघि सर्भे भएको अर्घाखा“ँची जिल्लामा पर्ने नौमुरे जल विद्युत् परियोजनाको काम अझै सम्म सुचारु हुन सकेको छैन ।
उक्त परियोजनामा ९० मिटरको ड्याम्प बाँधेर २ सय ४५ मेगावाट विद्युुत् उत्पादन गर्न सकिने भएको यो जल विद्युत् परियोजना जैविक विविधता पर्यावरण र पर्यटनको हिसाबले नेपालकै नमुना जल विद्युत् परियोजना अन्तर्गत पर्दछ तर नेपालकै नमुना नौमुरे परियोजनालाई सञ्चालन गर्न कसैले चासो दिएको पाईदैन । अर्घाखा“चीको जलुके २ मा पर्ने सो परियोजनाबाट सुख्खायाम वा वर्षायाम जुनसुकै मौसममा पनि एउटै परिणामको विद्युत् उत्पादन हुन सक्ने नेपालको पहिलो जल विद्युत् परियोजना हुने विज्ञहरुको भनाइ छ । राष्ट्रिय योजना अन्तर्गत पर्ने परियोजना सञ्चालनमा ल्याउन धेरै प्रयास भइरहे तापनि अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन् ।
एमालेका तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको नौ महिने कार्यकालमा राष्ट्रिय योजना अन्तर्गत परियोजनालाई अगाडि सारिए तापनि अल्पमत सरकारको कारण कार्यान्वयन पक्ष भने फितलो रहेका थियो । भूतपूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीको रुपमा भारत भ्रमणमा गएका बेला परियोजनालाई भारतले उपहार स्वरुप निर्माण गरिदिने सहमति भएको थियो तर दुई देशबीच भएको सहमति कार्यान्वयन पक्ष फितलो हु“दा कागजमा मात्र सीमित रहन पुगेको थियो । २५ वर्षअघि ३ महिना १० दिन लामो अध्ययन गरेको विशेषज्ञ सहितको टोलीले २ सय ४५ मेगावाट विद्युत् निकाल्न सकिने प्रतिवेदन तयार पारेको थियो । जिल्लाको अधिकांश गाविसमा विद्युत् नहु“दा त्यस क्षेत्रका जनताले अहिले पनि टुकी र सल्लाको दियालो बालेर आफ्नो दैनिकी गुजारा टार्दै आएका छन् ।
उक्त परियोजना सञ्चालनमा ल्याउन नेपाल सरकारलाई टाढाको विषय बन्यो तर परियोजनाको नाम पनि यतिबेला ओझेलमा परेको स्थानीयबासी बताउ“छन् । राजनीतिक दलका नेताहरु देशभक्त नभएर आफ्नो सत्ता प्राप्तिको भावनामा केन्द्रित भएर जीउ ज्यान दिएपछि विकास निर्माणका काम ठप्प हदै आएको उद्योग वाणिज्य संघ अर्घाखाँचकिा महासचिब नेत्रप्रसाद भुसालले बताउनुुभयो । जुनसुकै पार्टीको नेतृत्वमा सरकार बने पनि आखिर देश विकास गर्नु नै छ, त्यसैले २५ वर्षदेखि ओझेलमा पर्दै आएको उक्त नौमुरे परियोजना सरकारले सञ्चालनमा ल्याएमा अर्घाखाची, प्यूठान, पाल्पा, गुल्मी, कपिलवस्तु, दाङ्ग लगायतका जिल्लाका जनता लाभान्वित हुने थिए ।








0 comments
तपाइको प्रतिक्रिया दिनुहोस