बुलन्द राष्ट्रिय साप्ताहिकको चैत्र १३ गतेको अंक
बुलन्द राष्ट्रिय साप्ताहिकको चैत्र १३ गतेको अंक
टेलिकमले साथ नदिएको बस्तीमा हेफर र प्राँगले साथ दिएपछि
जीवन आयमुलक बन्दै
बसन्त श्रेष्ठ ‘छापेली’
बुलन्द, अर्घाखाँची
‘जीवन जिउन कला चाहिन्छ ।, प्राय अधिकांशले भन्ने वाक्यांश हो यो । नेपालमा त्यही कला र चेतनाको अभावका कारण बेरोजगारीको समस्या दिन दुुई गुुना र रात चौगुुना बड्दै गएको छ । तर जिल्लाको बिकट बस्तीको रुपमा परिचित हालको सितगङ्गा नगरपालिका साबिक सिद्धारा गाविसका बिभिन्न बस्तिीमा भने यतिवेला जीबिको पार्जनको गतिलो माध्यम हेफर र प्राग बनेका छन् । केही वर्षदेखि हेफरको सहयोगमा प्रकाश सचेतन समुुह प्राँगले सञ्चालन गरेको बिभिन्न अभियानबाट सिद्धारा गाविसका १, ३, ५, ६, ८ लगायतका बिभिन्न वडामा यतिवेला जिविको पार्जन गर्न सघाऊ पुुग्ने गरेको छ । ‘हामी त यस्तो बिकट वस्तीमा छौँ, सिद्धारा ६ दोबाटोकी कर्मथुुरा रोकाले भन्नुुभयो, ‘अहिले हेफर र प्राग भन्ने संस्थाले हामीलाई बाख्रा र घासको बिऊ दिएपछि यि नै हाम्रा आम्दानीको श्रोत बनेको छन् ।’ रोकाले आफुुहरु टुुकी मुुनिको अध्यारो जस्तै भएको भन्दै नजिकबाट बिद्युुत लगिएको भएपनि आफुुुहरु बिद्युुत सेवा उपभोग गर्नबाट भने हाल सम्म बञ्चित भएको गुुनासो पोख्नुुभयो ।
गुुनासो सोही ठाऊकी गिता वलीको पनि उस्तै छ । गाऊमा बाख्रा पालन गरेर बसेकी वलीले अहिले भने बाख्रा पालनबाट केही आर्थिक आम्दानी समेत लिन थाल्नुुभएको छ । ‘केही वर्ष अगाडि सम्म बाख्रालाई पालन पोषण नगरेनी हुुन्छ ।, औषधी उपचार त मानिसलाई हो, पशुुपंक्षीलाई होइन ।’ भन्ने सोची गिता वलीलाई अहिले भने पश्चाताप लाग्न थालेको छ । प्रकाश सचेतन समुुहले हेफर इन्टरनेश्नल नेपालको सहयोगमा बाख्रा उपहार कार्यक्रम र प्राबिधिक सहयोग उपलब्ध गराएपछि उहाँले अहिले केही समय अगाडि नै यस्तो ज्ञान भए आज सम्म आफ्नो जीवन अझ माथि पुुगी सकेको हुुने बताउनुुहुन्छ । वलीले अहिले बाख्रालाई आधुुनिक खोरमा राखेर घरमै पालन पोषण गर्दै आउनुुभएको छ ।
प्रागले सञ्चालन गरेको अभियानले सिद्धाराबासीहरु अहिले आय आर्जन गर्न सुुरु गरेका छन् । हेफरले दिएको आधारशिला तालिम तथा बिभिन्न तालिमबाट उनीहरु आफ्ना अभिव्यक्ति सहज रुपमा बताउन सक्ने समेत भएका छन् । सुुरुमा कसैसँग सिधा फर्केर बोल्न समेत अप्ठेरो मान्ने सिद्धाराका स्थानीयहरु अहिले भने हेफरको आधारशिला, सिप विकास तथा नेतृत्व विकास सम्बन्धी तालिम तथा बिभिन्न गोष्ठीबाट आफ्नो परिचय दिने र सहज रुपमा बोल्ने बानीको समेत विकास भएको सिद्धारा १ नयाँबस्तीकी साबित्रा खत्रीले भन्नुुभयो । ‘सुरुमा हामीलाई कसैसँग बोल्न, आफ्नो परिचय बताउन पनि कस्तो कस्तो अप्ठ्यारो हुुन्थ्यो, खत्रीले भन्नुुभयो, ‘अहिले हामी दिदी बहिनीमा बोल्ने, बिभिन्न सभा सम्मेलनमा भाग लिने बानीको समेत विकास भएको छ ।’ गाऊमा हेफरले आधारशिला तालिम, महिला पुुरुष समविकास तालिम, पूर्व उद्यमशिलता विकास तालिम, नियमित स्व–समिक्षा तथा योजना तर्जुुुमा तालिम दिने गरेको छ । तालिमबाट प्राप्त गरेको शीपबाट अहिले उनीहरुले ३० लाखको योजना आफ्नो समुुहमा पार्न सफल समेत भएका छन् । सिद्धाराका ३ समुुहले ३० लाखको दरले कुुलो निर्माण सम्पन्न समेत गरिसकेका छन् । साथै हेफरले बाख्रा बितरण, बाख्रालाई बिभिन्न खालका औषधी भ्याक्सिन तथा बिभिन्न खालका घासहरु बितरण गर्दै आएको छ ।
सिद्धारामा यतिवेला बाख्रा पालनबाट आय आर्जन बढ्न थालेपछि सामुुहिक घास खेती समेत सुुरु गरिएको छ । गाऊमा हिजो आज उनीहरुमा बँचत गर्ने बानीको पनि विकास भएको छ । उनीहरुले गाऊमा सञ्चालन हुने बिभिन्न तालिममा दिइने खाजा बापतको रकमलाई पनि बँचत गरेर सस्तो मुुल्यमा व्याज दिँदै आएका छन् । ‘हामीले बिभिन्न तालिमा पाएको खाजा खर्चलाई पनि बँचाएर राख्ने गर्दछौ ।, त्यसलाई जम्मा गर्दछौ , ‘अनि हामीलाई आवश्यक पर्दा सयकडा २ का दरले ऋण दिने गरेका छौँ ।’ मिलिजुुली बाख्रा पालन समुुहकी कोषाध्यक्ष साबित्रा खत्रीले भन्नुुभयो । उहाँका अनुुसार गाऊमा सयकडा ५ दरले ऋण दिने चलन छ । गाऊमा बिभिन्न समयमा तालिम दिन थालेपछि स्थानीयमा आफ्ना कुुरा राख्ने बानीको पनि विकास हुन थालेको स्थानीय ताराज्योति आभारभूूत बिद्यालयका शिक्षिका बिष्णु पौडेलले बताउनुुभयो । उहाँले गाऊमा व्यवसायिक रुपमा बाख्रा पालन गर्न पछिल्लो समय सहज हुुने गरेको बताउनुुभयो । तर किसानले बाख्रा बिरामी हुुँदा प्राबिधिकलाई टेलिफोन गर्न असहज हुुँदै आएको बताउनुुभयो । उक्त गाऊमा पुुगेपछि मोवाइल नेटवर्क नै नहुुने गरेका कारण कार्यालय समयमा आफुहरु समेत सम्पर्क बिहिन हुने गरेको पौडेलले बताउनुुभयो । सिद्धाराका ति बस्तीहरु द्धन्द्धकालमा सरकार र माओबादी पक्षबिच युद्ध हुुँदा माओबादी बस्ने ठाऊ भएको पनि कतिपयले बताउने गरेको छन् । सिद्धारा जिल्लाको सबै भन्दा ठुलो गाविस पनि हो । जसलाई हिमालपारीको जिल्लाको रुपमा चिनिएका जिल्लाको रुपमा हेर्न सकिने अधिकांशले बताउने गर्दछन् । सिद्धारामा बाख्रा पालनका लागि बिभिन्न ९ समुुह र ३६ उपहार समुुह गठन गरिएका छन् । अहिले सम्म मुुल समुुहरुबाट उपहार समुुहमा १ सय ६० बाख्रा उपहार प्रदान गरिएको प्रागका कार्यक्रम निर्देशक प्रेम गैरेले बताउनुुभयो । उहाँले हेफरको सहयोगमा प्रागले सञ्चालन गरेको तालिमले गाऊमा आत्मविश्वास बढेको र गाऊमा परियोजना क्षेत्रभित्र झण्डै ४ सय ५० सुुधारिकएको खोर निर्माण गरिएको उल्लेख गर्नुुभयो ।
सिद्धाराका बासिन्दाहरु अहिले सितगङ्गा नगरपालिकामा परेपनि भौगोलिक संरचना र विकासको पूर्वाधारको दृष्टिीकोणमा निक्कै पछाडि परेका छन् । सिद्धाराका केही गाऊमा बिद्युुत सृवा पुुगेको भएपनि धैरे स्थानमा अझै बिद्युुत सेवा पुुग्न सकेको छैन् । उनीहरुले नेपाल टेलिकमको मोवाइल सुुबिधाबाट पनि बञ्चित छन् । टेलिफोन सेवा प्रयोग गर्न सिद्धाराका अधिकांश भागहरुबाट भालुुबाङ्ग तर्फ जानुुपर्ने समस्या छ । जिल्लामा थ्रि जिबा फोर जिको सेवा सुुचारु गर्ने तरखरमा रहेको टेलिकमले सिद्धारा, जुुकेना लगायतका केही भागलाई भने ओझेलमा पारेको पाउन सकिन्छ । यसमा सम्बन्धित निकायले आखाँ चिम्लेर बस्नुु पक्कै व्यवहारिक हुने छैन ।
बुलन्द राष्ट्रिय साप्ताहिकको चैत्र १३ गतेको अंक







0 comments
तपाइको प्रतिक्रिया दिनुहोस