बुलन्द राष्ट्रिय साप्ताहिकको चैत्र २० गतेको अंक
मिति नजिकिएसँगै मेयरको चौतर्फी चर्चा सुरु
कांग्रेस, एमाले र माओबादी केन्द्रबीच मुुख्य प्रतिष्प्रर्धा
बसन्त श्रेष्ठ ‘छापेली’
बुलन्द, अर्घाखाँची
अर्घाखाँची जिल्लामा चुनावी माहोल तात्दै जाँदा संभावित उम्मेद्वारको चर्चा सुरु भएको छ । अर्घाखाँचीका तीन गाँउपालिका र तीन नगरपालिकामा मुख्यतः कांग्रेस एमालेकै प्रतिस्पर्धा हुने देखिन्छ । तर केही ठाउँमा माओवादी केन्द्र बलियो छ ।
अर्घाखाँचीमा जनसंख्याको हिसाबले सन्धिखर्क ठूलो नगरपालिका हो । यो नगरपालिकामा कांग्रेसका तर्फबाट कमलप्रसाद भुसाल, हरिबहादुर खड्का, विनोद आचार्य, हुमप्रसाद बन्जाडे र राधा आचार्य मेयर तथा उपमेयरका उम्मेदवार हुनसक्ने नाम चर्चामा छन । एमालेबाट कृष्णप्रसाद श्रेष्ठ, खुबिराम आचार्य, सिद्धिप्रसाद भुसाल, भरत पौडेलको नाम चर्चामा छ । नेकपा माओवादीबाट ठाकुर बिक, रामबहादुर रायमाझी र केबी भुसाल उम्मेदवार हुने चर्चा छ । त्यस्तै राजमोबाट कल्पना पोख्रेल, थम्मन केसी, चन्द्र बञ्जाडे लगायतको नाम चर्चामा छ । २०७० सालको परिणाम अनुसार सन्धिखर्कमा एमाले बलियो थियो । यतिवेला सात गाविस मिलेर बनेको सन्धिखर्क नगरपालिका बनेपछि कस्का कति मतदाता भन्ने छुुट्याउन दलहरुलाई हम्मेहम्मे पर्ने गरेको नेताहरुले बिश्लेशण गर्न थालेका छन् । कांग्रेस, एमाले र माओवादी छुट्टाछुट्टै लडेमा कांग्रेस र एमालेको प्रतिष्प्रर्धा कडा हुुने श्रोतको भनाई छ । तर यी तीनबिचमा कांग्रेस र माओवादी वा एमाले र माओवादीको तालमेल हुनसक्ने चर्चा परिचर्चा चल्ने गरेको छन् ।
जिल्लाको अर्को नगरपालिका सितगंगा नगरपालिका हो । जहाँ कांग्रेसको तर्फबाट सूर्य अधिकारी, छविलाल पौडेल, नारायण सिंह बेल्बासे र माधव पौडेल मुख्य दाबेदारका रूपमा देखा परेका छन् । त्यस्तै बसन्त श्रेष्ठ र पीताम्बर सारु चाहिँ एमालेको तर्फबाट उम्मेदवारको रूपमा देखापरेका छन् । माओवादीबाट विवेक गैरे, भीम केसी र टीका रेग्मीको नाम चर्चामा छ । अघिल्ला चुनावको मत परिमाण हेर्दा कांग्रेस बलियो देखिएपनि यो नगरपालिकामा कांग्रेस एमालेकै प्रतिस्पर्धा हुने देखिन्छ । यो नगरपालिका पनि सातवटा साबिकका गाविस मिलेर बनेको हो ।
पछिल्लो समय सरकारले गरेको स्थानीय तहको नयाँ संरचना अनुुसार दुुई नगरपालिका थपिएका हुुन । त्यसै मध्येको अर्को नगरपालिका भूमिकास्थान हो । त्यहाँ कांग्रेसबाट खडानन्द बेल्वासे, प्रेम बेल्वासे र गोपाल घिमिरे र धनीश्वर खनालको नाम चर्चामा छ । एमालेबाट पीताम्बर भुसाल, प्रेम गैरे र पवित्रा पौडेल, मणि पौडेल, बिष्णुु आचार्य र माधव गौतमको नाम चर्चामा छ । माओवादी केन्द्रबाट छमकुमारी खनाल ‘चिनारी’ र बालकृष्ण बन्जाडेको चर्चा रहेको छ । त्यस्तै जनमोर्चाबाट सागर केसी, झविलाल थापा र कविराम खनालको नाम चर्चामा छ । यो नगरपालिकामा एमालेलाई बलियो शक्ति मानिन्छ । तर कांग्रेस, माओवादी र जनमोर्चाको प्रतिस्पर्धा हुनेछ । दुई नगरपालिकामा कांग्रेसलाई बलियो मानिएको भएपनि २०७० सालको चुनावमा माओवादी र एमालेका उम्मेदवार विजयी हुुनुुभएको थियो । अर्घाखाँचीका दुुई क्षेत्रमा माओवादीका टोपबहादुर रायमाझी र एमालेका दुमनसिंह थापा विजयी हुनुुभएको थियो । कांग्रेस नेतृ पुष्पा भुसाल चाहिँ झिनो मत अन्तरले पराजित हुनुभएको थियो ।
गाऊपालिकाका सम्बाबित उमेद्वारहरु
स्थानीय तहको चुुनाबको चटारो नगरपालिकामा मात्रै नभई गाऊपालिकामा पनि उस्तै छ । यतिवेला गाऊपालिकामा टोलटोलमा जिल्ला स्थित दलहरु पुुग्ने र कार्यकर्तालाई भेट्ने कार्यमै आफ्नो समय कटाउने गरेका छन् । तीन गाऊपालिका मध्ये पाणिनि गाऊपालिकामा अच्युत घिमिरे र इन्द्रमणि पौडेल र श्याम काश्यपको नाम चर्चामा छ । नेकपा एमालेबाट रामजी घिमिरे, जीवनारायण कोइराला, बाबुुराम घिमिरे र जीवलाल घिमिरेको नाम चर्चामा छ । त्यस्तै नेकपा माओबादी केन्द्रबाट बिष्णुु गैरे, मणि अधिकारी, भिम केसी, टिका रेश्मी, रुकेश आलेलगायतको नाम चर्चामा छ । यता मालारानी गाऊपालिकामा नेपाली कांग्रेसबाट कृष्ण खनाल हाल सम्मका चर्चामा रहेको नाम हो । सभापति बिष्णुु खनाल सभापति भएकाले पनि खनालले नै टिक पाउने कांग्रेस निकट श्रोतको भनाई छ । नेकपा एमालेबाट जनार्दन खनाल, रामबहादुर चौहान, दलबहादुर भट्टराई, पिताम्बर भुसाल, शालिकराम आचार्य, तिलक मिश्र, बालकृष्ण आचार्यको नाम चर्चामा छ । माओबादी केन्द्रबाट चन्द्रबहादुर खड्का उज्वल, मानबहादुर पाण्डे, पदम क्षेत्री लगायतको नाम चर्चामा रहेको छ । उता छत्रदेब गाऊपालिकामा नेपाली कांग्रेसबाट तारा श्रेष्ठ, लेखनाथ पोख्रेल, पिताम्बर खनाल, केशव श्रेष्ठ, बिष्णुु भुसाल लगायतको नाम चर्चामा छ । नेकपा एमालेबाट भने भबिश्वर पाण्डे, धुुर्व पाण्डे, ऋषि अधिकारीको नाम चर्चामा छ । नेकपा माओबादी केन्द्रबाट प्रकाश ज्ञवाली, रामलाल पराजुली, माधव पन्थीको नाम चर्चामा छ । त्यस्तै रामोले भने गाऊपालिकामा सम्भाबित उमेद्वारहरुको नामवली बाहिर चर्चामा ल्याएको छैन । राजमोमा पाटीको निर्णय भन्दा पहिले नाम सार्बजनिक कमै मात्रामा भएको पाइन्छ । कांग्रेस, एमाले र माओबादी केन्द्रमा उमेद्वारको चर्चा परिचर्चा भएपनि कसले जित्ने भन्ने कुरामा भने सबै स्थानीय निकायको अनुुमान गर्न पनि कठिन हुुने गरेको छ । तर समग्रमा तालमेल नभएमा सन्धिखर्क नगरपालिका, छत्रदेब गाऊपालिका र पाणिनि गाऊपालिका नेपाली कांग्रेसको बलियो सम्भावना रहेको क्षेत्र रहेको श्रोतको दाबी छ । त्यति मात्रै नभई सन्धिखर्क, भूमिकास्थान, सितगङ्गा नगरपालिका र मालारानी गाऊपालिका एमालेको बलियो पकड रहेको क्षेत्र मान्निछ । जसमा कुुनै पनि पक्षबीच तालमेल नभएमा सोही नै कार्यान्वयन हुने परिचय बताउने शर्तमा एक नेताले ठोकुुवा गरे ।
निर्वाचनको मिति नजिकिएसँगै यतिवेला दलहरुलाई भ्याइ नभ्याइ छ । यता जिल्ला निर्वाचन कार्यालयका अनुसार निर्वाचन कार्यालयले आफ्नो काम दु्रत गतिमा अघि बढाइरहेको जिल्ला निर्बाचन अधिकृत महेश पाण्डेले बताउनुभयो ।सरकारले स्थानीय तह निर्वाचनको तयारी गरिरहेको सन्दर्भमा जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीले पनि निर्वाचनको तयारी तिब्र बनाएको छ । जिल्लामा ९३ बटा मतदानस्थलको टुुङ्गो लागिसकेपछि चैत्र तेस्रो हप्तादेखि जिल्लाका हरेक मतदान केन्द्र अनुसार मतदाता शिक्षा स्वयंसेवक खटाउने तयारी गरेको छ ।यस अघिको निर्वाचनमा मतदानस्थल अनुसार मतदाता शिक्षा संचालन भएकोमा यसपालि एकहजार मतदाता बराबर एक मतदाता शिक्षा स्वयंसेवक खटाउने निर्वाचन आयोगको नीति बमोजिम हरेक मतदान केन्द्रमा स्वयंसेवकहरु खटिने भएको हो । स्वास्थ्य कार्यालय अन्तर्गतका महिला स्वास्थ्य स्वयंसेबिका तथा जिल्ला समन्वय समिति एवं नगरपालिका अन्तर्गतका सामाजिक परिचालक र शिक्षा कार्यालय अन्तगर्त बाल शिक्षामा अध्यापन गराउने शिक्षिकाहरुलाई स्वयंसेवकको रुपमा खटाउने आयोगको नीति रहेको छ । यसैगरी निर्वाचन कार्यालयले जिल्लास्थित सम्पूर्ण सरकारी कार्यालय, संस्थानका कर्मचारी सामुदायिक बिद्यालयका शिक्षकहरुको बिबरण तयार गरेको छ जस अनुसार जिल्लाको कुल जनशक्ति हाल १७१० रहेको छ । ३ नगरपालिका, ३ गाउपालिकाका जम्मा ६१ वडा रहेको यस जिल्लामा ९३ मतदानस्थलका करिब १८० को हाराहारीमा मतदान केन्द्र हुने अनुमान गरिएको छ ।
बिगतमा ८५ स्थल रहेका अर्घाखाची जिल्लाको मतदान केन्द्र सिफारिस समितिले ९३ बटा मतदान स्थल सिफारिस गरेको छ । साबिक गाबिस तथा नगरपालिकाका वडाहरुलाई नया संरचना अनुसार समायोजन गर्दा कुनै वडामा मतदान केन्द्र नपरेको तथा कुनै वडाका मतदातालाई मतदान केन्द्र अपायक परेको अबस्थालाई मध्येनजर गरी जिल्लाका ३ नगरपालिका, ३ गाउपालिकाका ६१ वडाका लागि ९३ मतदान स्थल कायम गरिएको हो । जस अनुसार सन्धिखर्क नगरपालिकामा १५ स्थल, शितगंगा नगरपालिकामा २४, भुमेकास्थान नगरपालिकामा १७, पाणिनी गाउपालिकामा १४, छत्रदेव गाउपालिकामा ११ तथा मालारानी गाउपालिकामा १२ स्थल कायम भएका छन फागुन ९ गते सम्मको यस जिल्लाको कुल मतदाता संख्या १,लाख ३२,हजार ४२१ रहेको छ जसमा महिला ६८,हजार ५६१ र पुरुष ६३ हजार ,८६० रहेका छन । जस अनुृसार शितगंगा नगरपालिकामा सबैभन्दा बढी २६ हजार ,१६३ र छत्रदेब गाउपालिकामा सबैभन्दा कम १९,हजार २२७ मतदाता रहेका छन । २०७० सालको संबिधानसभा सदस्य निर्वाचनमा कुल मतदाता संख्या १,लाख ७ हजार २२६ रहेको अर्घाखाँचीका जिल्ला निर्वाचन प्रमुख महेश पाण्डेले बताउनु भयो ।
0 comments
तपाइको प्रतिक्रिया दिनुहोस