देशभरका स्वास्थ्यकर्मीहरु आन्दोलित, अर्घाखाँचीमा पनि अकस्मिक बाहेकका अन्य सेवा ठप्प

देशभरका स्वास्थ्यकर्मीहरु आन्दोलित, 
अर्घाखाँचीमा पनि अकस्मिक बाहेकका अन्य सेवा ठप्प
बसन्त श्रेष्ठ ‘छापेली’
बुलन्द, अर्घाखाँची
स्वास्थ्य सेवा ऐनको दफा ९ ख को उचित व्यवस्थापनको माग गर्दै स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएका छन्  । सरकारले लामो समय देखि आन्दोलन गर्दा पनि आफ्ना मागहरुको सम्बोधन नभएको भन्दै स्वास्थ्यकर्मीहरुले आकस्मिक बाहेकका अन्य सबै सेवा ठप्प पारी देशभर आन्दोलनमा उत्रिएका हुन् । 
Image may contain: one or more people
संयुुक्त स्वास्थ्यकर्मी ट्रेड युनियनले अर्घाखाँचीमा समेत आकस्मिक बाहेकका अन्य सबै सेवा ठप्प पारेका छन् । उनीहरुले जिल्ला स्वास्थ्य कार्यलयको प्रवेशद्धारमा कालो व्यानर सहित धर्ना दिएर सेवा ठप्पा पारेका हुन्  । स्वास्थ्यकर्मीहरुले आफ्ना मागहरु सरकारले सुनुुवाई नगरे चरणबद्ध आन्दोलन गर्ने समेत बताएका छन् । भोलि देखि जिल्ला तथा राष्ट्रिय स्तरमा हुुने तालिम, गोष्ठी, रिपोटिङ्ग र खोप सेवा समेत बन्द गरिने नेपाल स्वास्थ्य प्राबिधिक संघका जिल्ला अध्यक्ष रामप्रसाद घिमिरेले जानकारी दिनुभयो । 

Image may contain: text
संयुुक्त स्वास्थ्यकर्मी ट्रेड युनियनले अर्घाखाँचीमा संयुक्त बिज्ञप्ती जारी गरी बिरोधका कार्यक्रम सार्वजनिक गरेका हुन् । बिज्ञप्तीमा नेपाल स्वास्थ्यकर्मी संघका जिल्ला उपाध्यक्ष दुर्गा बहादुर श्रेष्ठ, अखिल नेपाल प्रगतिशील स्वास्थ्यकर्मी संगठनका अध्यक्ष पूर्णप्रसाद पराजुली, नेपाल स्वास्थ्य प्राबिधिक संघका जिल्ला अध्यक्ष रामप्रसाद घिमिरे, राष्ट्रिय स्वास्थ्यकर्मी संघका शिबप्रकाश जिसी, नेपाल स्वास्थ्यकर्मी युनियनका मिनराज पौडेल लगायतले हस्ताक्षर गर्नुभएको छ । 




स्वास्थ्यकर्मी धर्नामा : देशभर इमर्जेन्सीबाहेकका सेवा बन्द

14872289151487206329hospital.jpg


काठमाडौं – स्वास्थ्य सेवा ऐनअनुरुप आफूहरुको स्तर वृद्धि भएकै पद र तलबसुविधा लागू गर्नुपर्ने मागसहित स्वास्थ्यकर्मीले ४७ दिनदेखि स्वास्थ्य मन्त्रालय परिषरमा धर्ना दिँदै आएको खबर आजको कान्तिपुरमा छ ।
अहेवबाट तालिम लिएर सिनियर अहेव भएका र अवधिको आधारमा स्तर वृद्धि भएर सिनियर अहेव, सिनियर अनमी भएकाहरु आन्दोलनमा छन् ।
उनीहरुले गत माघ २५ गते देखि नै देशभरका स्वास्थ्य चौकीमा इमर्जेन्सीबाहेकका सेवा बन्द गर्नुका साथै राष्ट्रिय कार्यक्रम बहिस्कार गर्ने निर्णय गरेका हुन् ।

, , ,

0 comments

तपाइको प्रतिक्रिया दिनुहोस