बुलन्द राष्ट्रिय साप्ताहिकको फागुन १ गतेको अंक
बुलन्द राष्ट्रिय साप्ताहिकको फागुन १ गतेको अंक
प्रचार प्रसारको अभावमा पाणिनिको तपोभूमि पणेना आझेलमा
प्रेमनारायण आचार्य
बुुलन्द, अर्घाखाँची
बिश्वको प्राचीन भाषा संस्कृतको भाषाको ब्याकरणको उत्पत्ति भएको र रचना भएको अर्घाखाँचकिो पाण्निि तपोभूमि ओझेलमा परेको छ । हजारौ बर्ष पहिले पाकीस्तानको लाहोरवाट तपस्या गर्दै अर्घाखाँचीको खिदमिमा आएका पाण्निि ऋषीले पणेनाको लेखमा तपस्या गरेर संस्कृत ब्याकरणको रचना गरेका थिए । पाण्निि तपोभूमी क्षेत्र बिश्व भासा सम्पदाको प्रमुख स्थल हो । यसै क्षेत्रमा आएर पाण्निि ऋषीले तपस्या गरे पछि भगवान शिब प्रशन्न भएर डम्मरु बजाउदै अईउण्, रिलक्ृ, एओ आदि चौध सूत्रको स्वर निकालेको र ती चौध सूत्रबाट संस्कृत ब्याकरणको रचना गरेको भन्ने धार्मिक मान्यता रहेको छ । यस क्षेत्रको ब्यापक प्रचार प्रसार गर्न सके बिश्वकै एउटा धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न सकिन्छ ।
विश्वकै प्राचीन भाषा उत्पति भएको क्षेत्र भएपनि यो क्षेत्र ब्यापक प्रचार प्रसार नहँुदा ओझेलमा परेको यस क्षेत्रको प्रचार प्रसारको लागि बिश्व भासँग सम्बन्धित सबै लाग्नु पर्ने पणेनामा रहेको नेपाल राष्ट्रिय उच्च माविका प्राचार्य पुस्कर पोख्रेलले बताउनुुभयो । अर्घाखाँचीको पूर्बमा रहेको पणेना गाविसमा रहेको यो तपोभूमि पर्दछ । यस तपोभूमीबाट उत्तर फर्कदा हिमालयका हिम श्रृंखला, दक्षिण फर्कदा तराईका फाटहरु अनि भारतीय भूमी देख्न पाईन्छ । अर्घाखाँचीको पोखराथोक र पाल्पा जिल्लाको तीनधारेबाट केहि मिनेट उकालो हिडेपछि यस क्षेत्रमा पुग्न सकिन्छ । यस क्षेत्रको प्रचार प्रसार गर्नसके धार्मिक ऐतिहासिक र पर्यटीय क्षेत्रबाट नेपालीलाई फाईदा हुन सक्छ । यो क्षेत्र पाणिनि ऋषीले तपस्या गरेको र ब्याकरण उत्पति भएको भन्ने धेरै प्रमाण भेटिएको स्थानीय बासीन्दा तथा जिविसका पूर्व सभापति खगेन्द्रराज पोख्रेलले बताउनुुभयो । यस क्षेत्रको ब्यापक प्रचार प्रसार गर्न सके अर्घाखाँची लगायत नेपालका सम्पूर्ण जनतालाई फाईदा पुग्ने र कुनै संघ संस्थावाट सहयोग पाए आफुहरु तीब्र भएर लाग्ने स्थानीय नारायण पोख्रेलले बताउनुुभयो । हाल सो क्षेत्रमा एउटा पोखरी निर्माण गरिएको छ । यहाँका मन्दिर, पौवा जीर्ण हुने अबस्थामा रहेका छन् ।
पाणिनि ऋषीले पणेनामा तपस्या गरेर निस्किएको चौध सुत्रलाई महेश्वर सुत्राणी भनिएको र तिनैका आधारमा लघु सिद्धान्त, मध्य सिद्धान्त र सिद्धान्त कौमुदीको निर्माण गरेको भन्ने सस्कृतका विज्ञहरु बताउन्छन । पाणिनिका चौध सुत्रलाई प्रचारप्रसार र सस्स्कृतको व्याकरण रचना गर्ने कृयाकलापमा पाणिनि पछि कात्यानी र पतञ्जली समेत लागि परेका हुन । यस क्षेत्रको मठ मन्दिर पौवा लगायतका स्थानको सरक्षण गर्न आबश्यक छ । त्यहाँको प्रचार प्रसार गर्न विभिन्न संघ सस्था, राजनितिक दल सँगै सम्पूर्ण सरोकारवाला ब्यापक रुपमा लागेमा पाण्निि तपोभूमीलाई नेपालको पर्यटकीय स्थलको रुपमा विकास गर्न सकिन्थ्यो कि ?







0 comments
तपाइको प्रतिक्रिया दिनुहोस