आसन्न स्वबियु निर्वाचनमा केन्द्रित हुनुपर्नेमा जोड
बसन्त श्रेष्ठ ‘छापेली‘
२३ माघ, अर्घाखाँची
अनेरास्वबियु जिल्ला कमिटि अर्घाखाँचीको आयोजनामा पाणिनि बहुमुखी क्याम्पस सन्धिखर्कमा भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । भेला तथा प्रशिक्षण कार्यक्रममा अनेरास्वबियु जिल्ला कमिटि अध्यक्ष कृष्ण पाण्डे, उपाध्यक्ष नबीन केसी, सचिव बसन्त श्रेष्ठ, जिल्ला कमिटि सदस्य गीताराम बिष्ट, क्याम्पस कमिटि सदस्य ठाकुर भुसाल लगायतले प्रशिक्षण दिनुुभएको थियो । अनेरास्वबियुको शैक्षिक एजेन्डा, बिद्यार्थी आन्दोलन, बिद्यार्थी राजनीति सँगै आसन्न स्वबियु निर्वाचनको बारेमा प्रशिक्षण दिइएको थियो । कार्यक्रममा बोल्दै अनेरास्वबियुका नवनिर्वाचित अध्यक्ष कृष्ण पाण्डेले आगामी फागुन १४ गते हुन लागेको स्वबियु निर्वाचनको तयारीलाई तिब्रता दिनुुपर्ने बताउनुभयो । पाण्डेले जिल्लाको शैक्षिक धरोहरको रुपमा रहेको क्याम्पसमा हाल सम्म अनेरास्वबियुु दोस्रो हुन नजानेको भन्दै आगामी दिनमा समेत उक्त बिरासतलाई कायम राख्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा जिल्ला कमिटि उपाध्यक्ष नबीन केसीले सम्पूर्ण बिद्यार्थीहरु एकजुट भएर स्वबियुु निर्वाचन अखिलको पक्षमा ल्याउनुुपर्ने बताउनुुभयो । जिल्ला कमिटि सचिव बसन्त श्रेष्ठले अखिलले सर्वहारा बिद्यार्थीको पक्षमा निरन्तर लड्दै आएको भन्दै आगमी दिनमा समेत शैक्षिक एजेन्डालाई कडाइका साथ लागुु गरिने बताउनुुभयो । स्वबिय निर्वाचनको निम्ती तयार रहन सम्पूर्ण बिद्यार्थीहरुलाई आग्रह समेत गर्नुभयो ।
भेला तथा प्रशिक्षण पछि युवराज भट्टराईको अध्यक्षतामा २७ सदस्यीय शिक्षा शास्त्र संकाय अनेरास्वबियु स्नातक प्रथम वर्ष कक्षा कमिटिको गठन गरेको छ । जसको उपाध्यक्षमा सारदा कुुवँर, सचिवमा दुुर्गा बहादुर सुनार रहनुुभएको छ । त्यस्तै सदस्यहरुमा प्रतिक्षा श्रेष्ठ, बिनिता परियार, रमा अधिकारी र कोषाध्यक्षमा रञ्जना भुसाल रहनुुभएको छ । गत माघ २१ गते २१ औँ जिल्ला अधिवेशनबाट बिबादकाबीच सम्पन्न भएको अनेरास्वबियु जिल्ला कमिटि अर्घाखाँचीले जिल्लाका बिभिन्न बिद्यालयमा संगठन बिस्तार, भेला र प्रशिक्षणलाई तिब्रता दिन थालेको छ । कार्यक्रम युवराज भट्टराइको अध्यक्षता र गीताराम बिष्टको सञ्चालनमा सम्पन्न भएको थियो ।

0 comments
तपाइको प्रतिक्रिया दिनुहोस