सात बर्ष पछि अनेरास्वबियुु अर्घाखाँचीको २१ औँ जिल्ला सम्मेलन
अर्घाखाँची ,
अनेरास्वबियुु जिल्ला कमिटि अर्घाखाँचीको २१ औँ जिल्ला सम्मेलनसात बर्ष पछि सम्पन्न भएको छ । २०६७ सालमा भरत न्यौपाने र हृदयकुमार भुसाल बिच चुनाब भई भरत न्यौपाने अध्यक्षमा निबार्चीत भएका थिए । न्यौपाने निर्बाचित भएको लामो समय सम्म पनि अखिलको जिल्ला अधिबेशन हुन सकेन । मिति २०७२ साउन १६ गते जिल्ला अधिबेशन गर्ने भन्दै ४ बर्ष पछाडि नेकपा एमालेका कार्यबाहक अध्यक्ष जिबनारायण कोईराला ,उप–सचिब प्रेमनारायण गैरेको आतिथ्यतामा पुर्न भरत न्यौपानेको संयोजकत्वमा सम्मेलन आयोजक कमिटि गठन गरियो । तर समयमै अधिबेशन गर्न नसक्दा भरत न्यौपाने संयोजकबाट बिदा भई प्रदिप नेपालीको अध्यक्षतामा १९ सद्स्य कमिटि पुर्न गठन गर्ने निर्णय गरिएको थियो ।
नेपालीको कार्यकाल नमानिने
दाङ्गमा सम्मपन्न बिधान सम्मेलन अनुसार आयोजक कमिटि पुर्न गठन गरिएको भएपनि प्रदिप नेपाली सोही अनुसार अध्यक्ष भए पनि उनि अध्यक्ष भएको कार्यकाल भने अखिल अर्घाखाँचीको ईतिहासमा नभेटिने भएको एक बिद्यार्थी नेताले बताए । भरत न्यौपाने २० औ जिल्ला सम्मेलनबाट निर्बाचित भएर जिल्ला अधिबेशन समयमै गर्न नसकि नेपालीलाई अध्यक्ष पद दिदा २१ औ अधिबेसन मानिने जुन दाङ्गमा सम्पन्न बिधान सम्मेलन बाट भएको निर्णय अनुसार भएको भएपनि बिधान अनुसार नेपालीको कार्यकाल नहुने भनि नेकपा एमालेका जिल्ला सद्स्य तथा बिद्यार्थी ईन्चार्ज लिलबहादुर बिकले अनेरास्वबियुको बैठकमा बताए अनुसार २१ औ सम्मेलन भएको र नेपालीको कार्यकाल नमानिने भएको हो । त्यसोत कमिटि पुर्न गठन गर्दा पदाधिकारी नबनाउनु र कार्यकाल नमानदा नेपालीलाई फेरी नेतृत्वमा दोहराउने सजिलो हुने अनेरास्वबियुका जिल्ला सद्स्य नबिन केसीलाई अध्यक्षमा उठनबाट रोक्नको लागी बिधानमा २ कार्यकाल जिल्लाकमिटिमा काम गरेको वा एक कार्यकाला पदाधिकारी भएको हुनु पर्ने व्यवस्था भएकोले त्यसरी सोकुरा अआडि सारिएकोे उनि निकटकै एक बिद्यार्थी नेताले भने ।
प्रतिनिधिको बहुमतले कमिटि गठन अध्यक्षमा पाण्डे
यसरी ७ बर्ष पछाडि भएको अधिबेशन पनि बिबादका बिच सम्मपन्न् भएको छ । उद्घाटन शत्र सम्मन्न भइ बन्द शत्रमा निर्वाचन मण्डलको नामवली हलमा प्रस्ताव गर्दा बहुमत प्रतिनीधीद्धारा अस्वीकार गरेपछि निबार्चन प्रकृयामा गए पनि जित नहुने देखेपछि अधिबेशन स्थगीत गरेको घोषणा गरेर प्रस्ताव गरिएको निर्बाचन मण्डल र केही आयोजक अधिबेशन हलबाट बाहिरिएका थिए । तर बहुुमत प्रतिनिधीले अधिवेशन स्थगीत नगरी बन्द शत्र सुरु गर्न माग गरेपछि अधिवेशनको बन्द शत्र चलेको थियो । अधिबेशनमा १ सय २६ प्रतिनिधि र आयोजक १४ जना गरि जम्मा १४० जना रहेकोमा ९० जना प्रतिनिधिको हस्ताक्षर गरि कमिटि निर्माण भएको अनेरास्वबियुु राष्ट्रिय परिषद् सदस्य नारायण शर्माले बताए ।
बन्द शत्रले कृष्ण पाण्डेको अध्यक्षतामा ३५ सदस्सीय अनेरास्वबियु जिल्ला कमिटिको सर्वसम्मत रुपमा गठन गरेको छ । जसको उपाध्यक्षमा नबीन केसी, सचिवमा बसन्त श्रेष्ठ, सहसचिवमा कृष्ण भुसाल, बिष्णु ठकुरी र पुष्पा चौहान रहनुुभएको छ । त्यस्तै कोषाध्यक्षमा प्रदिप भुसाल रहनुभएको छ ।
अधिवशेनको नेकपा एमाले जिल्ला कमिटि अध्यक्ष चेतनारायण आचार्यले उद्घाटन गर्नुभएको थियो । अधिवेशनको उद्घाटन गर्दे आचार्यले संगठनलाई जुझारु तबरले अगाढि बढाउन सक्षम नेतृत्व चयन गर्नुपर्नेमा जोड दिनुुभएको थियो । कार्यक्रममा अनेरास्वबियु केन्द्रिय सचिवालय सदस्य दिपक बिकले शुभकामना मन्तब्य राख्दै अखिलको गौरवशाली इतिहासलाई कायम राख्नुपर्नेमा जोड दिनुुभएको थियो । कार्यक्रम अनेरास्वबियु जिल्ला कमिटि अध्यक्ष प्रदिप नेपालीको अध्यक्षता , कृष्ण पाण्डेको सञ्चालन र नारायण भुसालको स्वागत मन्तब्यमा सम्पन्न भएको थियो । उद्घाटन सत्रको कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटि सचिव रामबहादुर चौहान, उपसचिव प्रेम गैरे, अनेरास्वबियु केन्द्रिय सदस्य भरत न्यौपाने, बिद्यार्थी इन्चार्ज लिला बिक, अनेमसंघ जिल्ला अध्यक्ष बिष्णा आचार्य, राष्ट्रिय परिषद सदस्य नारायण शर्मा, पूर्व राष्ट्रिय परिषद सदस्य हृदय कुमार भुसाल, लुम्बिनी काठमाण्डौ सम्पर्क मञ्चका सदस्य अध्यक्ष शुसिल भट्टराई, बिश्व बिद्यालय केन्द्रिय कमिटि सदस्य भानु खनाल गायतको आथित्यता रहेको थियो ।


0 comments
तपाइको प्रतिक्रिया दिनुहोस