नेकपा एमाले जिल्ला कमिटी अर्घाखाँचीको एघारौँ पूर्ण बैठक सम्पन्न, फाल्गुण २५ र २६ गते जिल्ला अधिवेशन

नेकपा एमाले जिल्ला कमिटी अर्घाखाँचीको एघारौ पूर्ण बैठक कमिटीका अध्यक्ष चेतनारायण आचार्यको अध्यक्षता , एमाले केन्द्रिय सदस्य नजिर मियाको प्रमुख आतिथ्यतामा मदन आश्रित भवन सन्धिखर्कमा सम्पन्न भएको छ । 
Image result for cpn uml logo
बैठकमा प्रमुुख अतिथी नजिर मियाले  अब हुने स्थानीय निकायको निर्वाचनमा  एमालेलाई पहिलो पार्टी बनाउन  सबै नेता तथा कार्यकर्ताहरुलाई भावनात्मक रुपमा एक जुट भएर लाग्न अनुरोध गर्नु भएको छ । बैठकले  नेकपा एमालकोे  आठौँ जिल्ला अधिवेशन  २०७३ फाल्गुण २५ र २६ गते गर्ने निर्णय गरेको छ । अधिवेशनको प्रतिनिधीहरु छनोटको अनुपातको निर्णय गर्ने जिम्मा पार्टी सचिवालयलाई दिएको छ  । प्रतिनिधीहरुको छनोट २०७३ फाल्गुण १६गते जिल्ला भर एकै दिन  गर्ने निर्णय गरेको छ ।  प्रतिनिधी छनोटको लागि प्रत्येक गाँउ कमिटी र   नगरका वाडहरुमा  ३ देखि ५ सदस्यीय निर्वाचन कमिटी गठन गर्ने निर्णय गरेको छ । प्रतिनिधी प्रमाणित गर्न  सम्बन्धीत गाँउ कमिटीको इन्चार्ज, गाँउ कमिटीको अध्यक्ष र निवार्चन कमिटीको प्रमुखको हस्ताक्षर अनिवार्य हुने निर्णय गरेको छ । उक्त बैठकले प्रतिबेदन लेखनमा अध्यक्ष  चेतनारायण आचार्यको संयोजकत्वमा ६ सदस्यिय समिती निमार्ण गरेको छ ।
 Image result for cpn uml logo

सदस्यहरुमा उपाध्यक्ष जिवनारायण कोइराला, सचिव राम बहादुर चौहान, उप सचिव पे्रम नारायण गैरे, संगठन विभाग प्रमुख पिताम्बर भुसाल र आर्थिक विभाग प्रमुुख दल बहादुर भट्टाराइ रहनुभएको छ । साथै बैठकले आन्तरीक लेखा परिक्षणमा लेखा परिक्षक श्री बाबुुराम गैरेलाई नियुत्ति गरेको छ । उक्त बैठकले सांसद निर्वाचन क्षेत्र विकास कोषको विकास निर्माणको कार्यको  अनुुगमन गर्न पार्टी उपाध्यक्ष जिवनारायण कोइरालाको संयोजकत्वमा चार सदस्यीय अनुुगमन समिती निर्माण गरेको छ । जसको सदस्यहरुमा सचिवालय सदस्यहरु भविश्वर पाण्डे, बसन्त श्रेष्ठ र सदस्य सुनिता बेल्बासे रहनुु भएको छ । 
              
                          बैठकले २०७२को पार्टी सदस्यहरुको नविकरण २०७३ फाल्गुण २० गते भित्र अनिवार्य रुपमा गर्ने निर्णय गरेको छ । यसको सम्पूर्ण जिम्मा सम्बन्धित इन्चार्जहरुले पुरा गर्नु पर्ने निर्णय समेत गरेको एमाले प्रचार विभाग प्रमुख भोज बहादुर गन्धर्वले जानकारी गराउनुभएको छ । बैठकमा ५ नम्बर प्रदेश कमिटीका सदस्यहरु पिताम्बर भुसाल, नरेन्द्र कुमार क्षेत्री, पवित्रा पौडेल, पार्टी स्कुल विभाग सदस्य बुद्धी बहादरु रायमाझी र अर्घाखाँची काठमाडौँ सम्पर्क मञ्चका अध्यक्ष नारायण प्रसाद श्रेष्ठ  लगायतले बैठकको सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो । बैठक सञ्चालन सचिव राम बहादुर चौहानले गर्नु भएको थियो । बैठक सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको प्रचार विभाग प्रमुख भोज बहादुर गन्धर्वले जानकारी दिनु भएको छ ।  

, , , ,

0 comments

तपाइको प्रतिक्रिया दिनुहोस