‘प्रधानमन्त्रीज्यू, मुलुक विखण्डन गर्ने आदेश कहाँबाट आयो ?’

aandolan-gulmi
२७ मंसिर, गुल्मी  । नेकपा एमालेका केन्द्रीय सचिव प्रदीप ज्ञवालीले प्रदेश सीमांकन हेरफेरसहित संविधान संशोधन बिधयेक फिर्ता लिइ राजनीतिक निकास दिन सरकारसँग आग्रह गरेका छन् ।
गुल्मी सदरमुकाम तम्घासमा सम्पन्न बिशाल जनसभालाई सम्बोधन गर्दै नेता ज्ञवालीले जनचाहना बिपरित ल्याइएको बिधेक तत्काल खारेज गरेर देशलाई अनिर्णयको बन्दीबाट फुकाउन सरकारसँग आग्रह गरे ।
नेता ज्ञवालीले बर्तमान सरकारले बिवादै नभएको पाँच नम्बर प्रदेशका पहाडी जिल्लालाई अलग गरी समाजलाई बिखण्डन तर्फ लगेको आरोप लगाए । उनले प्रश्न गरे, ‘प्रधानमन्त्रीज्यू यस्तो गर्नका लागि तपाइलाई कसले आदेश दियो ?’
त्यस्तै नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबं गुल्मीका सांसद चन्द्र भण्डारीले प्रदेश सीमांकन हेरफेरसहितको संविधान संशोधन प्रस्ताव हुनै हालतमा पारित नहुने बताएका छन् ।
गुल्मीमा चलिरहेको अनिश्चितकालीन बन्दको १३ औं दिनको बिशाल जनसभालाई सम्बोधन गर्दै नेता भण्डारीले संबिधान संशोधन प्रस्ताव दर्ता हुने दिनबाटै पाँच नम्बर प्रदेशका जनता आन्दोलनमा उत्रिएकाले यो पारित हुने सम्भावना नरहेको बताए ।
gulmi-janasava
यो बिधयेकको बिरुद्धमा गुल्मी, पाल्पा, अर्घाखाँची, रुपन्देही लगायतका जिल्लाहरुमा चलिरहेको आन्दोलनले पनि तराइ र पहाड अलग हुनुहुदैन भन्ने सन्देश दिएको भण्डारीको धारणा छ । तराई र पहाड घर र वेसीको युगौं युगदेखिको सम्बन्ध रहेकोले तराइबाट पहाड अलग हुनै नसक्ने बताए ।
सदरमुकाम तम्घासमा बृहत र्‍याली गरी चिदीचौरमा बृहत सभामा परिणत भएको थियो । जनसभामा जिल्लाका बिभिन्न स्थानबाट हजारौंको संख्यामा जनसहभागिता रहेको थियो । कार्यक्रमा लोक तथा दोहोरी गित प्रतिष्ठान गुल्मीका कलाकारहरुले साँस्कृतिक कार्यक्रममा मार्फत सरकारलाई बिधेक फिर्ता गराउन दबाव दिएका थिए ।
अनिश्चितकालीन बन्दले गुल्मीको जनजीवन निक्कै कष्टकर बनेको छ । बन्दकर्ताले बिहानै देखि बन्दा गराउँदै हिड्नाले जिल्लाको सदरमुकाम तम्घाससँगै ग्रामीण भेगका मुख्य बजार, कारखाना तथा जिल्लाबाट छुट्ने छोटो तथा लामो दुरीका सवारी साधन छुटेका छैनन् ।

, , ,

0 comments

तपाइको प्रतिक्रिया दिनुहोस