ढिकुरालाई सन्धिखर्क नगरपालिकामा नलगेको बिरोधमा कालोझण्डा सहित ढिकुराबासीहरु आन्दालित (भिडियो सहित)
बुलन्द, डेक्स,
अर्घाखाँची

अर्घाखाँची जिल्लाको ढिकुरा गाबिसलाई सन्धिखर्क नगरपालिकामा नलगि भूमिका स्थान नगरपालिकामा समाबेस गरेको बिरोधमा ढिकुराबासीहरु आन्दोलित भएका छन । आइतवार रातारात जिल्ला पुर्नसंरचनाको बिषय टङ्गुो लगाइएको र ढिकुरालाई उपेक्षा गरिएको भन्दै कडा संघर्षमा उत्रने चेतावनी दिएका हुन ।
ढिकुराबासीहरु सन्धिखर्कको टुडिखेलबाट निकालिएको ढिकुराको बिरोध जुलुस मिडिया चोक शान्ति बगैचा हुदै जिल्ला विकास समितिको प्राङ्गणमा पुगि कोणसभामा परिणत भएको थियोे । कालोझण्डा सहित निस्केको बिरोध ¥याली जिविस प्रांगण प्रवेश गर्दा सयौँ संख्याले भरिभराउ भएको थियो । कोणसभालाई ज्ञान बहादुर बिक, तारा घिमिरे, रेमकला खत्री, ऋषिराम घिमिरे, मोतिराज भट्टराई, ईश्वरीप्रसाद भुसाल, नारायण घिमिरे लगायतले मन्तब्य राख्दै ढिकुरालाई भूूमिका स्थान नगरपालिकामा लैजाने दलहरुले गरेको निणय आफुहरुलाई कुनै हालतमा मान्य नहुने बताएका थिए ।
कार्यक्रममा हजारौं ढिकुराबासीहरु सहभागी भएका थिए । कार्यक्रम सुर्य प्रसाद भुसालको सन्चालनमा सम्पन्न भएको हो । आन्दोलनकारीहरुले जिल्ला विकास अगाडि प्रहरीको घेरा तोडेर जिबिस प्राङ्गणमा पुगेको थियो । ढिकुराले आन्दोलन जारी रहेको भन्दै भोलि फेरी अर्को चरणको आन्दोलन गर्ने चेतावनी दिएको छ ।

0 comments
तपाइको प्रतिक्रिया दिनुहोस