नेतृत्वको बिबादका कारण देउराली यातायात व्यवसायी समिति अर्घाखाँचीको अधिवेशन स्थगित
अधिवेशन नहुन्जेल सम्म निवर्तमान कार्यसमितिले काम चलाउने
बुलन्द, अर्घाखाँची

देउराली यातायात व्यवसायी समिति अर्घाखाँचीको आठौँ साधारण सभा बन्दशत्रमा प्रवेश गरी अनिश्चित कालका लागि स्थगित भएको छ । नेपाली कांग्रेस निकट यातायात व्यवायीहरु आफुहरुलाई पेलेर जान खोजेको भनि बाहिरिएपछि निर्वाचन अनिश्चित कालका लागि रोकिएको हो । उनीहरुले अधिवेशनमा कांग्रेस निकट यातायात व्यवसायीहरुलाई बाईपास गरिएको, कार्यसम्पादनमा एकलौटी गरिएका लगाएका आरोप लगाउँदै बाहिरीएका थिए । 

कांग्रेस निकट व्यवसायीहरुलाई बाईपास गर्दै बामपंन्थी गठबन्धन बनाएर प्यानल नै घोषणा गरेपछि काँग्रेस निकट यातायात व्यवसायीहरुले अधिवेशन नै बहिस्कार गर्न बाध्य भएको बताएका थिए । उनीहरुले शुक्रवार राति सुरुभएको अधिवेशनको बन्दशत्र बिथोल्न थालेपछि तत्कालका लागि स्थगित भएको अधिवेशन शनिवार सर्वपक्षिय भेलाले अनिश्चित कालका लागि स्थगित गर्ने निर्णय गरेको निर्वाचन मण्डलले जानकारी दिएको छ ।


राम बहादुर चौहान, रामबहादुर रायमाझी, हरिप्रसाद भुसाल र लोकेन्द्र बिक रहेको निर्वाचन मण्डलले निवर्तमान अध्यक्ष योगेन्द्र खड्का नेतृत्वको कार्यसमितिले अर्को निर्वाचन नहुँदा सम्मको लागि कार्यसम्पादन गर्ने सूचना टास गरिएको छ । अब अधिवेशन नहुँदा सम्म अहिलेकै कार्यसमितिले कार्यसम्पादन गर्ने निर्वाचन मण्डलले जानकारी दिएको छ । यातायात व्यवसायमा राजनीतिकरण गरिएको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।



0 comments
तपाइको प्रतिक्रिया दिनुहोस