पाँच नम्बर प्रदेश टुक्राउन लागेको विरोधमा अर्घाखाँचीमा अनिश्चत कालका लागि बन्द


मन्त्रिपरिषदबाट सिमांकन हेरफेर प्रस्ताव पारित भएर संसदमा पेश भएलगत्तै अर्घाखाँची लगायत पहाडी जिल्लामा बिरोध पर्दशन सुरु भएको छ । 

जनताको आवश्यकता बिपरित जनतालाई भड्काउने गरी संबिधान संशोधन प्रसताव संसदमा दर्ता भएको भन्दै अर्घाखाचीमा आज अनिश्चित कालका लागि बन्दको घोषण गरिएको छ । अर्घाखाँची उद्योग बाणिज्य संघले नेतृत्व गर्ने गरी आजका लागि अर्घाखाँची बन्दको घोषणा गरिएको उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य कृष्ण प्रसाद श्रेष्ठले जानकारी दिनुुभयो । 


लुम्बिनी अञ्चल अन्तर्गत ५ नं। प्रदेश अन्तर्गतको पहाडी जिल्ला अर्घाखाँची टुक्र्याएर अन्यत्र गाभ्ने प्रयास भईरहेको भन्दै त्यसको विरोधमा सोमवार सदरमुकाम सन्धिखर्कमा संयुक्त प्रदर्शन भएको छ । 
7-pardesh-map_new_nepali_gif1

, , ,

0 comments

तपाइको प्रतिक्रिया दिनुहोस