एमालेमा प्रवेश गर्नेको लर्को, शिक्षक संघका खनाल संगठनमा प्रवेश

बसन्त श्रेष्ठ ‘छापेली’
बुुलन्द, अर्घाखाँची
        नेपाली कांग्रेस निकट नेपाल राष्ट्रिय शिक्षक संघका क्षेत्रीय सचिव तथा ढिकुराको भगवति माध्यमिक विद्यालयका प्रधानध्यापक कृष्ण खनाल  एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठनमा प्रवेश गर्नुभएको छ  ।
 
नेकपा एमालेका जिल्ला अध्यक्ष चेतनारायण आचार्य उपाध्यक्ष जीवनारायण कोइराला,  पूर्व अध्यक्ष रामजीप्रसाद घिमिरे, जिल्ला कमिटी सदस्य  नेत्र पोख्रेल, राष्ट्रिय शिक्षक संगठनका जिल्ला सचिव धुव्र केसी लगायतले एक कार्यक्रमका बीच उहाँलाई पार्टीमा स्वागत गर्नु भएको हो । 


खनाललाई पार्टीमा स्वागत गर्दै  पार्टी अध्यक्ष  आचार्यले एमालेमा विभिन्न पार्टी परित्याग गरि प्रवेश गर्नेको लहर नै चलेको बताउनुभयो ।  
उहाँले अबको केहि दिनमा धेरै मानिस पार्टीमा प्रवेश गर्ने जानकारी समेत दिनुभयो ।   उता बल्कोट चिदिका छत्रगञ्जमा पनि माओबादी र कांग्रेस परित्याग गरि एमालेमा प्रवेश गरेका छन् ।  

, ,

0 comments

तपाइको प्रतिक्रिया दिनुहोस