अर्घाखाँची हेवी इक्विपमेन्ट व्यवसायी संघको साधरण सभा तथा अधिबेशन सन्धिखर्कमा सम्पन्न

बसन्त श्रेष्ठ ‘छापेली’
कार्तिक १० गते अर्घाखाँची
हेवी इक्विपमेन्ट व्यवसायी संघ अर्घाखाँचीको दोस्रो साधरण सभा तथा प्रथम अधिबेशन सन्धिखर्कमा सम्पन्न भएको छ ।  अधिवेशनको केन्द्रीय अध्यक्ष तारा बहादुर कुवरले दीप प्रज्वलन गरी उद्घाटन गर्नुभएको थियो । कार्यक्रमको उद्घाटन गर्दै केन्द्रिय अध्यक्ष कुवँरले हेबी इक्विपमेन्ट व्यवसायीहरु सामाजिक समृद्धिमा हातेमालो गर्दै आएको दाबी गर्नुभएको छ । व्यवसायीहरुले बिभिन्न जोखिम मोलेर अगाडि बढ्दै आएको भन्दै उहाँले व्यवसायीहरु समेत २०६५ सालदेखि संगठित हुँदै आएको बताउनुभयो । कुवँरले आफुहरुको व्यवसायमा सिण्डीकेट चाहाना नभएको उल्लेख गर्दै राज्यले तोकेको रकममा जनताको सेवा गर्ने दाबी गर्नुभयो । उहाँले राज्यलाई जोखिम पर्दा कसैको आग्रह बिना पनि सेवा गरेको बताउँदै कतिपय जिल्लामा आफ्नो संस्था दर्ता गर्न नदिएको प्रति भने गुनासो व्यक्त गर्नुभयो । 
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले मुलुकले विकास निर्माणको क्षेत्रमा फड्को मारेको बताउनुभष्यो । विकास सँगै बिनास पनि हुने तर्फ संकेत गर्दै प्रजिअ कटुवालले बिनासप्रति सबै समयमै सचेत रहन सबैलाई आग्रह गर्नुभयो । 
स्थानीय विकास अधिकारी लक्ष्मी पाण्डे गौतमले जिल्ला पूर्वाधार विकासमा नमुना जिल्लाको रुपमा परिचित रहेको जानकारी गराउदै अब जिल्ला निर्माण भइसकेका बाटोहरुको स्तरबृद्धिमा केन्द्रित रहने बताउनुभयो । गौतमले स्थानीय तहको पुर्नसंरचना गर्दा नयाँ खाका तयार हुने जानकारी समेत गराउनुभयो । 
कार्यक्रममा सबुज गणका गणपति लक्ष्मिभक्त श्रेष्ठ, सहायक प्रजिअ नारायण खत्री, प्रहरी निरिक्षक सुजनराज भन्डारी लगायतको आथित्यता रहेको थियो ।  नेपाली काङ्ग्रेसका जिल्ला सभापति बिष्णु प्रसाद खनाल मुस्कान, नेकपा एमालेका सचिब रामबहादुर चौहान, नेकपा माओबादी केन्द्रका संयोजक ठाकुर कुमार बिक, राष्ट्रिय जनमोर्चाका सचिब गोपाल पौडेल, बिप्लप माओबादीका गोबिन्द खनाल, उद्योेग बाणिज्य संघका केन्द्रीय सदस्य कृष्ण  प्रसाद श्रेष्ठ, निर्माण व्यवसायी संघका अध्यक्ष ऋषि राम अधिकारी, देउराली यातायात व्यवसायी समितिका अध्यक्ष योगेन्द्र बहादुर खड्का, पत्रकार महासंघका अध्यक्ष सोभाखर पन्थि लगायतले अधिवेशन सफलताको शुभकामना व्यक्त हेवी इक्विपमेन्ट व्यवसायीहरुको अर्घाखाँचीलाई विकास निर्माणमा ठूलो योग्दान रहेको बताउनुभएको थियो । 
कार्यक्रम अर्घाखाँची हेवी इक्विपमेन्टका व्यसायी संघका जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य बसन्त राज भुसालको अध्यक्षता, महासचिब असोक खनालको सन्चालन र कबिराम खनालको स्वागत मन्तब्यमा सम्पन्न भएको हो ।  अधिवेशनले पुन बसन्त भुसालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । जसको वरिष्ठ उपाध्यक्षमा काजी श्रेष्ठ, उपाध्यक्षमा कबि खनाल भेषबहादुर बिसी, महासचिबमा असोक खनाल, सचिबमा खिम प्रसाद श्रेष्ठ र सदस्यमा योगेन्द्र खड्का, बिष्णु बन्जाडे, दिपक आचार्य, श्याम खनाल, बसन्त जिसी, प्रेम पौडेल, मोहन सिंह ठकुरीलाई चयन गरेको छ ।

, , ,

0 comments

तपाइको प्रतिक्रिया दिनुहोस