काश्मिर तनाव : यसरी दुई बिद्रोहीले ६० घण्टासम्म रोके सेनालाई

असोज २६ – भारत प्रशासित काश्मिरको पन्पोरमा सुरक्षाकर्मी र बिद्रोहीबिच सोमबार बिहानदेखि भएको भिडन्त रोकिएको छ । पन्पोराको सात तले भवनमा लुकेका बिद्रोही र सुरक्षाकर्मीबिचको भिडन्त झण्डै ६० घण्टापछि रोकिएको हो । भिडन्तमा दुई जना बिद्रोही मारिएका छन् । 

मारिका दुई बिद्रोहीले भारतीय सुरक्षाकर्मीलाई ६० घण्टासम्म रोकका हुन् । बिद्रोही लुकेको भवनलाई सेनाले आफ्नो नियन्त्रणमा लिएको छ । सुरक्षाकर्मी भवनमा प्रवेश गरेका छन् । सेनाले दुई बिद्रोहीसँगको भिडन्तमा ५० रकेट, मेसिन गन र तथा एक सय भन्दा धेरै ग्रेनेड बम प्रयोग गरेको थियो । एकजना बिद्रोही सोमबार नै मारिएको र एक जना बुधबार मारिएको भारतीय सेनाले जनाएको छ । कारबाही अभियानमा सेना, सीमा सुरक्षा बल, केन्द्रिय रिजर्व प्रहरी बल र प्रहरीसहित संयुक्त टोली सहभागी भएको थियो ।
श्रीनगर–जम्मु राजमार्गमा पर्ने आन्त्रपेन्योर डेभलपमेन्ट इन्स्टिच्युडको यो भवनमा गएको फेब्रुअरीमा पनि बिद्रोही घुसेका थिए । त्यसबेला झण्डै ४८ घण्टासम्म भएको भिडन्तमा एक नागरिक, चार बिद्रोही र तीन जना सुरक्षाकर्मीको ज्यान गएको थियो ।

, , , ,

0 comments

तपाइको प्रतिक्रिया दिनुहोस