उत्ताउलो नबन्न ज्योतीलाई हिन्दू जागरण नेपालको चेतावनी
कलाकार र खेलाडी देशका गहना हुन् । कलाकार र खेलाडीलाई सम्मान गर्नु हाम्रो कर्तब्य पनि हो ।
तर केहि कलाकारकै कारण समाजमा विकृती फैलिएको हिन्दू जागरण नेपालको ठहर छ । तर, इसाईभन्दा अतिरिक्त कसैको अस्तित्व स्वीकार नगर्ने तानाशाही प्रवृतीका कलाकार ज्योति मगर जस्तालार्इ भने हिन्दू जागरण नेपालले बहिस्कार गर्ने भएको छ । यी कलाकारहरु देशका गहना हैनन् , अपितु देशको शीर निचो देखाउने धर्म सस्कृतीमा उच्छृङ्खलता ल्याउने मानसिकता भएको हिन्दू जागरणको ठहर छ । यस्ता कलाकार भन्नु भनेको बोकालार्इ हात्ती भनेर सम्बोधन गर्नु जस्तै हो हिन्दू जागरणद्धारा जारी विज्ञप्तीमा भनिएको छ । जताबाट फोस्रो प्रशंसा पाइन्छ त्यँहा जीतो भुमिका निभाउन पनि गर्न तयार हुने मानसिकता भएकाले आज अश्लीलता प्रदर्शनलाइ नै कलाकारिता सम्झने केहि मिडियाले ज्योति मगर र अर्चना पनेरु जस्तालाइ कलाकार भनेर सम्बोधन गरेको देख्दा लाज लागेर आएको हिन्दू जागरणको ठहर छ बिज्ञप्तीमा भनिएको छ । यो देशमा जे बोले पनि हुन्छ र जे गरे पनि हुन्छ भन्ने मानसिकता राखेर ज्योति मगरले करोडौं नारीहरुले मनाउने राष्ट्रीय पर्व तीजको दर खाने बिषयमा लिएर जाडँ, रक्सी, भोड्का खाइन्छ भनेर समाजमा रहेका नारीहरुको अपमान गर्ने हिम्मत गर्नु यो अत्यन्तै नीच मानसिकताको पराकाष्ठा भएको बिज्ञप्तीमा बताइएको छ । यसरी नै अन्जु पन्त पनि विवादमा तानिएकी थिइन् । कलाकारले समाजलाई सकारात्मक दिशा निर्देश गर्दछ । तर ज्योति मगरका गाना र नृत्यले के निर्देशन गरिरहेको छ भन्ने कुरा सबैलार्इ थाहा छ । कामुकता उत्तेजकता , अश्लीलताको प्रदर्शनको साथ साथै अहिले आएर नेपालि नारीहरुले मनाउने पर्व को बिषयलाई लिएर समाजमा नकारात्मक सन्देश दिने प्रयास उनले गरेको विज्ञप्तीमा उल्लेख छ । अंग प्रदर्शन गर्नु र समाजका सकारात्मक नियम भंग गर्न खोज्नुलार्इ नै कलाकारिता भनिन्छ भने यस्ता कलाकार बहिस्कार गर्नु नै समाजको लागि उपयुक्त हुने भनिएको छ । कति उफ्रिन सक्छौ उफ्रिदैँ जाउँ । समयले एकैचोटी कसिंगरलार्इ बढार्ने छ ,हिन्दू जागरण नेपालले जारी गरेको विज्ञप्तीमा भनिएको छ । कलाकार समाजका त्यस्ता प्रतिनधी पात्र हुन्, जसले आम मानिसलाई सकारात्मक सन्देश दिने गर्छन् । समाजमा फैलिएका विकृती र विसंगतीलाई रोक्न कदम चाल्छन् । विकृती फैलाउने सहयोग गर्छन् । कलाकारको दायित्व त देशको कला संस्कृती जोगाउन अहम् नै हुनुपर्ने हो । तर, तीनै कलाकार संस्कृती र चाडपर्वमा संस्कृती जोगाउन भन्दा विकृती फैलाउन लागे भने के होला रु पक्कै पनि समाजले नै खबरदारी गर्ने दिन आएको छ ।

0 comments
तपाइको प्रतिक्रिया दिनुहोस