नेपालका एटिएम बुथ अन्तराष्ट्रिय हृयाकरको निशानामा

पैसा चोर्न नेपाल आएका रोमानियाली नागरिक पक्राऊ

ATM-Boothसाउन, काठमाडौं । बैंकमा जम्मा गरेको रकम आवश्यकता पर्दा जुनसुकै बेलामा पनि पैसा निकाल्न सकिने भएकाले एटिएम कार्डको प्रयोगकर्ता बढ्दै गएका छन् । तर नेपालका बैंकबाट सन्चालित एटिएम सेवाको सुरक्षा व्यवस्था निकै कमजोर देखिएका छन् । जस्ले गर्दा अन्तराष्ट्रिय हृयाकरहरुले नक्कली एटिएम कार्ड प्रयोग गरी पैसा चोर्न नेपालका बैंकहरुलाई निशानामा पारेको तथ्य सार्बजनिक भएको छ ।
रोमानियाका नागरिक पक्राउ
हिमालयन बैंकको काठमाडौंमा रहेका विभिन्न ठाउँका एटिएम बुथहरुमा केहि दिनदेखि एक जना विदेशीको हर्कत प्रहरीलाई शंकास्पद लाग्यो । विषेश गरेर दरवारमार्ग क्षेत्रमा रहेका एटिएम बुथहरुमा ति विदेशी नागरिकले दर्जनौं एटिएम प्रयोग गरेर पैसा निकाल्ने प्रयास गरेको देखिएपछि बैंकले सिआइबीलाई खबर गर्‍यो ।
सिआइबीका एसपी हृदय थापाको टोलिले हिमालयन बैंकका विभिन्न एटिएम बुथहरुमा निगरानी बढायो । निगरानीको क्रममा शंकास्पद रोमानियाका नागरिक पे्रडा उर्लेनलाई लाजिम्पाटस्थित शंकर होटल नजिकैबाट पक्राउ गर्न सफल भयो ।
करिब २ महिनादेखि शंकर होटलमा बस्दै आएका उर्लेनको कोठाबाट सिआइबीको टोलिले एक सय ४० थान नक्कली एटिएम बरामद गरेको छ । ब्युरोका एसपी हृदय थापाका अनुसार बेलायत, फ्रान्स, जर्मनी, युक्रेन, रसिया, इटाली, इण्डोनसिया, जापान लगाएत ४० भन्दा बढी देशका एटिएम कार्डहरु उनको कोठाबाट बरामद भएको छ ।
काठमाडौंमा बसेर दुई महिनादेखि नक्कली एटिएम कार्डबाट पैसा निकाल्ने धन्दा गरिहरेका उर्लेनको साथबाट २ लाख ६४ हजार नगद पनि बरामद भएको प्रहरीले जनाएको छ ।
यसरी चोरे एटिमबाट पैसा
उर्लेनसँगै अर्का एक व्यक्ति पनि एटिएमबाट पैसा चोर्ने उद्देश्यसहित नेपाल आइपुगेका थिए । उनीहरु विभिन्न देशमा रहेका अर्कै समूहबाट परिचालित व्यक्तिहरु रहेको एसपी थापाले बताए । ‘विभिन्न देशमा यसको समूह नै छ, त्यो समूहले एटिएमका डाटाहरु र सूचना दिने गर्छ । त्यही सूचना र डाटाहरुको आधारमा यिनीहरुले पैसा निकाल्छन्,’ एसपी थापाले भने ।
विभिन्न देशका एटिएम बुथ मार्फत ग्राहकको एटिएम डाटा निकाल्ने अथवा हिडन क्यामेरा मार्फत पिन नम्बर चोरी गर्ने र उक्त पिन नम्बर अर्थात डाटा पैसा चोरी गर्न हिँडेका उर्लेन जस्तालाई दिने गरेको भेटिएको छ ।

, , , , ,

0 comments

तपाइको प्रतिक्रिया दिनुहोस