शाहरुख खान पक्राउ परे
शाहरुख खान पक्राउ परे
शाहरुखलाई अमेरिकाको इमिग्रेशन विभागले पक्राउ गरेको उनले ट्वीट मार्फत जानकारी दिएका छन् । उनले ट्वीट गरेका छन् ‘विश्व कस्तो छ भन्ने मलाई थाहा छ र यसको सुरक्षाको पनि म सम्मान गर्छु । तर हरेक पटक अमेरिका आउँदा इमिग्रेशन विभागले पक्राउ गर्दा निकै हैरान भएको छु ।’
अमेरिकामा शाहरुख पक्राउ परेको यो पहिलो पटक भने होइन । सन् २०१२ मा न्युयोर्कको विमानस्थलबाट शाहरुखलाई पक्राउ गरिएको थियो । त्यसबेला उनलाई दुई घण्टा हिरासतमा राखिएको थियो ।

0 comments
तपाइको प्रतिक्रिया दिनुहोस