पकेट खर्च जोगाएर शैक्षिक सामाग्री हस्तान्तरण

प्रेम आचार्य, बुलन्द 
अर्घाखाँची
अर्घाखाँची घर भई हाल स्वीडेनमा अध्यनरत दुई विद्यार्थीले आफ्नो खाजा खर्च र पकेट खर्चको पैसा बचाएर अति गरीब र जेहेन्दार विद्यार्थीलाई शैक्षीक सामाग्री वितरण गरेका छन । 
  सन्धिखर्क नगरपालिका वाड न. १० पकलेमा घर भइ हाल स्वीडेनमा रहेर कक्षा १२ मा अध्यनरत प्रशंसा अर्याल र बिबिएसमा अध्यनरत प्रतीभा अर्याल एकै घरका दुई बहिनीले पकेट खर्च र खाजा खर्चको पैसा बचाएर शैक्षिक सामाग्री वितरण गरेका हुन ।  सन्धिखर्क नगरपालिका वाड न. १३ मा रहेका चार वटा विद्यालयमा अध्यनरत ८० जना  अति गरीब र जेहेन्दार  विद्यार्थीलाई झोला, एक दर्जन कापी र एक दर्जन कलम वितरण गरिएको हो । 
आफु जन्मिए हुर्किएको ठाउमा अध्यनरत भाई बहिनीहरुलाई आफुले गरेको सानो सहयोगबाट पनि पढ्ने र भविस्यमा केहि गर्नु पर्छ भन्ने भावनाको विकास होस भनी शैक्षिक सामाग्री वितरण गरेको विद्यार्थी प्रतीभा अर्यालको भनाई रहेको छ ।
  सन्धिखर्क १३ मा रहेका आदर्श निमावि, अरनिको निमाबी, बिद्या बिकास प्राबी र जनसेवा प्राबीका ८० जना बिद्यार्थीहरुलाई आदर्श माविमा एक कार्यक्रमको आयोजना गरि एक लाख १५ हजार वरावरको शैक्षिक सामाग्री वितरण गरिएको हो । शैक्षिक सामाग्री वितरण समारोहमा सहयोग दाताहरु प्रतीभा अर्याल, प्रशंसा अर्याल, आमा कमला अर्याल, समाजसेवी दुर्गा प्रसाद चुदाली, लक्ष्मीनारायण चुँदाली, पत्रकार महासंघका सचिब प्रेम आचार्य, वडा नगरिक मञ्चका संयोजक यज्ञेश्वर खनाल, विद्या बिकास प्राविका प्रधनाध्यापक रुद्र आचार्य, अरनिको निमाविका अध्यक्ष उत्तमसिंह ठकुरी, प्रधनाध्यापक दुर्गा प्रसाद भुसाल, लगायतले मन्तब्य राख्दै शैक्षिक सामग्री वितरण गरेकोमा धन्यवाद दिदै विद्यार्थीहरुलाई सफल भविस्यको शुभकामना मन्तब्य राखेको बताईएको छ । 
   कार्यक्रम आदर्श निमाविका ब्यबस्थापन समिति सदस्य रिसीकेस भुसालको अध्यक्षता, शिक्षक हुम प्रसाद नेपालीको स्वागत र कुशल भुसालको सञ्चालनमा सम्पन्न भएको हो ।

, , , ,

0 comments

तपाइको प्रतिक्रिया दिनुहोस