सरकारबाट बाहिरन माओवादीलाई कांग्रेसको पूर्वसर्त,सर्तले माओवादी हच्कियो


prachanda-and-sher-bahadurकाठमाडौः
प्रमुख प्रतिपक्षी कांग्रेसले माओवादी केन्द्र बर्तमान सरकारको विकल्प खोज्ने निर्णयमा पुगेको भए पहिले समर्थन फिर्ता गरेर बाहिरिनुपर्ने बताएको छ । बर्तमान सरकारमा बसेर अर्को सरकार बनाउनेबारे छलफल अघि बढाउन उपयुक्त नहुने कंग्रेसको भनाई छ ।
कांग्रेस नेता प्रकाशसरण महतले माओवादीले विकल्प खोजेको भए पहिले सरकारबाट वाहिरिनुपर्ने बताए। त्यसपछि मात्र कसको नेतृत्वमा कसको सरकार बनाउने भन्नेबारे छलफल हुने उनको भनाइ छ ।
नयाँ सरकारबारे कांग्रेस र माओवादी केन्द्रबीच आन्तरिक रुपमा छलफल भइरहेको पुष्टि गर्दै उनले भेटमा आफुहरुले यही सुझाव दिएको बताए । महतले संसदीय व्यबस्थामा पुर्ण सहमतिको सरकार बन्न भने सम्भव नहुने जिकिर गरे ।
उता माओवादी केन्द्रले भने आफ्नो पहिलो प्राथमिकता विगतका सहमति कार्यान्वयनका लागि प्रधानमन्त्रीलाइ दवाव दिनु रहेको स्पष्ट पारेको छ । माओवादी प्रबक्ता पम्फा भुषालले विगतको ९ बुंदे लिखित र अन्य केहि अलिखित सहमति कार्यान्वयनका लागि दवाव दिने बताउनुभयो । सहमति कार्यान्वयन नहुने अबस्थामा भने माओवादी केन्द्र विकल्प खोज्न वाध्य हुने उनको भनाइ छ ।
सत्ताको साँचो लिएर बसेको माओवादी केन्द्रले बजेट पारित भएलगत्तै राष्ट्रिय सरकार बनाउन पहल गर्ने औपचरिक निर्णय गरेपछि राजनीतिक माहौल तातेको छ । माओवादी केन्द्र विगतमा सरकार परिवर्तन गर्ने निर्णय गरेर अन्तिम अबस्थामा पछि फर्किएपछि कांग्रेस चिढिएको थियो ।
अघिल्लो पटक वर्तमान सरकारको विकल्पमा माओवादी केन्द्रलाई समर्थन गर्ने आश्वासन दिएको कांग्रेसले यसपटक भने केहि शर्त राखेको छ । केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई उसले पहिले सरकार छाडेर आएपछि मात्र अन्य विकल्पबारे छलफल गर्ने बताएको हो ।

,

0 comments

तपाइको प्रतिक्रिया दिनुहोस