वैशाखदेखि यता बाढी पहिरोबाट ४७ जना र चट्याङले ६२ जनाको मृत्यु
वैशाखदेखि असार २३ गतेसम्म बाढी पहिरोबाट देशभर ४७ जनाको ज्यान गएको छ । व्यवस्थापिका संसद बैठकमा गृहमन्त्री शक्तिबहादुर बस्नेतले बाढी पहिरोबारे जानकारी दिँदै ४७ जनाको ज्यान गएको जानकारी दिनुभएको छ । तीन महिनाको अवधिमा चट्याङ लागेर देशभर ६२ जनाको ज्यान गएको छ । गृहमन्त्री बस्नेतकाअनुसार बाढी पहिरोमा परी १५ जना बेपत्ता भएका छन् भने ५७ जना घाइते भएका छन् । गृहमन्त्री बस्नेतले प्राकृतिक प्रकोपको घटनामा सरकारले उद्धार र राहतको काम तदारुकताका साथ गरिरहेको पनि बताउनुभयो । बाढी पहिरोका १ सय १२ घटनामा १ सय ३८ घरमा पूर्ण क्षति र १ सय ६० घरमा आंशिक क्षति भएको छ । चटायाङको १ सय १४ घटनामा १ सय ४० जना घाइते भएका छन् । चट्याङले तीन घर पूर्ण रुपमा र ७ घर आंशिक रुपमा क्षति भएका छन् ।


0 comments
तपाइको प्रतिक्रिया दिनुहोस