हिन्दु जागरण युवा संगठन नेपाल जिल्ला कार्यसमिति हेरफेर

बिष्णु ठकुरी ‘रानी’
बुलन्द, अर्घाखाँची
‘सनातन धर्मको रक्षा गरौँ, आयातित धर्मलाई बहिस्कार गरौँ’, भन्ने नाराका साथ स्थापना भएको हिन्दु जागरण युवा संगठन नेपाल जिल्ला कार्य समिती अर्घाखाँचीले पुरानो कार्य समिति हेरफेर गरेको छ । 


पुर्नगठित पदाधीकारीको अध्यक्षमा दिपेन्द्र श्रेष्ठ, उपाध्यक्षमा निम राक्से मगर, सहउपाध्यक्षमा कबिराज घर्तीमगर, महासचिवमा अनमोल राक्सेमगर, सचिवमा बिष्णु ठकुरी, सहसचिवमा इसान्त नेपाली, कोषाध्यक्षमा घनश्याम पौडेल, उपकोषाध्यक्षमा प्रकाश बिष्ट र सहकोषाध्यक्षमै  महेश श्रेष्ठ रहनुभएको छ । 



त्यस्तै  संगठनले बिभिन्न उपसमिति समेत गठ गरेको छ । जसअनुसार संगठनको बरिष्ठ सल्लाहकारमा पदम कुवर, कृष्ण भुसाल, सहयोगी बिसी, हरीप्रसाद भुसाल, बसन्त श्रेष्ठ, वालकृष्ण भट्टराई, प्रमोद खनाल लगायतका  रहनुभएको छ भने प्रमुख सल्लाहकारमा कमल क्षेत्री, नारायण अधिकारी, भुवन आचार्य लगायतका रहनुभएको छ । 



धर्म परिवर्तन बिरुद्धको महाअभियानलाई सफल पार्नका लागि १ सय ७१ सदस्सीय हिन्दुजागरण युवा संगठन नेपाल जिल्ला कार्य समिति अर्घाखाँचीको गठन गरिएको हो । हिन्दु धर्म परिवर्तन गर्नेलाई निरुत्साहित गर्ने लक्ष्य रहेको पनि संगठनका जिल्ला अध्यक्ष दिपेन्द्र श्रेष्ठले जानकारी गराउनुभयो । 

, , ,

0 comments

तपाइको प्रतिक्रिया दिनुहोस