राष्ट्रिय धान दिवश २०७३ अर्घाखाँचीमा ठाऊ ठाउमा रोपाई फोटो फिचर

बसन्त श्रेष्ठ छापेली
बुलन्द अर्घाखाँची
     व्यवसायीक धान खेतीको आधार, सामुदायिक नर्सरीको विस्तार भन्ने नाराका साथ अर्घाखाँचीमा पनि १३ औं राष्ट्रिय धान दिवश मनाईएको छ । 
प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले  धान रोपेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा स्थानीय विकास अधिकारी लक्ष्मी पाण्डे गौतम लगायत जिल्ला स्थित सरकारी कार्यलयका प्रमुखहरू, राजनीतिक दल, पत्रकारको सहभागिता रहेको थियोे । ¥याली शान्ति बगैँचा बाट सुरू गरिएको थियोे । विभिन्न नाराहरू लेखिएका प्लेकार्ड बोकेको बाजा गाजा सहितको र्यालीले बजार परिक्रमा गरेको थियोे ।
जिल्ला कृषि विकास कार्यलयका कार्यलय प्रमुख तथा वरिष्ठ कृषि विकास अधिकृत योग प्रसाद खरेल ले कार्यक्रम को सञ्चालन गर्नु भएको थियो । स.न.पा. १२ विहारमा रहेको क्याप्टेन भिम बहादुर को खेतमा रोपाई गरिएको थियोे । रोपाईमा बाजा गाजा सहित वाली गाउदै छमछमी नाचेका थिए ।

 व्यवसायिक धान खेतिको आधार, सामुदायिक नर्सरीको विकास भन्ने मुल नारा सहित धान दिवस मनाईएता पनी लामो समय देखिको खडेरीले गर्दा असार १५ गते सम्म १५ प्रतिशत रोपाई सम्पन्न भएको जिल्ला कृषी विकास कार्यालयका कृषि प्रसार अधिकृत थिरीलाल गैरेले बताए ।


 गत वर्ष पनी वर्षा समयमा नभएकोले रोपाई श्र्रावण अन्तिम हप्ता सकिएको थियो, अहिले पनी लामो समय देखिको खडेरीले यस वर्ष पनी रोपाई ढिलो भएको हो । अझैपनि मुल फुट्नेगरी वर्षा नभएपनि खोलानालाका आसपास र सिंचाईको सुविधा पुगेका ठाउँमा रोपाई भैरहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत योग प्रसाद खरेलका अनुसार अझै ८५ प्रतिशत खेतमा रोपाई गर्न वाँकी रहेको छ पानी नपरेर खडेरी लागेका कारण कृषकले रोपाई गर्न पाएनन, पानी समयमा नपरेर खेतमा पानी लगाउदाँ लडाई समेत हुने गरेको छ । 
   १५ गते रोपाई दिवसका दिन प्रमुख जिल्ला अधिकृत सुरेन्द्र पौडेलले सन्धिखर्क नगरपालीका १३ विहारमा धान रोपेर उदघाटन गरेका हुन । धान रोपाईमा स्थानिय विकास अधिकृत लक्ष्मी पाण्डे गौतम, वरिष्ठ कृषी विकास अधिकृत योग प्रसाद खरेल लगाएत विभिन्न कार्यालयका प्रमुख, राजनितीक दलका प्रमुख तथा प्रतिनिधी, पत्रकार लगाएतको उपस्थितीमा रोपाई दिवस सम्पन्न गरिएको हो ।


, , ,

0 comments

तपाइको प्रतिक्रिया दिनुहोस