नेपाल औधषी व्यवसायी संघ अर्घाखाँचीको चौथो अधिवेशन सम्पन्न

बसन्त श्रेष्ठ 
अर्घाखाँची
बुुलन्द
तस्बिर सिद्धार्थ केसी
नेपाल औधषी व्यवसायी संघ अर्घाखाँचीको चौथो अधिवेशन आज सन्धिखर्कमा सम्पन्न भएको छ । अधिवेशनले लिलामणी ढुङ्गानाको अध्यक्षतामा ९ सदस्सीय जिल्ला कार्यसमितिको गठन गरेको छ । 
संघको उपाध्यक्षमा हिराकुुमार श्रेष्ठ, महासविचमा प्रेमबहादुर पछाई, कोषध्यक्षमा टंक भुसाल, सचिवमा तिलक राम मिश्र, उपकोषाध्यक्षमा रामप्रसाद अधिकारी र सदस्यहरुमा अनिता शर्मा, नेत्र पाण्डे, अमृत गाहा लगायतका रहनुभएको छ । कार्यक्रमको प्रमुख अथिति केन्द्रिय निवर्तमान अध्यक्ष बाबुराम भट्टराईले उद्घाटन गर्नुभएको थियो । प्रेमबहादुर पछाईको संचालनमा सम्पन्न कार्यक्रममा अंचल शाखा बुटवलका अध्यक्ष शिव ज्ञवाली, केन्द्रिय उपाध्यक्ष लोकहरी श्रेष्ठ लगायतका पदाधीकारीको उपस्थिती रहेको थियो । 
कार्यक्रममा उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य तथा अर्घाखाँची उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुरप्रसाद श्रेष्ठले औषधीको मुल्यमा एकरुपता ल्याउनु पर्नेमा जोड दिनुभएको थियो । श्रेष्ठले बिगतमा फार्मेसीहरुमा भएका कमिकमजोरी समेत सच्चिएको भन्दै उहाँले सो कुरा बताउनुभएको थियो ।  

,

0 comments

तपाइको प्रतिक्रिया दिनुहोस