अमेरिकासम्म आक्रमण गर्न सक्ने मिसाइल बनाएको उत्तर कोरियाको दाबी
असार ९ – उत्तर कोरियाका नेता किम जोङ उनले आफ्नो देश अमेरिकासम्म आक्रमण गर्न सक्ने तयार सक्षम रहेको बताएका छन् ।
नेता उनले पछिल्लो मिसाइल परीक्षणले आफ्नो देश अमेरिकाको भूभागसम्म आक्रमण गर्न सक्षम भएको बताएको बिबिसीले उल्लेख गरेको छ । उत्तर कोरियाले बुधबार दुई वटा मध्यम दूरीका ब्यालेस्टिक मिसाइल परीक्षण गरेको थियो ।
नेता उनले मिसाइल परीक्षणको क्रममा प्यासिफिक समुद्रसँग जोडिएको अमेरिकाको भूभागमा आक्रमण गर्न सक्ने बताएका हुन् ।
उत्तर कोरियाले बुधबार झण्डै चार सय किलोमिटरसम्म मार हान्न सक्ने ब्यालेस्टिक मिसाइल परीक्षण गरेको थियो । दुई घण्टाको अन्तरालतमा गरेको परीक्षणमा पहिलो परीक्षण असफल भएको थियो । संयुक्त राष्ट्रसंघको प्रतिबन्धका बाबजुद उत्तर कोरियाले मिसाइल परीक्षण गर्न रोकेको छैन । 
0 comments
तपाइको प्रतिक्रिया दिनुहोस