एसएलसी नतिजाको ग्रेड बुझ्नु भएन ? तपाईं कुन विषय पढ्न योग्य ? यहाँ हेर्नुहोस्

 एसएलसीको ८२ वर्षे इतिहासमा पहिलोपटक अक्षराङ्क अर्थात ग्रेडिङ प्रणालीबाट ‘ए प्लस’देखि ‘ई’सम्म ९ वटा ग्रेडमा नतिजा सार्वजनिक गरिएको छ ।

पास वा फेल केही नभनी सार्वजनिक गरिएको नतिजामा ग्रेड त छुटि्टयो तर कति नम्बर आयो भन्ने कुरा स्पष्ट उल्लेख छैन, जसले गर्दा कतिपय विद्यार्थी र तिनका अभिभावकलाई बुझाइमा केहि कठिनाइ भएको छ ।
यो कठिनाइ हटोस् भन्ने उद्देश्यले ग्रेडिङ सिस्टमलाई हामीले स्पष्ट पार्ने कोशिस गरेका छौं । स्पष्ट हुन तलको इन्फोग्राफिक्समा एसएलसी परीक्षाको नतिजा हेर्नुहोस् ।SLC_Result_2072_RegularSLC_Result_2072_Partial

एसएलसी नतिजाः हेर्नुस् तपाईं कुन विषय पढ्न योग्य ?

slc result हरेक विषयको प्राप्तांक अंकमा हेर्ने र सोही अनुसार डिभिजन छुट्याउने बानि परेकाहरुलाई यस वर्षको एसएलसी परीक्षाको नतिजाले केहि अन्यौल सिर्जना गरेको छ । मार्कसिटमा पनि कुन विषयमा कति अंक आयो भन्ने छुटि्टदैन ।

परम्परागत प्रणालीलाई तोड्दै सरकारले एसएलसी परीक्षाको नतिजा ग्रेडिङ प्रणालीअनुसार सार्बजनिक गरेको छ र कुन विषय पढ्न पाउने भन्ने कुरा विद्यार्थीहरुले पाएको ग्रेडले निर्धारण गर्दछ ।
कुन विषय पढ्न योग्य भइयो भन्ने थाहा पाउन यो तालिका हेर्नुहोस् ।
slc result

,

0 comments

तपाइको प्रतिक्रिया दिनुहोस